कटहरी गाउँपालिकाले बेरोजगार युवालाई स्वरोजगार बनाउँदै, पहिलो पटक ४० युवालाई सिपमुलक तालिम दिदै

 न्यूज विराट
कटहरी गाउँपालिकाले बेरोजगार युवालाई स्वरोजगार बनाउँदै, पहिलो पटक ४० युवालाई सिपमुलक तालिम दिदै

विराटनगर । कटहरी गाउँपालिकाले ४० जना बेरोजगार युवायुवतीलाई लक्षित गरेर सिपमुलक तालिम संचालन गर्ने भएको छ । सरोकारवाला निकायसंगको समन्वयमा संचालन गरिने तालिमको बिषयमा गाउँपालिकाले सुझाव समेत संकलन गरेको छ । युवाहरुलाई दिने १० महिने तालिमका बिषयमा अन्तरक्रिया कार्यक्रमगरि सुझाव संकलन गरिएको हो ।

गाउँपालिकाले तालिम प्रदायक संस्था,रोजगारदाता,विभिन्न विद्यालयका प्रधानाध्यापक र कार्यपालिकाका पदाधिकारीलाई सहभागी गराएर सुझाव संकलन गरेको हो । अन्तरक्रियाका सहभागिले स्थानीय श्रम बजारको माग अनुसार बेरोजगार युवाहरुलाई तालिम दिन सुझाव दिएको कटहरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख द्रोण प्रसाद पोखरेलले बताए । सहभागिले युवाहरुलाई प्रोफेश्नल हाउस वायरिङ,प्लम्बर,कुक र टेलिकम लाईन म्यान लगायतका बिषयमा तालिम संचालनगर्न सुझाव दिएको उनले बताए । अन्तरक्रियाबाट संकलित सुझाव कार्यपालिका बैठकमा राखेर बिषय छनौट सम्बन्धि निर्णय लिएर तालिम संचालन गरिने कटहरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मनोज कुमार साहले बताए ।

बेरोजगार युवाहरुकालागि कार्यगत अभ्यास सहितको १० महिने तालिम संचालन गरिने साहले बताए । गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले कटहरीले बेरोजगार युवाहरुलाई स्वरोजगार तथा रोजगार बनाउन विभिन्न प्रकारका तालिम र कक्षाहरु संचालन गर्दै आएको बताए । उनले यस अघि देखीपनि ४० जना युवाहरुलाई सहभागि गराएर कम्प्युटर सम्बन्धि लभेल टू को कक्षा समेत संचालनमा रहेको जानकारी दिए । गाउँपालिकाले दिगो तथा सम्मानित रोजगारीकालागि सीप (ईन्स्योर) परियोजना र एक्सपर्ट टेक्निकल कलेज सहित हेल्भाटास नेपालकोे प्राबिधिक सहयोगमा तालिम संचालन गरिने जनाईएको छ ।

सम्बन्धित समाचार

भारतको उत्तराखण्डमा तीर्थयात्री सवार बस दुर्घटना, २६ जनाको मृत्यु

भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा तिर्थयात्री सवार बस दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना यात्रु गम्भीर घाइते भएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार बसमा चालक र सहचालकसहित मध्यप्रदेशको पन्ना जिल्लाका २८ तिर्थयात्री सवार थिए । उनीहरू...

सकियो ट्राफिक सप्ताह, मोरङ ट्राफिक प्रहरीको हप्ताभरी सचेतना कार्यक्रम

विराटनगर । सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले सुरू भएको ट्राफिक सप्ताह कोशी प्रदेशमा सम्पन्न भएको छ । १४ जिल्ला रहेको प्रदेशमा हप्ताभरी जनतेचना मुलक कार्यक्रम आयोजना गरी ट्राफिक सप्तहा सोमबार सम्पन्न भएको हो । ट्राफिक...

चीनमा थप ३६ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

चीनमा थप ३६ जना व्यक्तिमा हिजो मङ्गलबार कोरोना भाइरस सङ्क्रमण देखिएको चिनियाँ स्वास्थ्य अधिकारीहरुले बुधवार जानकारी दिएका छन् । मङ्गलबार कोरोना भाइरस सङ्क्रमित देखिएका ३६ जनामा ३५ चीनकै नभएर बाहिरबाट आएका समाचारमा जनाइएको छ ।...

मंगलबार थप १५० जनामा कोरोना पुष्टि, ६०९ जना डिस्चार्ज

काठमाडौं, ६ साउन-मंगलबार थप १५० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड-१९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १५०...

सिंघिया खोला सुकुम्बासी बस्तीमा पस्यो, विराटनगरको सयौं घर डुवानमा

विराटनगर । विराटनगरको पूर्व भएर बग्ने सिंघिया खोलाको बाढी सुकुम्बासी बस्तीमा पसेको छ । दुई दिनदेखि लगातार परेको वर्षाले सिंघिया खोलाको बाढी विराटनगर १ गंगाटोला र विराटनगर २ को सुकुम्बासी बस्तीमा पसेको हो । सिंघिया...

महिलाले शव बोकेर घाटसम्म पु¥याए

तनहुँ ६ कात्तिक-छोरीले शव बोक्न तथा काजक्रिया गर्नुहुँदैन भन्ने सामाजिक कुरुतीलाई तोड्दै यहाँका महिलाले शव बोकेर सेतीमादी नदीको सङ्गमस्थल दमौलीघाटसम्म पु¥याएका छन् । व्यास नगरपालिका–५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा आबद्ध महिलाले आश्रममा आश्रित ८६...

मोटरसाईकल चोरीमा संलग्न चार जना पक्राउ

विराटनगर । मोरङ प्रहरीले मोटसाइकल चोरीमा संलग्न चार जनालाई पक्राउ गरेको छ । प्रहरीले विराटनगरबाट मोटसाइकलसहित चोरीमा संलग्न चार जनालाई पक्राउ गरेको हो । चोरीमा संलग्न मोरङ धनपालथान गाउँपालिका ७ बस्ने बर्ष २१ को रविन...

भारतमा पब्जीसहित १ सय १८ चिनिया एप्समा प्रतिबन्द

एजेन्सी, १७ भदौ-भारतले चर्चित भिडियो गेम पब्जीसहित चीनमा विकास गरिएका १ सय १८ वटा मोबाइल एप्सलाई प्रतिबन्द लगाएको छ । भारतले चिनियाँ एप्सबाट राष्ट्रिय सुरक्षामा खतरा बढेको कारण देखाउँदै १ सय १८ वटा एप्समा प्रतिबन्ध...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्