कोशी ग्यासको शिलप्याक चार सिलन्डेरमा १६ केजी भन्दा बढी तौल कम,ढुलाएर विक्री गर्ने दुई नाबालक पक्राउ
बुधबार, २८ कार्तिक, २०८१,
न्यूज विराट
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – ४ नेमुवास्थित कोशी ग्यास उद्योगले बिक्रीका लागि बजारमा पठाएको सिल नतोडिएको चार वटा शिलिण्डरमा कम ग्यास भएको पाइएको छ । विराटनगर ३ बुद्धचोक घर भएका राजेन्द्र खनालले खरिद गरेको ४ वटा सिलप्याक सिलेन्डरमा १६ केजी ग्यास कम भएको बुधबार भेटिएको हो ।
शिलप्याक सिलेन्डरमा १४ केजी २ सय ग्राम ग्यास हुनुपर्ने हो । तर, कोशीको १५ केजी ४ सय ग्रामको चार वटै सिलेन्डरमा कम ग्यास भेटिएको खनालले बताए । उनले बुधबार दिउँसो खरिद गरेको कोशीको ग्यास सिलेन्डरमा तौल कम भएको ग्यास भेटिएको बताएका छन् । खनालले खरिद गरेको शिलप्याक सिलेन्डरमा १०.७४ केजी, ९.७४५ केजी, ८.८ केजी र १३.५६५ केजी ग्यास मात्रै ग्यास रहेको नाप तौल तथा गुणस्तर कार्यालय विराटनगरको निरीक्षक मनिषा राईले बताइन् । ‘शिलप्याक गरेको सिलन्डेरमा ६ केजीसम्म पनि ग्यास कम भएको पाइएको छ । कमजोर शिलप्याक भएको कारणले गर्दा ग्यास चोरी भएको हुनसक्छ । यस विषयमा हामीले अनुसन्धान सुरु गरेको छौं,’ निरीक्षक राईले भनिन्, ‘थप अनुसन्धानपछि कारवाहीको दायरामा ल्याउनेछौं ।’
बस्नेतलले रिक्सामा डुलाउनेसँग शिलप्याक चार वटा ग्यास सिलेन्डर खरिद गरेका थिए । ‘ सिलेन्डर खाली हुने बित्तिकै एकै पटक ४÷५ वटा ग्यास सिलेन्डर लिने गरेका थियौ । ढुलाउनेसँग चार वटा ग्यास सिलेन्डर लिए । भित्र लैजानु परो भनेको सिलेन्डर हलुका भयो । त्यसपछि मलाई शंका लाग्यो । ग्यास कम भएको हुनसक्ने अनुमान गरेर चेकजाँच गर्दा एउटा सिलेन्डरमा ६ केजीसम्म कम तौल भेटियो,’ उनले भने, ‘हामी उपभोक्ता माथि यो ठगी हो । त्यसपछि मैले डुलाउनेलाई खोज्दै जाँदा कम तौल भएको पाएपछि उनीहरु फरार भए । त्यसपछि नापतौल, प्रहरी प्रशासनबाट टोली आएर अनुसन्धान गर्दैछन् ।’ छानविन गरि कम तौलको ग्यास विक्री गर्नेलाई कारवाहीको दायारमा ल्याउनुपर्ने उनको माग छ ।
शिलप्याक चार सिलेन्डरमा १६ केजी ग्यास कम भेटिएपछि ग्यास डुलाउँदै रिक्सामा विक्री गर्ने दुई जना नाबलकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई विराटनगर ३ बाट बुधबार नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी बेदप्रसाद जोशीले जानकारी दिए । ‘ग्यास कम भएको विक्री गरेपछि विराटनगर १ घर भएका नाबलक दुई जनालाई हामीले नियन्त्रणमा लिएर कुन डिर्लरबाट खरिद गरेर ल्याएको त्यो सोधपुछ गर्दैछौं,’ डिएसपी जोशीले भने, ‘थप अनुसन्धानपछि खुल्नेछ ।’ यो घटनामा नामतौल तथा गुणस्तर कार्यालयले थप कारवाहीको प्रक्रिया अगाडी बढाउने प्रहरीले बताएको छ । यसैबीच कोशी ग्यास उद्योगले डुलाउनेले बदमासी गरेको हुनसक्ने भन्दै छानविन गर्न माग गरेको छ । उद्योगका प्रतिनिधी हेमराज बस्नेतलले उद्योगबाट सही तरिकाले शिलिण्डर पठाइएको हुनाले डुलाउनेबाट बदमासी भएको हुनसक्ने भन्दै यस घटनामा प्रहरीले गहन अनुसन्धान गर्नुपर्ने बताए ।
काठमाडौं, ७ जेठ-काठमाडौंको महानगरीय प्रहरी वृत्त कालीमाटीका २ प्रहरीमा कोभिड-१९ सङ्क्रमण देखिएपछि वृत्तलाई सिल गरेर राखिएको छ । अहिले महानगरीय प्रहरी परिसरको टोलीलाई त्यस क्षेत्रमा खटाइएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब...
जनकपुर, माघ २४–अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा दर्ता गरेको काठमाडौंको ललिता निवास जग्गा प्रकरणसम्बन्धी भ्रष्टाचार मुद्दामा प्रदेश २ का दुई जना सचिव परेपछि कामकाज प्रभावित भएको छ । प्रदेश २ को मुख्यमन्त्री तथा...
विराटनगर । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाइरहेका छन् । विराटनगरमा भव्य कार्यक्रमसहित यो पर्व मनाइएको हो। विराटनगरस्थित होटल कन्जनजंगामा आयोजित कार्यक्रममा विभिन्न कार्यक्रम गरी मनाइयो...
विराटनगर—असुरक्षित रुपमा हुने गरेको गर्भपतन कार्यलाई निरुत्साहित पारी सुरक्षित रुपमा जनचेतना अभिवृद्धिमा जोड दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् । शुक्रबार स्वास्थ्य लाइभले विराटनगरमा आयोजना गरेको कार्यक्रममा गर्भपतन गराउने अवस्था आउनै नदिनुपर्नेमा सबैलाई जनचेतना जगाउन आवश्यक रहेको...
काठमाडौं, १३ असोज-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको पीसीआर परीक्षणका लागि तोकेको भन्दा बढी शुल्क लिने निजी प्रयोगशाला तथा अस्पताललाई कारवाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सरकारले तोकेभन्दा...
विराटनगर । विभागीय टिम त्रिभूवन आर्मीलाई सडनडेथमा हराउँदै जवलाखेल युथ क्लब विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।विराटनगरस्थित सहिद रंगशालामा शुक्रबार भएको दोस्रो क्वाटरफाइनल खेलमा आर्मीलाई सडनडेथमा ६–५ गोलले पन्छाउँदै जाउलाखेल अन्तिम चारमा स्थान सुरक्षित...
विराटनगर, २५ असोज । मोरङको धनपालथान गाउँपालिकास्थित कर्सियामा लुटाराहरुको समुहले बैंक लुट्ने प्रयास गरेको छ । सोमबार अपराहन्न लुटेराको एउटा समुहले कर्सिया बजारस्थित सिटिजन बैंकको शाखामा रकम लुट्ने असफल प्रयास गरेको हो । सोमबार दिउँसो...
काठमाडौं, ३० जेठ-नेपाल सरकारले घोषणा गरेको लकडाउनको नयाँ व्यवस्थाअनुसार आजदेखि सवारी साधन जोरबिजोर प्रणालीअनुसार चलाउन पाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार शुक्रबारदेखि काठमाडौं उपत्यका भित्र र अन्यत्र जिल्ला भित्र मात्र निजी सवारी...