विराटनगर । जातिय पहिचान र संस्कृतिको संरक्षण गर्न संगठित हुनुपर्ने एक कार्यक्रममा सहभागिहरुले जोड दिएका छन् ।
तेली कल्याण समाज नेपाल विराटनगर १२ ले आउँदै गरेको दशै, तिहार, छठ पर्वलाई लक्षित गरेर शनिबार शुभकामना तथा सम्मान कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन् ।
सहभागिहरुले दाईजो प्रथा अन्त्यका लागि शिक्षामा विशेष जोड दिनुपर्ने बताए । त्यसको लागि तेली कल्याण समाजले नेतृत्व गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रमको प्रमुख अतिथि तेली कल्याण समाज नेपालका अध्यक्ष डा. बालकृष्ण साहले आफ्नो संस्कृति संरक्षणमा सबै जना एक जुट भएर अगाडी बढनुपर्ने बताए । तेली कल्याण समाजले विराटनगरमा आफ्नै जग्गा र भवनका तयारी गर्दै गरेको र यसका लागि सबैले पहल गर्न उनले अनुरोध गरे । अध्यक्ष साहले अबको अधिवेशन आफ्नै भवनमा गर्ने गरि तयारीमा जुट्न आग्रह गरे ।
समाजका १२ का अध्यक्ष सत्यनारायण साहको अध्यक्षतामा भएको सो कार्यक्रममा समाजका महानगर अध्यक्ष सञ्जय साह,अधिवक्ता सञ्जु साह, सामुदायिक भवनका अध्यक्ष तथा सचिव लगायत गरी करिब ७५ जना तेली समुदायका स्थानीयहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विराटनगर १२ का सेवा–निवृत नापी सर्वेक्षक ६४ बर्षिय फुलेश्वर साहलाई समाजप्रति उनले गरेको योगदानलाई कदर गर्दै सम्मान गरियो ।
काठमाडौं, १७ वैशाख-विदेशबाट आएका व्यक्तिहरू आफू संक्रमित भएको शंका लाग्दालाग्दै पनि परीक्षण नगरेको पाइएको छ । संक्रमण देखिए विभेदपूर्ण व्यवहार हुन सक्छ भन्ने डरले परीक्षण गर्न नआउने गरेको स्वास्थ्य मन्त्रान्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए...
विराटनगर, ४ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ७१ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ५५७ जनाको पीसीआर परीक्षण गर्दा ९२१ र ५०७ जनाको एन्टिजेन परीक्षण गर्दा १५० जनामा...
एजेन्सी, असार १४-भारतमा कोरोना भाइरसबाट सङ्क्रमितको हुनेको संख्या ५ लाख २९ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ अहिलेसम्मकै बढी २० हजार संक्रमित थपिएका छन् । वल्डोमिटरका अनुसार शनिबार भारतमा कोरोनाबाट ४ सय...
विराटनगर । बैंकको ब्याजदर चर्को रुपमा बृद्धि भएपछि उद्योगधन्दा सञ्चालनमा समस्या भएको भन्दै प्रदेश १ का उद्योगी व्यवसायीले आन्दोलनको तयारी थालेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ समितिले बिहीबार विराटनगरमा आयोजना गरेको...
विराटनगर, १८ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोना संक्रमण भएको छ । ७८५ जनाको पीसीआर परीक्षण गर्दा ३०१ र ७८० जनाको एन्टिजेन परीक्षण गर्दा २३२ जनामा संक्रमण देखिएको सामाजिक विकास...
विराटनगर । कलाकार पवन खतिवडा ‘म्याकुरी’ लाई इलका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ । बेलबारी ४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोपमा इप्रका बेलबारीले कलाकार खतिवडा र रमेश भण्डारीलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई...
काठमाडौं, ११ जेठ-महानगरीय प्रहरी वृत्त कालीमाटीका सबै प्रहरीको आज (आइतबार) कोरोना भाइरस (कोभिड–१९) परीक्षण भएको छ । गत बुधबार वृत्तमा कार्यरत २ जना प्रहरीमा कोरोना पोजिटिभ देखिएपछि बाँकी प्रहरीको आज परीक्षण गरिएको हो । वृत्तमा कार्यरत...
विराटनगर । विराटनगरमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले बहुप्रतिभा कार्यक्रम आयोजना गरिएको छ । सामथ्र्य समाज विराटनगरको आयोजनामा विराटनगरमा बुधबार बुहप्रतिभा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा अपाङगता भएका व्यक्तिहरूले गायन, नृत्य, कविता,...