साफ महिला च्याम्पियनसिपमा भारतको सानदार जित

 न्यूज विराट
साफ महिला च्याम्पियनसिपमा भारतको सानदार जित

विराटनगर । साफ महिला च्याम्पियनसिपमा भारतले उत्कृष्ट जित निकालेको छ। काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबारबाट सुरू भएको प्रतियोगिताको उद्‌घाटन समूह ‘ए’ को खेलमा ५–२ गोलले हराउँदै भारतले सानदार जित हात पारेको हो ।

खेलमा भारतले चौथो मिनेटमै ग्रेसको गोलबाट अग्रता लियो। १६ मिनेटमा मनिषाले अग्रता दोब्बर पार्दा ३५ मिनेटमा बालादेवीले भारतका लागि तेस्रो गोल गरिन्।

४२ मिनेटमा पाकिस्तानकी मरिया खानले आफ्नै पोस्टमा गोल गर्दा भारत पहिलो हाफमा ४–० गोलले अघि रह्यो। पाकिस्तानले दोस्रो हाफको सुरुवातमै दुई गोल गर्दै खेलमा फर्कने कोशिस गर्यो। पाकिस्तानका लागि सुहा हिरानीले ४६ र केला शिद्धिकीले ४७ मिनेटमा गोल गर्न सफल भए।

तर त्यसपछि पाकिस्तानमाथि भारत हाबी भयो। भारतका लागि ७७ मिनेटमा ज्योतीले पाँचौ गोल गर्दा भारत जिततर्फ अघि बढेको थियो।

प्रतियोगिताको समूह ‘बी’ मा रहेको आयोजक नेपालले आज आफ्नो पहिलो खेल खेल्दैछ। नेपालले आज साँझ साढे ५ बजे भुटानसँग प्रतिस्पर्धा गर्ने खेल तालिका छ।

सम्बन्धित समाचार

आज थप १ हजार २४६ जनामा संक्रमण पुष्टि, संक्रमित ५० हजार नाघे

काठमाडौं, २५ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...

आज नाग पञ्चमी पर्व मनाइँदै

काठमाडौं, १९ साउन-साउन शुक्ल पञ्चमीका दिन नागस्थानमा दूध, दुबो, जल चढाएर धूपधुवाँर गर्दै नाग पञ्चमी पर्व मनाइँदै छ । शास्त्रमा अनन्त, वासुकी, तक्षक, कुलिर, कर्कोटक, शङ्ख, पद्म, महापद्म गरी ८ नागको विशेष महत्व रहेको वर्णित...

कोशीमा म्युजिकल चेयरको खेल सकियो : उद्धव थापा

विराटनगर । नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले कोशी प्रदेश सरकारको मुख्यमन्त्री बनाउने म्युजिकल चेयरको खेल सकिएको बताएका छन् । केदार कार्कीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि भनाइ राख्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेसका...

गण्डकी प्रदेशमा थपिए ५८ नयाँ काेराेना संक्रमित

काठमाडौं, ६ असार-गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।शुक्रबार राति गरिएको परीक्षणमा गण्डकीका ७ जिल्लाका थप ५८ जनामा कोरोना पुष्टि भएको हो । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता...

समूहमा नमाज नपढ्न स्वास्थ्य मन्त्रालयको अपिल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समूहमा नमाज नपढ्न तथा पूजा नगर्नका लागि आग्रह गरेको छ ।मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले समूहमा नमाज नप्ढ र भोज नगर्नका लागि आग्रह गरेका छन् । उनले यस विषयमा मुस्लिम आयोगसँग...

एमसीसी सम्झौताबारे १२ बुँदे व्याख्यात्मक घोषणाको अर्थ छैन : ओली

विराटनगर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे नेपालमा गरिएको १२ बुँदे व्याख्यात्मक घोषणाको अर्थ नरहेको बताएका छन्। विराटनगर विमानस्थलमा बुधबार पत्रकारहरुसँगको कुराकानीका क्रममा उनले तत्कालीन सत्तापक्षले...

सरकारले असम्भव कुरालाई सम्भव बनाएको छ : प्रधानमन्त्री ओली

काठमाडौं, फागुन ३–प्रधानमन्त्री केपी शर्मा ओलीले असम्भव ठानिएका कामलाई समेत सम्भव बनाएर सरकारले काम गरेको बताएका छन् । शनिबार प्रतिनिधिसभाको बैठकलाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले असाधरण काम गरेको दाबी गरेका हुन् । सरकारले...

अर्किड कलेजमा विद्यार्थीको आकर्षण, कक्षा ११ को प्रवेश परीक्षा दिने विद्यार्थीको भिड

विराटनगर । विराटनगर–१० मा रहेको अर्किड कलेजले कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई आज (विहबार) प्रवेश परीक्षा लिएको छ । कलेजमा भएको परीक्षामा विज्ञान, होटेल मेनेजमेन्ट तथा व्यवस्थापन संकायका गरी ९ सय ९७ जना विद्यार्थीले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्