मोरङ कारागारमा एक जना कैदीको मृत्यु

 न्यूज विराट
मोरङ कारागारमा एक जना कैदीको मृत्यु

विराटनगर । जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एक जना कैदीको आइतबार बिहान मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–८ घर भएका ५५ वर्षीय महानन्द राय अमातको मृत्यु भएको कारागारका जेलर चेतराज बरालले बताए । उनका अनुसार दुवै खुट्टामा घाउ आएर पाकेपछि अमातलाई उपचारका लागि कात्तिक २१ गते साँझ विराटनगरको कोशी अस्पतालमा भर्ना गरिएको थियो ।
उनलाई मधुमेह, उच्च रक्तचाप र मिर्गौला सम्बन्धी पुरानै समस्या रहेको जानकारी बरालले दिए । अस्पतालको आईसीयूमा उपचाररत अमातको बिहानका राति ३ बजेतिर मृत्यु भएको उनको भनाइ छ ।

भाडा लिएर बसेको घर खाली गर्न नमानेको र भाडा नतिरेको भन्दै अमातविरुद्ध घरधनीले मुद्दा हालेका थिए । ‘घर भाडा दिलाइ घर खाली गराइ पाउँ’भन्ने शीर्षकको मुद्दामा जिल्ला अदालत मोरङले उनलाई गत असोज १३ गते दोषी ठहर गर्दै २ वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।

भाडाबापत उनले घरधनीलाई ९ लाख रूपैयाँ तिर्न बाँकी रहेको अदालतले यकिन गरेको छ । अदालतको फैसलापछि कैद सजाय भुक्तान गरिरहेका अमातको कोशी अस्पतालमा उपचाररत अवस्थामै मृत्यु भएको जेलर बरालले बताए । उनका अनुसार शवलाई परिवारका सदस्यले दाहसंस्कारका लागि लिएर गइसकेका छन् ।

मोरङ कारागारमा अहिले ९९ महिला र ५ जना नाबालकसहित १ हजार ९६ जना कैदीबन्दी रहेको जानकारी बरालले दिए । कारागारभित्र क्षमताभन्दा अत्यधिक धेरै राखिँदा कैदीबन्दीको दैनिकी निक्कै कष्टकर बनिरहेको छ ।

सम्बन्धित समाचार

मिस कोशीको फाइनलमा २६ जना भिड्दै, कसको शिरमा पर्ला ताज ?

विराटनगर । आठौँ संस्करणको मिस कोशी २०२४ प्रतियोगिताको फाइनलमा २६ जना प्रतिस्पर्धीले उपाधिको लागि प्रतिस्पर्धा गर्दैछन् । जय मिडिया म्यानेजमेन्ट प्रालिकोे आयोजनामा असारको अन्तिम साता हुने उक्त प्रतियोगिताको फाइनलमा २६ जना पुगेका हुन् । फाइनलमा...

प्रदेश १ को प्रदेशसभा बैठक सुचारु, वातावरण संरक्षण विधेयक पेस

विराटनगर, माघ २८–३ दिनदेखि अवरूद्ध प्रदेश १ को प्रदेशसभा बैठक मंगलबारदेखि सुचारू भएको छ । प्रदेशसभामा नेपाली कांग्रेसले भ्रष्टाचारमा संलग्न सबैलाई कारबाहीको माग गर्दै आइतबार, सोमबार र मंगलवार पनि केही बेर सदन अवरूद्ध गरेको थियो...

अनलाइनबाट सामान विक्रि गर्ने भन्दै ठगि गर्ने पक्राउ

विराटनगर, ४ माघ । ललितपुर प्रहरीले अनलाइनमार्फत विद्युतीय सामान बिक्री गर्ने भनि ठगि गर्नेलाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरी परिसर ललितपुरले पत्रकार सम्मेलन गरि ठगि गर्ने २ जनालाई आज सार्वजनिक गरेको हो ।...

प्रदेश सरकारले खेलकूदलाई उच्च प्राथमिकतामा राखेको छः मुख्यमन्त्री राई

विराटनगर, १५ मंसिर-प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले प्रदेश सरकारले खेलकूदलाई उच्च प्राथमिकतामा राखेको बताउनु भएको छ । प्रदेश नं १ आइटिफ तेक्वाण्डो सङ्घको २० औं बार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित उत्कृष्ट महिला...

यस वर्ष दसैँको टीकाको साइत १०:०२ मा

काठमाडौं, ८ असोज । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११:४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए ।...

विराटनगरवासी बाढीबाट सवैभन्दा बढी प्रभावित, सयौँ परिवार विस्थापित

विराटनगर, असार १६ । बाढी र डुबानका कारण मोरङमा १ हजार ७ सय १८ परिवारका साढे छ हजारभन्दा बढी व्यक्ति विस्थापित भएका छन् । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार वर्षापछिको बाढी र डुबानका कारण १...

संचारकर्मीको निःशुल्क पीसीआर गराउन महासंघको आग्रह

काठमाडौं, ८ भदौ-नेपाल पत्रकार महासंघले कार्यस्थलमा गएर समाचार संकलन गर्ने सञ्चारकर्मीको कोरोना भाइरस (कोभिड १९)को निःशुल्क पिसीआर परीक्षणको व्यवस्था मिलाउन सरकारसंग आग्रह गरेको छ । महासंघका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गर्दै कोभिड १९ को...

ग्रेडेड स्कूलका अभिभावकलाई अभिमुखीकरण

विराटनगर । विराटनगर – ८ स्थित ग्रेडेड स्कूलले एक दिने अभिभावक अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । विराटनगरमाशनिबार एक कार्यक्रम आयोजना गरी अभिभावकहरुलाई अभिमुखिकरण गराएको हो । कार्यक्रमको अध्यक्षता विद्यालय संचालक समितीका अध्यक्ष केशव सुवालले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्