कात्तिक १४ गते एमाले मोरङको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम, ५ हजार बढीको सहभागीता हुने

 न्यूज विराट
कात्तिक १४ गते एमाले मोरङको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम, ५ हजार बढीको सहभागीता हुने

विराटनगर । विगतको वर्षहरुमा जस्तै यसपालि पनि नेकपा (एमाले) मोरङले चाड पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । आगामी कात्तिक १४ गते विराटनगरस्थित पार्टी कार्यालय पाञ्चालीमा पार्टीका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उप–प्रधानमन्त्री इश्वर पोखरेलको प्रमुख आतिथ्यतामा दशैं, तिहार, छठ, नेपाल सम्वत, इद, ल्होसार लगायत सम्पूर्ण राष्ट्रिय पर्वहरूको अवसरमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना गर्न लागेको हो । शुभकामना आदानप्रदान कार्यक्रममा सबै क्षेत्रलाई उपस्थिती गराउने तयारी गरिएको एमाले मोरङले जनाएको छ । बुधबार विराटनगरमा नेकपा (एमाले) मोरङका अध्यक्ष बाबुराम कार्कीको अध्यक्षता, केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जिवन घिमिरेको प्रमुख आतिथ्यता र कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाको विशिष्ट आतिथ्यतामा बसेको बैठकले समाजका सबै क्षेत्रलाई आमन्त्रण गर्ने तयारी गरेको छ ।
त्यसका लागि निम्तो सबै तिर पु¥याउन क्षेत्र छुट्टयाएर कार्य बिभाजन गरिएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । कार्यक्रममा सवै राजनीतिक दल, शैक्षिक क्षेत्र, स्वास्थ्यक्षेत्र, उद्योग ब्यवसाय, राज्य, प्रशासन, यातायात मजदुर, सामाजिक संघ संस्थाहरू, सहकारीहरू, न्याय क्षेत्र, सन्चार क्षेत्र, कर्मचारी, निर्माण क्षेत्र, स्थानीय तह, संघ तथा प्रदेश सरकार, सांसदहरू, होटल पर्यटन, सौन्दर्यकर्मी, ट्रेड यूनियन, धार्मिक संघसंस्थालगायतका सबै पक्षलाई आमन्त्रण गरिने र त्यसको व्यापक तयारी गरिएको अध्यक्ष कार्कीले बताउनुभयो ।
५ हजार भन्दा बढीको जनसहभागिता रहने उक्त कार्यक्रम भव्यरुपमा सफल पार्न सवै जनसंगठनहरुलाई समेत परिचालन हुन केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज घिमिरे र कोशी प्रदेश कमिटी अध्यक्ष खतिवडाले बैठकमा निर्देशन दिनुभयो ।
कार्यक्रमलाई दुई चरणमा विभाजन गरिएको छ । विहान ११ देखि ३ बजेसम्म पार्टी परिवार तथा ३ देखि ५ बजेसम्म अन्य क्षेत्रसँग शुभकामना आदानप्रदान र चियापान कार्यक्रम राखिएको एमाले मोरङका सचिव रविन थापाले जानकारी दिनुभयो । उहाँका अनुसार यसपटक विभिन्न जातजातीको झाँकी, बजागाजा र सांस्कृतीक कार्यक्रमहरु समेत राखिएको छ ।

सम्बन्धित समाचार

इनारमा डुबेर वृद्धाको मृत्यु

विराटनगर, २५ वैशाख-मोरङमा इनारमा डुबेर १ वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको मिक्लाजुङ गाउँपालिका–७ बेलगौकी ६० बर्षीया सानुमाया लम्साल रहेकी छिन् । बिहीबार दिउँसो साढे १ बजेको समयमा लम्सालको आफ्नै घर अगाडि रहेको...

घनश्याम भुषाल भन्छन्ः कृषि मन्त्रालयमा नापी शाखा

काठमाडौं, १२ असार-विभिन्न संचारमाध्यमले कृषि मन्त्रालयको नापी शाखाको हवाला दिदै चीनले नेपालको ११ स्थानमा सीमा मिचेको फेक समाचार यतिवेला चर्चामा छ । मुलधारका संचारमाध्यमलेसमेत प्राथमिकताका साथ कृषि मन्त्रालयको नापी शाखाको हवाला दिदै समाचार लेखेपछि कृषि...

त्रिकोणात्मक टी–२० क्रिकेट : नेपालले जित्यो सिरिज, नेदरल्याण्ड्सलाई १४२ रनले हरायो

त्रिकोणात्मक टी-२० सिरिज नेपालले जितेको छ । नेपाल र नेदरल्याण्ड्सलाई १४२ रनले हराउँदै सिरिज जितेको हो ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १५.२ ओभर गुमाएर ९६ रन...

इप्रका रंगेलीलाई सफलता, एकै दिन १८ फरार अभियुक्त पक्राउ

विराटनगर । इलका प्रहरी कार्यालय रंगेलीले गम्भीर प्रकृतिका अपराधमा संलग्न भइ फरार भएका अभियुक्तहरूलाई धमाधम पक्राउ गर्न थालेको छ ।फरार पक्राउ अभियान अन्र्तगत एकै दिन इप्रका रंगेलीले १८ जना फरार अभियुक्त पक्राउ गरेको हो ।...

प्रतिनिधिसभा बैठक : नागरिकता विधेयक फिर्ता हुँदै

काठमाडौं, २४ असार । प्रतिनिधिसभाको बैठक शुक्रबार बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकबाट नागरिकता विधेयक फिर्ता लिने तयारी सरकारको छ । गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने सम्भावित कार्यसूची...

डडेल्धुरामा कोरोना संक्रमितको संख्या ३९ पुग्यो

डडेल्धुरा, ३१ जेठ-डडेल्धुरामा थप २४ जनामा कोरोना पुष्टि भएको छ । शनिबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २४ जनामा कोरोना पुष्टि भएको हो । योसँगै डडेल्धुरामा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ...

उद्धव थापालाई सर्वोच्चको दोस्रो झड्‍का, पहिलोपटक १९ र दोस्रोपटक ३५ दिनमा गुमाए पद

विराटनगर । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई दोस्रोपटक पदमुक्त गरेको छ। सर्वोच्च अदालतको पूर्ण इजलासले बिहीबार विश्वासको मत लिने प्रक्रियामा संविधान मिचिएको ठहर गर्दै थापाको नियुक्ति बदर गरेको हो। पहिलो पटक सभामुखसहितको हस्ताक्षरमा...

क्वारेन्टाईनका लागि होस्टल एसोसिएसनले हजार बेड उपलब्ध गराउने

काठमाडौं, १ वैशाख-नेपालका होस्टल व्यवसायीहरूले सरकारलाई क्वारेन्टाईन स्थल निर्माणमा सहयोग गर्ने भएका छन् । नेपाल होस्टल एसोसिएसनका अध्यक्ष भक्ति पाठकद्वारा सोमबार जारी गरिएको शुभकामना मन्तव्य तथा सार्वजनिक आव्हानसहितको वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन् । 'हामीले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्