प्रथम नेपाल हव महिला २०–२० क्रिकेटमा विराटनगर विजयी
आइतबार, २५ कार्तिक, २०८१,
न्यूज विराट
विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजना तथा क्रिकेट विथ वाउण्ड्रीको सहयोगमा भएको प्रथम नेपाल हव महिला २०–२० क्रिकेट प्रतियोगिता विराटनगर विजयी भएको छ ।
विराटनगर हव महिला टिम र राजविराज हव महिला टिम विच ३ खेलको २०–२० क्रिकेटमा विराटनगरले २–० को अग्रता दिएको छ । अन्तिम खेल सोमबार हुने प्रतियोगिता हुने खेल संयोजक मन्दिप साहले बताए ।
आइतबार विराटनगरको मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा भएको दोस्रो खेलमा विराटनगरले राजविराजलाई ७० रनले पराजित गरि ३ खेलको सिरिजमा विराटनगरले ०–० को अग्रता लिएको हो । टस हारेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरको खेलमा १९ दशमलव ४ बलमा सवै विकेट गुमाई १ सय १२ रन बनाएको थियो । विराटनगरकालागि प्रिन्सा मगरले २८ रन बनाउँदा काजल राजवंशीले २० रन, टिका साहले १६ रन सानु राजवंशीले १२ रनको योगदान दिइन् । राजविराजकी अपेक्षा यादवले ३ विकेट लिँदा साक्षी यादवले पनि ३ विकेट लिइन् ।
१ सय १३ रनको विजयी लक्ष्य पाएको राजविराजले ९ दशमलव ५ बलमा सवै विकेट गुमाई ४२ रनमा सिमित भयो । राजविराजले अतिरिक्त २४ रन बाहेक कुनै पनि ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् । विराटनगरकी प्लेयर अफ म्याच टिका साहले ४ विकेट लिइन् । उनले १ दशमलव ५ बलमा २ रन दिएकी थिइन् । त्यस्तै सुवेक्षा लिम्बुले २ विकेट लिइन् ।
विराटनगर । अपराध अनुसन्धानमा अब्बल प्रहरी अधिकारीको रुपमा कहलिएका प्रहरी निरीक्षक प्रकाश थापालाई सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय रानी मोरङमा कार्यरत प्रहरी निरीक्षक थापालाई २०८१ साल...
विराटनगर । फरक क्षमता भएका एक जना व्यक्तिलाई निर्घात कुटपिट गरेर लुटपाट गरेको आरोपमा विराटनगर महानगरपालिका–११ का २४ वर्षीय राजकुमार सहनीलाइ प्रहरीले पक्राउ गरेको छ ।विराटनगरमा शारीरिक रूपले फरक क्षमता भएका ५० वर्षीय कैलाशकुमार गुरुङलाई...
विराटनगर । पाँचौँ संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको फाइनलमा पुगेका ४३ जनाप्रतियोगिहरूले प्रतिभा प्रस्तुत गरेका छन् ।विराटनगरमा शनिबार आयोजना गरिएको ट्यालेन्ट शोमा उनीहरूले आ–आफ्नो रोजाइ अनुसारको प्रतिभा प्रस्तुत गरेका हुन् ।उनीहरूले नृत्य, गायन, चित्रकला,...
विराटनगर । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई दोस्रोपटक पदमुक्त गरेको छ। सर्वोच्च अदालतको पूर्ण इजलासले बिहीबार विश्वासको मत लिने प्रक्रियामा संविधान मिचिएको ठहर गर्दै थापाको नियुक्ति बदर गरेको हो। पहिलो पटक सभामुखसहितको हस्ताक्षरमा...
विराटनगर । विराटनगर ७ स्थित सातघुम्तीमा रहेको एक कवाडी गोदाममा आज दिउँसो भएको आगलागीमा परी मृत्यु हुनेको संख्या २ पुगेको छ । आगो नियन्त्रणको क्रममा पुरिएको अवस्थामा एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ...
विराटनगर, बैशाख १६–हुँदा खाने भन्दा पनि हुनेखानेलेनै राहतमा आँखा गाडेपछी मोरङको कटहरी गाउँपालिकाले राहत वितरणमा फरक शैली अपनाएको छ । ज्यालादारी मजदुरी गरेर जिविकोपार्जन गर्ने अति विपन्न परिवालाई राहत लक्षित भएपनी हुनेखानैकै हामीमुहाली हुन थालेपछी...
विराटनगर । जोगवनी –४ ईन्द्रानगर स्थित रहेको हनुमान मन्दिरको पहिलो वार्षिक उत्सव कार्यक्रम भव्य रुपमा मनाउने तयारी भईरहेको छ । जोगवनीको रेलवे स्टेसनको पश्चिम तर्फ एक वर्ष अगाडि प्राण प्रतिष्ठा गरिएको हनुमान मन्दिर र शनि...
विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले ‘वर्ल्ड पर्पल डे’ मनाउने भएको छ । चैत १३ गते पर्ने ‘वर्ल्ड पर्पल डे’ विभिन्न कार्यक्रम आयोजना गरी मनाउने शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । ‘वर्ल्ड पर्पल डे’...