सिटी सफारीमा छोडिएको साढे तीन लाखको गहना ट्राफिक प्रहरीको सक्रियतामा धनीलाई दिइयो

 न्यूज विराट
सिटी सफारीमा छोडिएको साढे तीन लाखको गहना ट्राफिक प्रहरीको सक्रियतामा धनीलाई दिइयो

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको सक्रियतामा सिटी रिक्सामा छोडिएको साढे तीन लाखको सुनको गरगहना फेला परेको छ ।
विराटनगर–१ पोखरीया बस्ने गणेश श्रेष्ठको आइतबार साढे ३ लाख रुपैयाँ बराबरको सिटी रिक्सामा हराएको सुनको गहना ट्राफिक प्रहरीको सक्रियतामा भेटिएको हो ।
बजारबाट सुनको गहना किनेर घर फर्किने क्रममा श्रेष्ठको सुनको गहना सिटी सफारीमा छुटेका थिए । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजन लम्सालले सिटी सफारीका चालकसँग समन्वय गरेर सुनको गहना सम्बन्धित व्यक्ति श्रेष्ठलाई जिम्मा लगाइदिएका छन् ।
श्रेष्ठले सुनको गहना सफारीमा छोडेर हिडेका थिए । हराएको सुनको गहना खोजविन गरिदिन श्रेष्ठले ट्राफिक प्रहरीलाई अनुरोध गरेका थिए । त्यसपछि जिल्ला ट्राफिक कार्यालय मोरङले सिटी सफारीका चालकसँग समन्वय गरेर सुनको गहना सम्बन्धित व्यक्तिलाई बुझाइएको हो ।
आइतबार विराटनगर–२ मुनालपथ स्थित जिल्ला ट्राफिक कार्यालयमा सम्बन्धित व्यक्तिलाई बोलाएर ट्राफिक प्रमुख लम्सालले सुनको गहना जिम्मा लगाएका छन् ।

सम्बन्धित समाचार

विराटनगरको रानी नाका आजदेखि खुला

बिराटनगर, १६ असोज । विराटनगरको रानी नाका शनिबारदेखि आधिकारीक रुपमा खुला भएको छ । लामो समय बन्द रहेको सो नाका शनिबारदेखि पूर्णरुपमा खुल्ला भएको हो । असोज ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको सिमाना खोल्ने...

इम्बोस्ड नम्बर प्लेड जडान नगरे साउनदेखि जरिवाना

काठमाडौं, २० जेठ । सवारी साधनमा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएको छ । यातायात व्यवस्था विभागले शुक्रबार सूचना जारी गर्दै बागमती र गण्डकी प्रदेशमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने जनाएको हो । बागमती प्रदेशअन्तर्गत यातायात...

साविक विजेता आर्मी पायो एमएम कप क्रिकेटका २ सय ४० लक्ष्य

विराटनगर । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा साकिक विजेता आर्मीले २ सय ४० रनको लक्ष्य पाएको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको...

वडा स्तरीय फुटबल प्रतियोगिता सुरु, आयोजक विराटनगर १५ सेमिफाइनलमा

विराटनगर । प्रथम वडा स्तरीय नकाउट फुटबल प्रतियोगिता सुरु भएको छ । विराटनगर महागनरपालिका वडा नं. १५ को आयोजना र मिल्स भेट्रान क्लबको संयोजनमा शनिबारदेखि वडा स्तरीय फुटबल प्रतियोगिता सुरु भएको हो । विराटनगर जुटमिलको...

पूर्वसचिव उपाध्यायविरुद्ध मुद्दा दर्ता, ५ वर्ष कैद सजाय माग

काठमाडाैं, १४ वैशाख-फेसबुक र ट्विटरबाट अफवाह फैलाएकाे आरोपमा पक्राउ परेका पूर्वसचिव भीम उपाध्यायविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ । आइतबार सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा उपाध्यायविरुद्ध मुद्दा दर्ता गरेको हो । अभियोगपत्रमा उनलाई ५...

महाराष्ट्रमा कोरोना उपचारमा संलग्न २६ नर्स र तीन डाक्टर संक्रमित

एजेन्सी, चैत २४-मुम्बईको एक अस्पतालमा कोरोना उपचारमा संलग्न भएका २६ जना नर्स र तीन जना डाक्टर समेत कोरोना भाइरस संक्रमित भएका छन् । पीटीआईका अनुसार सोमबाट मात्रै १ सय २० जना नयाँ संक्रमित भेर्टिपछि मुम्बईमा...

स्पेनिस ला लिगाका बाँकी खेलहरु जुनमा सुरु गर्ने योजना

एजेन्सी, बैशाख २३-स्पेनिस ला लिगाका बाँकी खेलहरु आगामी जुन महिनामा सुरु गर्ने तयारी थालिने भएको छ । कोरोना भाइरसको महामारीका कारण रोकिएको ला लिगाका खेलहरु पुनः खेलाउने तयारीमा आयोजक जुटेका हुन् । स्पेनमा कोरोना भाइरसका...

निर्माण व्यवसायी संघ मोरङको पदस्थापन, अध्यक्षमा महेश कुमार मिश्र निर्विरोध निर्वाचित

विराटनगर । निर्माण व्यवसायी संघ मोरङको अध्यक्षमा महेश कुमार मिश्र निर्विरोध निर्वाचित भएका छन् । संघको विराटनगरमा सोमबार सम्पन्न भएको १६ औं अधिवेशनबाट मिश्र अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्षमा निर्विरोध निर्वाचित भएका मिश्रको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्