ग्रामथानको उपनिर्वाचनको सम्पूर्ण तयारी पुरा, शनिबार बिहान ७ बजेदेखि मतदान
शनिबार, १५ मंसिर, २०८१,
न्यूज विराट
विराटनगर । मंसिर १६ गते हुने मोरङको ग्रामथान गाउँपालिकामा उपनिर्वाचनको सबै तयारी सकिएको छ । उपनिर्वाचनअन्तर्गत भोलि मतदान गर्ने दिन हो । सबै मतदान केन्द्रमा बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ ।
ग्रामथान गाउँपालिकाको अध्यक्ष चयनका भोली हुने उपनिर्वाचनका लागि १२ वटा मतदानस्थ र २९ वटा मतदान केन्द्र कायम गरिएको छ । जसमा ४ वटालाई संवेदनशील र ८ वटालाई सामान्यको सूचीमा राखेर सोही अनुसारको सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए ।
संवेदनशील र सामान्य भनेर वर्गीकरण गर्दै मतदानस्थलमा त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाउने तयारी गरिएको प्रजिअ भट्टराईले बताए । मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरिले अनुसार उपनिर्वाचनको सुरक्षाका लागि ग्रामथानमा डीएसपीको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ । समग्र निर्वाचन सुरक्षालाई लक्षित गरेर मोरङ प्रहरीका डीएसपी मदन केसीको नेतृत्वमा टोली खटाइएको हो ।
मतदानस्थलमध्ये संवेदनशीलमा प्रहरी निरीक्षक सामान्यमा वरिष्ठ सइ र सइको नेतृत्वमा प्रहरी परिचालन हुने एसपी चिमरियाको भनाइ छ । उनका अनुसार मतदानका दिन सिनियर प्रहरी अधिकृतको नेतृत्वमा ४ वटा मोबाइल गस्ती परिचालन गरिने छ । त्यसबाहेक रिजर्ब र स्ट्राइकिङ टोली पनि रहने जानकारी एसपी चिमरियाले दिए ।
उनका अनुसार उपनिर्वाचनलाई लक्षित गरेर सूचना संकलन गर्ने तथा त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाइएको छ। अध्यक्षमा विभिन्न दलका १५ र स्वतन्त्र १ सहित गरेर १६ जनाको उम्मेदवारी परेको छ । चुनावी प्रतिस्पर्धामा रहेका राजनीतिक दल नै सुरक्षाको प्रमुख चुनौतीका रूपमा देखा परेको सुरक्षा विश्लेषण छ ।
स्थानीय तह उपनिर्वाचन, २०८१ ग्रामथान गाउँपालिका एकीकृत सुरक्षा योजना बनेको छ। मतदाता, मतदानस्थल, मतपेटिकाको सुरक्षादेखि मतपेटिकाको ढुवानी, मतगणनास्थल र विजय जुलुससम्मलाई लक्षित गरेर रणनीतिक हिसाबले सुरक्षा योजना बनाइएको छ ।
ग्रामथानको अध्यक्षमा १५ जना पाटी र १ जना स्वतन्त्र गरि १६ जनाले उम्मेदवारी दिएका छन् । १६ जनाले उम्मेदवारी दिएपनि तीन राजनैतिक दलबीच प्रतिस्पर्धा हुने देखिएको छ । नेकपा एमालेबाट तुलसीराम विश्वास, नेपाली कांग्रेसबाट बलराम सरदार र नेकपा माओवादी केन्द्रबाट नमोनारायण माझीबीच प्रतिस्पर्धा हुने देखिएको हो । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट नवीनकुमार विश्वास, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट दिनेशकुमार थन्दार, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी जसपाबाट धर्मेन्द्रकुमार चौधरी उम्मेदवार छन् ।
२०७९ को निर्वाचनबाट गाउँपालिका अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएका थिए । असार ३ गते उनको निधन भयो । रिक्त रहेको अध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
विराटनगर, २१ माघ । सुनसरीको कोशी गाउँपालिका–१ लोैकहीको खुनिया पुल नजिकै भयंकर सडक दुर्घटना भएको छ । पुर्वबाट पश्चिम जादै गरेको ना ८ ख ८४९३ नम्बरको बस र पश्चिमबाट पुर्व आउदै गरेको ना ६ ख...
काठमाडौं, १३ भदौ-नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय नाघेको छ । शनिबार थप १२ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ७ पुगेको हो । यसअघि शुक्रबार पनि...
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका ४ प्रगती टोलमा सवारी दुर्घटनामा परी चार जना घाइते भएका छन् ।भारतीय आर जे २९ जीबी १५६१ नम्बरको लहरी गाडी आज विहान सात बजे पल्टिएर दुर्घटना भएको हो ।कच्चा पर्दाथ...
विराटनगर, ३० भदौ । विराटनगरमा बुधबार ६३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै विराटनगरमा सक्रिय संक्रमितको संख्या ३ हजार ४३ जना पुगेको महानगरले जनाएको छ । विराटनगरमा हालसम्म १० हजार ९ सय ७६ जना...
विराटनगर, १६ फागुन । मोरङको जहदाका एक व्यक्ति बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जहदा गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्र सरबरीया रहेका छन् । उनीमाथि गत फागुन ११ गते स्थानीय...
विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले उद्योगी व्यवसायीहरूको समस्या सावधान गरेर अगाडी बढने बताएका छन् । उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ कोशी प्रदेशले आइतबार विराटनगरमा...
कोरोना (कोभिड–१९) संक्रमित बिरामी भेटिएपछि पुरै देश ‘लकडाउन’ भएलगत्तै सबै सुरक्षा अंग हाई अलर्टमा बसेका छन् ।सरकारले कोरोना संक्रमित बिरामी फेला परेलगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई हाई अलर्टमा रहन निर्देशन दिइसकेको छ...
काठमाडौं, २३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन), अध्यादेश, २०७७’ जारी गरेकी छन् । राष्ट्रपतिले संविधानको धारा २१४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को...