विराटनगर । रतुवामाई सामाज विराटनगरले चाडपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । विराटनगरमा आज दशैं, दिपावली, नेपाल सम्बत र छठ पर्वको शुभकामना आदनप्रदान कार्यक्रम आयोजना गरेको हो ।
उक्त कार्यक्रमको प्रमुख आतिथि सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल रहेका थिए । कार्यक्रममा रतुवामाई समाज विराटनगरले प्रकाशन गर्न लागेको स्मारिकाको वारेमा समेत छलफल गरियो । स्मारिका सम्पादन तथा प्रकाशन समितिका संयोजक तथा कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक तोमनाथ उप्रेतीले स्मारिका प्रकाशनका लागि अहिलेसम्म भएका प्रयासहरुको वारेमा जानकारी गराए ।
शुभकामना मन्तव्यकै क्रममा समाजका संस्थापक अध्यक्ष रमानाथ भट्टराईले स्मारिका प्रकाशनमा सवैको साथ सहयोगको अपेक्षा रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि पोखरेलले हालै भएको प्राकृतिक प्रकोपबाट दिवंगत भएकाहरुप्रति श्रद्धाञ्जली प्रकट गरे । उनले समाजले स्मारिका पकाशन गर्नलागेको सुन्दा आफुलाई समेत गर्व लागेको बताए । स्मारिका भविष्यका लागि एउटा सिकाइ हुने र समाजमा सकारात्मक सन्देश दिनेगरी लेख्न उनले बताए ।