लुम्विनी वाइवाइ यु– १९ राष्ट्रिय क्रिकेटको फाइनलमा, कोशी प्रतियोगिताबाट बाहिरियो

 न्यूज विराट
लुम्विनी वाइवाइ यु– १९ राष्ट्रिय क्रिकेटको फाइनलमा, कोशी प्रतियोगिताबाट बाहिरियो

विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्विनी र वागमती प्रदेशले विजयी भएका छन् ।

प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा लुम्विनीले लगातार ५ खेलमा जित हात पार्दै एक खेल अगाडी नै फाइनलमा प्रवेश गरेको छ भने वागमतीले कोशीलाई पराजित गर्दै फाइनलमा पुग्ने आशालाई जिवितै राखेको छ ।

बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा वागमतीले कोशी प्रदेशलाई ७० रनले पराजित गरेको छ । पराजित भएसँगै कोशीको फाइनल यात्रा समाप्त भएको छ ।

टस जितेर ब्याटिङ गरेको वागमतीले निर्धारित ५० ओभरको खेलमा ४८ दशमलव ३ बलमा सवै विकेट गुमाई १ सय ८१ रनको सामान्य योगफल बनायो । वागमतीका शार्थक धितालले ३५ रन बनाउँनु उत्तम मगरले पनि ३५ रन बनाए । काशीका प्रतिक पोखरेलले ३ विकेट लिँदा प्रेम कामतले पनि ३ विकेट लिए ।

१ सय ८१ रनको लक्ष्य पाएको कोशीले २९ दशमलव ५ बलमा सवै विकेट गुमाउँदै १ सय ११ रनमा सिमित भयो । कोशीका सोनु अन्सारीले ३० रन बनाउँदा क्रितिक कामतले २६ रन जोडे । वागमतीको प्लेयर अफ म्याच दिपक सेरलाले सर्वाधिक ५ विकेट लिए । उनले १० ओभरमा ३ मेडन राख्दै २० रन दिए । वागमतीले ४ खेलमा २ मा जित हात पार्दै तेस्रो स्थानमा उक्लिएको छ भने कोशीले खेलेको ५ खेलमा १ मा जित र ५ खेलमा पराजित हुँदै छैठौ स्थानमा रहेको छ ।

त्यसैगरी, मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा आजै भएको अर्काे खेलमा लुम्विनीले गण्डकी प्रदेशलाई ५ विकेटले पराजित गरेको छ । आज विहान पानी परेका कारणले २७ ओभरमा छोट्याएको खेलमा टस जितेर ब्याटिङ गरेको गण्डकीले ९ विकेट गु्माई ८६ रन बनायो । गण्डकीका सोहेल कुवँरले सर्वाधिक २५ रनको योगदान दिए । लुम्विनीका सन्तोष यादवले ३ विकेट लिँदा आकाश त्रिपाथीले पनि ३ विकेट लिए ।

८७ रनको विजयी लक्ष्य पाएको लुम्विनीले २२ दशमलव ४ बलमा ५ विकेट गुमाउँदै पार गरेको थियो । लुम्विनीका सन्तोष यादवले सर्वाधिक नटआउट ४४ रन बनाए । गण्डकीका अपरित पौडेल र सिब्रीन श्रेष्ठले २–२ विकेट लिए । प्लेयर अफ द म्याच लुम्विनीका अलराउण्डर खेलाडी सन्तोष यादव घोषित भए । गण्डकीले खेलेको ५ खेलमा जित्दै निकाल्दै १० अंकका साथ पहिलो स्थानमा रहेर फाइनलको यात्रा तय गरेको छ भने गण्डकीले खेलेको ५ खेलमा २ मा जित र ३ मा पराजित हुँदै ४ अंकका साथमा चौथो स्थानमा छरेको छ ।

आइतबारको खेल बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा सूदुरपीशचम र वागमती प्रदेश तथा मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा गण्डकी र कर्णाली प्रदेशबीच खेल हुनेछ ।

सम्बन्धित समाचार

प्याब्सन स्पोर्टस् मिट : भलिबल जुनियर छात्रको उपाधि मोर्डन एरालाई

विराटनगर । प्याब्सन स्पोर्टस् मिट अन्र्तगत जुनियर छात्र भलिवल तर्फको उपाधि विराटनगरको मोर्डन एरा स्कुलले जितेको छ ।आइतबार सम्पन्न भएको फाइनल खेलमा उर्लाबारीको पशुपति स्कुललाई २१–२५, २५–२२ र १८–२५ को सोझो सेटले पराजित गर्दै मोर्डन...

वैदेशिक रोजगारमा गएका मोरङका १५ जनाको विदेशमा मृत्यु

विराटनगर । चालु आर्थिक वर्षको सात महिनामा मोरङबाट १३ हजार भन्दा बढी वैदेशिक रोजगारमा गएका मध्ये १५ जनाको मृत्यु भएको पाइएको छ । मृत्यु भएको मध्ये ११ जना पुरुष र ४ जना महिला रहेका छन्...

दोस्रो मिल्स भेट्रान्स गोल्डकप शनिबारदेखि, उद्घाटनमा ग्रामथान र उर्लाबारी भिड्दै

विराटनगर । दोस्रो संस्करणको कोशी प्रदेश स्तरीय मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरू हुने भएको छ । विराटनगर जुट मिलको खेल मैदानमा हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा ग्रामथान भेट्रान्स र उर्लाबारी भेट्रान्स फुटबल क्लबबीच...

अध्यादेबाट बजेट ल्याउन प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर । अल्पमतमा परेको कोशी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याउन प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेको छ ।बुधबार प्रदेश मन्त्रिपरिषदको बैठकले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको अधिवेशन बुधबार राति १२ बजेदेखि लागू हुनेगरि...

अस्ट्रेलिया छैटौं पटक विश्वविजेता

विराटनगर । भारतलाई घरेलु मैदानमा स्तब्ध पार्दै अस्ट्रेलियाले आइसिसी एकदिवसीय क्रिकेट विश्वकप २०२३ को उपाधि जितेको छ। आइतबार भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा १ लाख ३० हजार दर्शक सामू भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलिया...

जोगवनी जाँदै गरेको कारबाट ४३ किलो गाजा बरामद, दुई जना इप्रका रानीको नियन्त्रणमा

विराटनगर । विराटनगरबाट भारततर्फ जाँदै गरेको एउटा कारबाट लागुऔषध गाँजासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय रानी ले विराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाटबाट ४३ किलो गाँजासहित दुई जनालाई आज नियन्त्रणमा...

वैशाख ६ गते बोलाइयो कोशी प्रदेशको विशेष अधिवेशन

विराटनगर । कोशी प्रदेशसभाको विशेष अधिवेशन आगामी वैशाख ६ गतेका लागि बोलाइएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाका एक चौथाई भन्दा बढी प्रदेशसभा सदस्यहरुले दिएको पत्रको आधारमा उक्त अधिवेशन बोलाएका हुन् । ‘कोशी प्रदेशसभाको...

हिसान स्पोर्ट्स मिट : दौडमा अर्किड र मेरिल्याण्डलाई सफलता

विराटनगर । हिसान स्पोर्टस् मिटको १२ औं संस्करण अन्तरगत भएको दौड प्रतियोगितामा अर्किड कलेज र मेरिल्याण्ड कलेजले जितेको छ ।मंगलबार भएको दौडमा अर्किड कलेजले १ सय मिटर छात्र, १ मिटर छात्रा र २ सय मिटर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्