प्रथम रविदानन्द चौधरी कप : फाइलनमा विराट र रंगशाला भेट्रान भिड्ने

 न्यूज विराट
प्रथम रविदानन्द चौधरी कप : फाइलनमा विराट र रंगशाला भेट्रान भिड्ने

विराटनगर । प्रथम रविदानन्द चौधरी स्मृति कप भेट्रान फुटबल प्रतियोगिताको उपाधिको लागि विराटनगरको विराट युनाइटेड भेट्रान र रंगशाला भेट्रानबीच प्रतिस्पर्धा हुने भएको छ ।

मोरङको ग्रामथान गाउँपालिका – ७ गणेश माविको खेल मैदानमा आइतबार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा सुन्दरहरैचको विराटचोक भेट्रानलाई ५–४ गोलले टाइब्रेकरमा हराउँदै रंगशाला भेट्रान फाइनमा पुगेको हो ।
निर्धारित समयसम्म १–१ गोलको बराबरी भएपछि जितको छिनोफानो टाइब्रेकरबाट भएको हो । खेलको प्लेर अफ द म्याच रंगशाला भेट्रानका केशव न्यौपाने घोषित भए । उनले नगद एक हजार पाए ।

प्रतियोगिताको फाइनल केही दिन भित्रमा आयोजकले सार्वजानिक गर्ने तयारी गरेको टाईगर क्लव ग्रामथानका अध्यक्ष मुक्ति गच्छदारले जानकारी दिए । ‘प्राविधिक कारणले मंगलबार हुने भनिएको फाइनल खेल केही दिन पर सरेको छ,’ उनले भने, ‘मंगबलारसम्म फाइनलको मिति तय हुनेछ । त्यसपछि हामी जानकारी गराउनेछौं ।’
प्रतियोगिताका विजेतालाई ३१ हजार, उपविजेतालाई २१ हजार र ट्रफि रहेको छ । बेष्ट प्लेयर र बेष्ट किपरलाई ५ हजार पाउनेछन् । प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

सबै जिल्लाबाट सवारी पास वितरण बन्द

काठमाडौं, २८ साउन-गृह मन्त्रालयले मुलुकभरका जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको छ । सतहत्तरै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आज परिपत्र गर्दै मन्त्रालयले यही साउन २९ गतेदेखि लागू हुने गरी सवारी पास...

कांग्रेसका युवा नेताको संयुक्त विज्ञप्ति : संविधान भत्काउने ओलीलाई सत्तामा रहने नैतिकता छैन

नेपाली कांग्रेसका युवा नेताले स्थिर सरकारको नारा दिएर सत्तारोहण गरेका वर्तमान प्रधानमन्त्रीसँग अब सरकारमा बसिरहने नैतिक आधार वाँकी नरहेको निश्कर्ष निकालेका छन् । उनीहरूले बुधबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै संविधान बनाउँदा अत्यन्त सुझबुझका साथ...

लकडाउन खुकुलो बनाउन ३ रणनीति, मोडालिटी बनाउन कार्यदल

काठमडौं, १३ वैशाख-सरकारले क्षेत्रगत रूपमा लकडाउन खुकुलो बनाउने तयारी गरेको छ । आर्थिक वर्षको अन्तिम त्रैमासमा रहेको अवस्थामा विकास निर्माणका काम र राजस्व दुवैमा प्रभाव परेपछि सरकारले यस्तो नीति तय गरेको हो । विश्‍व स्वास्थ्य...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा ह्वीलचेयर वितरण

विराटनगर, १० साउन । निरन्तर विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउन टाउनले ह्वीलचेयर वितरण गरेको छ । मंगलबार एक कार्यक्रमकाबिच अपाङ्गता भएका व्यक्तिहरुको सहजताका लागि सहायक सामाग्री ह्वीलचेयर वितरण गरेको हो...

नेकपाको विदेश प्रमुख र चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुखबीच भिडियो कन्फेरेन्स

काठमाडौं, १७ वैशाख-अहिले विश्व कोरोना भाइरस (कोभिड १९) महामारीको सन्त्रासमा छ ।  कोरोना भाइरसले विश्व लकडाउनमा छ । दैनिक यो भाइरसबाट मृत्यु हुनेहरूको संख्या २ लाखभन्दा बढी पुगि सकेको छ । यसैबीच बुधबार नेकपाका विदेश...

अमेरिकामा वर्किङ भिसा रोक, ग्रीन कार्ड पनि रोक्न सक्ने

एजेन्सी, असार ९-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कामदारलाई अमेरिकामा वर्किङ भिसा दिन लगाइएको प्रतिबन्ध यो वर्षको अन्त्यसम्म कायम राख्ने भएका छन् । व्हाइट हाउसका एक वरिष्ठ अधिकारीका अनुसार दक्ष कामदारका लागि एच १बी भिसा, कम्पनीमा...

‘कोभिड–१९’ को प्रतिकार्यमा सक्षम हुनेछौँ : मुख्यमन्त्री शाही

सुर्खेत, १ बैशाख-कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ विरुद्धको प्रतिकार्यमा सक्षम हुने विश्वास व्यक्त गरेका छन् । नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै उनले विकास र समृद्धिको अभियानमा अगाडि बढ्दै गर्दा अप्रत्याशितरूपमा कोरोना...

मोरङ कारागारमा देवीको मन्दिर बन्दै

विराटनगर । विराटनगरस्थित मोरङ कारागार भित्र देवीको मन्दिर बन्ने भएको छ । कारागारभित्र महिलातर्फको ब्लकभित्र देवीको मन्दिर बन्ने भएको हो । नयाँ बन्ने मन्दिरको शिलान्यास शुक्रवार भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्