एमाले मोरङको सम्पूर्ण शक्ति ग्रामथानको निर्वाचनमा केन्द्रीत

 न्यूज विराट
एमाले मोरङको सम्पूर्ण शक्ति ग्रामथानको निर्वाचनमा केन्द्रीत

रंगेली । आगामी मंसिर १६ गते हुने उप निर्वाचनका लागि नेकपा (एमाले) मोरङको सम्पूर्ण शक्ति ग्रामथान गाउँपालिकामा केन्द्रीत भएको छ । ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि हुने उप निर्वाचनको परिणाम एमालेको पक्षमा पार्न पार्टी मोरङको सम्पूर्ण शक्ति सोही ठाउँमा केन्द्रीत भएको हो ।

शुक्रबार ग्रामथान गाउँपालिकाको झोराहाटमा जिल्ला संगठन कमिटीका अध्यक्ष बाबुराम कार्कीको अध्यक्षता र केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जिवन घिमिरेको प्रमुख आतिथ्यतामा बसेको दोस्रो पूर्ण बैठकले हाललाई पार्टीका अन्य आन्तरिक गतिविधिहरु थाती राख्दै सम्पूर्ण जिल्ला कमिटीको शक्तिलाई ग्रामथानमा हुने निर्वाचनमा केन्द्रीत गर्ने निर्णय गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज घिमिरेले अन्य विपक्षी उम्मेदवारको तुलनामा एमालेका उम्मेदवार तुलसीराम विश्वास स्वच्छ छबी भएको र जनताले विश्वास गरेकोपात्र भएकाले उनलेनै निर्वाचन जित्ने देखिएको बताउनुभयो ।

उहाँले मुलुकको विकास र समृद्धि एमालेबाट मात्र सम्भव भएकाले चुनावी महौल पार्टीकै पक्षमा रहेपनि अनेकौँ चलखेल हुनसक्ने बताउँदै निर्वाचन परिणाम नआउन्जेल पार्टीको सम्पूर्ण शक्ति ग्रामथानमा केन्द्रीत हुँदै चनाखो रहनुपर्ने बताउनुभयो । ‘भए मध्येका उम्मेदवारहरुमा हरेक हिसाबले हाम्रो उम्मेदवार अब्बल सावित भइरहनु भएको छ ।’ उहाँले भन्नुभयो,‘अरु पार्टीका उम्मेदवारका हकमा अनेक प्रश्न उठेको छ, अत्यन्त विवादास्पद उम्मेवार छन् । हाम्रो उम्मेदवारका विषयमा प्रश्न उठाउने ठाउँ छैन ।’

नेता घिमिरेले यसपटकको निर्वाचन परिणामले राष्ट्रिय राजनीतिमा प्रभाव पर्ने भएकाले एमालेले कुनै हालतमा यो निर्वाचन जित्नुपर्ने र यसका लागि सम्पूर्ण पार्टी पंक्ति एक ढिक्का भएर लागि पर्न निर्देशन दिनुभयो ।

त्यस्तै, प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले झुट र भ्रमको खेती गरेर चौतर्फी रुपमा एमालेलाई बद्नाम गर्ने प्रयास गरेपनि नेपाली जनताले सफल हुन नदिने बताउनुभयो । उहाँले अहिले चौतर्फी निशाना एमालेलाई बनाइरहेको सन्दर्भमा त्यसलाई इलाम र बझाङको निर्वाचनले चिरेको बताउँदै ग्रामथानको परिणाम पनि पार्टीको पक्षमा पारेर कडा जवाफ दिनुपर्ने र यस कार्यमा सवै तहबाट जुट्न निर्देशन दिनुभयो ।

जिल्ला कमिटी अध्यक्ष बाबुराम कार्कीले मोरङको सम्पूर्ण पार्टी पक्ति, जनसंगठनहरु, मातहतका सवै कमिटी, नेता कार्यकर्ता, निर्वाचनमा केन्द्रीत भएर आ–आफ्नो ठाउँबाट पार्टीलाई जिताउन लागि पर्नुपर्ने बताउनुभयो ।

उहाँले कार्ययोजनासहित पार्टीका उम्मेदवार विश्वासलाई जिताउने गरि जिल्लाभरीका सम्पूर्ण नेता कार्यकर्तालाई जिम्मेवारी अनुसार खटिन आग्रह गर्नुभयो । अध्यक्ष कार्कीले निर्वाचनको माहोल एमालेको पक्षमा रहेको र यसलाई अन्तिमसम्म कायम राख्न सवै सजग भएर लाग्नुपर्ने बताउनुभयो ।

बैठकमा १७ वटै पालिका कमिटीले निर्वाचन केन्द्रीत बनाएको कार्ययोजनाबारे रिपोर्टीङ समेत गर्नुभएको जिल्ला कमिटी सचिव रविन थापाले जानकारी दिनुभयो ।

जिल्ला कमिटी बैठक केन्द्रीय सदस्य युवराज बास्कोटा, रामलाल साह, केन्द्रीय सल्लाहकारहरु, प्रदेश कमिटीका नेताहरुलगायतको आतिथ्यतामा सम्पन्न भएको प्रचार विभाग प्रमुख सन्तोष बान्तवाले बताउनुभयो ।

सम्बन्धित समाचार

५ उद्देश्यलाई केन्द्रित गरेर मौद्रिक नीति ल्याऊ : काङ्ग्रेस

काठमाडौं, १ साउन-प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसले ५ उद्देश्यलाई केन्द्रित गरेर आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । पूर्वअर्थमन्त्री डा. रामशरण महत संयोजक रहेको अर्थतन्त्र केन्द्रित विशेष समितिले आर्थिक पुनरुत्थानलगायतका उद्देश्य पूर्ति...

२४ घन्टाभित्र देशभर ४६४ जनामा काेराेना पुष्टि, ४२५ जना निकाे भए

काठमाडौं, २३ साउन-२४ घन्टाभित्र देभभर ४ सय ६४ जनामा कोरोना भाइरस (काेभिड-१९) काे संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार देशभर ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे हाे...

पूर्वडीआईजी कोइरालाको मुद्दामा आज सुनुवाइ

काठमाडौं, ११ साउन-सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (पूर्वडीआईजी) रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गरेको सुनुवाइका लागि आजका लागि पेसी तोकिएको छ । कोइरालाले पत्नी गीता...

देशभर आज थपिए २७९ कोरोना संक्रमित, हालसम्म ४ हजार ३६४ संक्रमण पुष्टि

काठमाडौं, २८ जेठ-नेपालमा थप २ सय ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गत २४ घण्टाको अवधिमा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ७९ जनामा...

नेपाल वादोरियो कराते डो संघ कोशीको अध्यक्षमा राजन कडेल, सचिबमा राजु धमला

विराटनगर । नेपाल वादोरियो कराते डो संघ कोशी प्रदेश गठन भएको छ । विराटनगरमा आइतबार एक कार्यक्रम आयोजना गरी कराते डो संघ गठन गरेको हो । नेपाल वादोरियो कराते डो संघ कोशी प्रदेशको अध्यक्षमा राजन...

एमएम कप क्रिकेटमा विजयी हुँदै आर्मी फाइनलमा प्रवेश

विराटनगर । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी हुँदै आर्मी फाइनलमा प्रवेश गरेको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला...

पाँचथरका उच्च पहाडी क्षेत्रमा हिमपात, दैनिकी कष्टकर

भारतसँग सीमा जोडिएका जिल्लाका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । केही दिनअघि हलुका वर्षा भएपछि शुक्रबार साँझबाट जिल्लाको याङवरक र फालेलुङ गाउँपालिमा पर्ने उच्च पहाडी क्षेत्रमा हिमपात भएको हो । प्रायः माघ महिनाको मध्यदेखि...

महाशिवरात्रिको तयारीका लागि मूल समिति गठन

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको तयारी गर्न मूल समारोह समिति गठन गरेको छ । कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा समिति गठन गरिएको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्