विराटनगर । विरामीको स्वास्थ्य उपचारमा व्यस्त रहने चिकित्सकहरुले शनिबार साझ छुट्टै रमाइलो लिएका छन् । नेपाल मेडिकल एशोसिएसन (एनएमए) कोशीले दशैं, तिहार, नेपाल सम्बत तथा छठ पर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदनप्रदान तथा सांगीतिक कार्यक्रममा रमाइलो गरेका हुन् ।
विराटनगरका चर्चित स्मृती ब्यान्डका कलाकाहरुले सहभागि भएका चिकित्सकहरुलाई मनोरञ्जन प्रदान गरे । उनीहरुले आफ्नो चर्चित गीतहरु प्रस्तुत गरी राती १० बजेसम्म मनोञ्जन दिए । उक्त कार्यक्रममा चिकित्सकहरुले पनि गीत र नृत्य प्रस्तुत गरी थप रमाइलो भयो । कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई, स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. राधिका थपलिया, कोशी अस्पतालकी मेसु डा. रुना झालगायतले शुभकामना व्यक्त गरेका थिए । भित्रिएको विजय दशमी, दिपावली नेपाल सम्वत र छठ पर्वको शुभकामना सँगै सधैभरी विरामीको सेवामा व्यस्त रहने चिकित्सहरुलाई रिफ्रेसमेन्टसँगी चाडपर्वको शुभकामना दिन कार्यक्रम गरिएको नेपाल चिकित्सक संघ कोशी प्रदेशका महासचिब डा. बालकृष्ण साहले जानकारी दिए ।
नेपाल मेडिकल एशोसिएसन कोशीका अध्यक्ष राजेन्द्र चौधरीको अध्ययक्षतामा भएको उक्त कार्यक्रमको संचालन डा. निशा अधिकारी र संयोजक डा. रितेश सिंहले गरेका थिए ।
विराटनगर । कोशी प्रदेश सरकारले कृषि मूल्य सूचना प्रणाली सञ्चालनमा ल्याएको छ । प्रमुख कृषि बजारहरुमा पाइने कृषि उपजहरुको सूचना प्रवाह गर्ने उद्देश्यले बुधबारदेखि उक्त सूचना प्रणाली संचालनमा ल्याएको हो । मूल्य सूचना प्रणाली सार्वजनिक...
विराटनगर, १३ साउन-विराटनगरमा मंगलबार १० जना स्वास्थ्यकर्मीसहित १६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पोजेटिभ देखिएका १६ जना मध्ये १० जना कोसी अस्पताल र विराट नर्सिङ होमका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु हुन् । कोसी...
विराटनगर । विवाहित महिलाहरूलाई लक्षित गरि आयोजना गरिएको चौंथो संस्करणको मिमेस कोशी प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिताको पहिलो अडिसन पुस २ गते विराटनगरमा हुने भएको छ । यो प्रतियोगितामा विवाहित महिला, एकल र...
महोत्तरी, २२ माघ । नेकपा (एमाले) ले मधेस प्रदेशका तीन जिल्लामा अशिवेशनको मिति तय गरेको छ । प्रदेश कमिटीको शुक्रबार साँझको बैठकले सर्लाही, धनुषा र महोत्तरीको अधिवेशन क्रमशः ७–८ फागुन, ९–१० फागुन र ११–१२ फागुनका लागि...
विराटनगर । चौथो संस्करणको मिल्स कप इण्डो नेपाल टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । आगामी चैत २३ गतेदेखि ३० गतेसम्म विराटनगर जुट मिल खेल मैदानमा उक्त प्रतियोगिता हुने भएको हो ।क्रिकेट खेलको विकास र...
विराटनगर । पोखरामा सम्पन्न भएको ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा आइटिएफ तेक्वान्दोमा प्रदेश १ बाट प्रतिनिधित्व गर्दै पदक विजेता खेलाडीहरूलाई सम्मान गरिएको छ । प्रदेश १ आइटिएफ तेक्वान्दो संघको वार्षिकोत्सवका अवसरमा बुधबार विराटनगरमा एक कार्यक्रम...
विराटनगर । कोशी प्रदेश क्रिकेट संघको प्रवद्र्धन तथा नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा एमसिसि फाउण्डेशन र क्रिकेट विथ आउट बाउन्ड्रिजको समन्वयमा तथा मोरङ जिल्ला क्रिकेट संघको सहयोगमा कोशी क्रिकेट महोत्सव २०२५ सम्पन्न भएको छ । विराटनगर...
विराटनगर, ६ चैत । प्रदेश १ को आन्तरिक पर्यटन प्रवर्धनका लागि आठ सय किलोमिटरको मोटर ¥याली निकालिने भएको छ। नेपाल युवा उद्यमी मञ्च, विराटनगर च्याप्टरको आयोजनामा चैत १२ गते विराटनगरबाट सुरु हुने मोटर¥याली चैत १४...