रविदानन्द चौधरी स्मृति कपको उपाधि रंगशाला भेट्रानलाइ

 न्यूज विराट
रविदानन्द चौधरी स्मृति कपको उपाधि रंगशाला भेट्रानलाइ

विराटनगर । प्रथम रविदानन्द चौधरी स्मृति कप भेट्रान फुटबल प्रतियोगिताको उपाधिको विराटनगरको रंगशाला भेट्रान क्लबले जितेको छ ।

विराटनगरको विराट युनाइटेड भेट्रान क्लब फाइनल खेल्न नआएपछि वाकओभरको आधरमा रंगशाला भेट्रान क्लबले बुधबार उपाधि जितेको हो । जितसंगै रंगशाला भेटानले नगद ३१ हजार रुपैयाँ जितेको छ ।

टाईगर क्लव ग्रामथानकाको आयोजनामा भएको प्रतियोगितामा ८ वटा टिमको सहभागी रहेको थियो ।

मोरङको ग्रामथान गाउँपालिका – ७ गणेश माविको खेल मैदानमा आइतबार अन्तिम सेमिफाइनल खेलमा भएको थियो । मंगलबार गर्ने भनेको फाइनल खेल विराटले नभ्याउने भनेको कारणले आयोजकले बुधबार फाइनल खेल सारिएको अध्यक्ष टाईगर क्लव ग्रामथानका अध्यक्ष मुक्ति गच्छदारले बताए । ‘विराटको आग्रहमा हामीले बुधबार फाइनल राखिएको हो । विहानसम्म आउँछु भनेको टिमलेअन्तिमसम्म पनि नआएपछि वाकओभरको आधरमा हामिले रंगशाला भेट्रान क्लबलाइ बिजेता घोषणा गरेका हौं,’ अध्यक्ष गच्छदारले भने ।

बिजेता हुने टिमलाई समाजसेवी प्रमुख अतिथि उषादेवि चौधरि, अध्यक्ष टाईगर क्लव ग्रामथानका अध्यक्ष मुक्ति गच्छदारलगायतले पुरस्कार बितरण गरेका थिए ।

सम्बन्धित समाचार

विराटनगरमा मोटरसाइकलमा आएका तीन युवाले यसरी हाने तरबार, एक जना युवा घाइते

विराटनगर । तीन जना युवाले विराटनगरको व्यस्त बजारमा एक जना युवालाई दिनदहाडै तरबार प्रहार गरेका छन् । सोमबार दिउँसो विराटनगर महानगरपालिका– १० सन्सारीमाइस्थान नजिकै विराटनगर महानगरपालिका–८ का २२ वर्षीय मोहमद हलिममाथि तरबार प्रहार गरेका हुन्...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४ सय ४५ संक्रमित थपिए

विराटनगर, २८ असोज—प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४४५ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १९७, मोरङमा १८५, झापामा ४६, उदयपुरमा ६, धनकुटा र इलाममा १÷१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक...

विराटनगर भन्सार एजेन्ट संघको अध्यक्षमा पुनः देवकीनन्दन शर्मा

विराटनगर । विराटनगर भन्सार एजेन्ट संघको अध्यक्षमा देवकीनन्दन शर्मा पुनः निर्वाचित भएका छन् । विराटनगरमा सम्पन्न विराटनगर भन्सार एजेन्ट संघको ११औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशनबाट शर्माले ३८ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका...

कोरोना उपचार निःशुल्क गर्न नीजी अस्पताललाई मुख्यमन्त्री राईको निर्देशन

विराटनगर, १२ मंसिर-प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोरोना संक्रमितको उपचार निःशुल्क गर्न विराटनगरका विभिन्न अस्पतालहरुलाई निर्देशन दिएका छन् । विभिन्न तीन निजी अस्पतालको अनुगमनका क्रममा संक्रमितका आफन्तले अस्तालहरुले उपचारका नाममा चर्को शुल्क अशुल...

कांग्रेस प्रदेश सांसद पराजुलीको दण्ड प्रणाम यात्रा

विराटनगर । कोशी प्रदेशका सांसद भीम पराजुलीले छठ पूजाका क्रममा सडकमा दण्ड प्रणाम गर्दै यात्रा गरेका छन् । यो उनको १९ औं पटकको दण्ड प्रणाम यात्रा हो । बौद्धिक सनातनी धर्म चाहिने बताउँदै उनले भने,‘हिजोको...

प्रदेश १ बाट ५४ जनाको नमूना संकलन, ४२ को रिपोर्ट आयो

विराटनगर, चैत १९-प्रदेश–१ बाट कोरोना भाइरस (कोभिड–१९) का शंकास्पद ५४ जनाको नमूना संकलन गरिएको छ ।  प्रदेशका विभिन्न अस्पतालहरुबाट बुधबारसम्म ५४ जनाको नमूना संकलन गरिएको हो । नमूना संकलन गरिएकामध्ये ४२ जनाको रिपोर्ट नेगेटिभ देखिएको...

मोबाइल फोन इम्पोर्टर्स एसोसिएसनले ट्राफिकलाई दियो ८ हजार मास्क

मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन (एमपीआईए) ले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ८ हजार थान मास्क हस्तान्तरण गरेको छ । एसोसिएसनले कोभिड १९ को महामारी नियन्त्रण गर्ने सरकारको प्रयत्नलाई सहयोग गर्न उक्त सहयोग गरेको जनाएको छ ।...

पार्टीहरूमा रोग लाग्यो : प्रचण्ड

विराटनगर । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले पार्टीहरुमा रोग लागेको र त्यसको उपचार गर्न समीक्षा जरुरी भएको बताएका छन् ।विराटनगरमा आइतबार आयोजित हाम्रोमत दैनिकको २२ औं वार्षिकोत्सव समारोहमा उनले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्