ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरण मेरो पहिलो प्राथामिकता : ट्राफिक प्रहरी निरीक्षक लम्साल
सोमबार, ०७ असोज, २०८१,
न्यूज विराट
विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजन लम्सालले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणलाई आफ्नो कार्यकालमा प्राथमिकता दिने बताएका छन् ।
एक हप्ता अगाडि सरुवा भएर आएका मोरङ ट्राफिक प्रहरी प्रमुख लम्सालले सञ्चार कर्मीहरूसँग सोमबार परिचयात्मक कार्यक्रममा ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा केन्द्रित भएर लागि पर्ने बताएका हुन् ।
ट्राफिक प्रहरीको अधिकतम परिचालन, प्रभावकारी व्यवस्थापन, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा लागि पर्ने उनले बताए । ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणको लागि सबैको साथ सहयोगको खाँचो रहेको उनको भनाई छ ।
विराटनगर महानगरपालिका समन्वयमा विराटनगर क्षेत्रमा ट्राफिक लाइट राख्ने तयारी गरिएको उनले जानकारी दिए । ‘ट्राफिक व्यवस्थापनको लागि विराटनगरको मुख्य चोकहरूमा ट्राफिक लाइट जडानको अन्तिम तयारी भएको छ,’ उनले भने ।
आउँदै गरेको चाडपर्वमा हुने सवारी चाप व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा यात्रुलाई पर्न सक्ने विभिन्न समस्यालाई सम्बोधन गरी सहज यात्राको प्रबन्ध मिलाउन सुरक्षा योजना पनि चाँडै ल्याउने उनले बताए । उनका अनुसार योजनाको प्रभावकारी व्यवस्थापन गर्न थप जनशक्ति परिचालन, चेकजाँचमा कडाइ र नागरिक सहायता कक्षा स्थापना गरी सेवा प्रवाह गरिने बताए । ‘मैले यी दुई काम गर्छु, जसले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा सघाउ पु¥याउनेछ तर अन्त्य गर्छ भनेर अहिले भन्दिनँ’, उनले भने, ‘ट्राफिक नियमको पूर्ण पालना गराउने कुरामा केही व्यवस्थापन गर्न सकिए मात्रै धेरै सहज हुन्छ त्यही अनुसार काम गर्छौँ ।’
सिटि सफारिले ट्राफिक नियमको पालना नगर्ने गरेको उनले बताए । यसमा सबैको साथ सहयोगले मात्रै ट्राफिक व्यवस्थापन गरिनुपर्ने उनले बताए ।
काठमाडौं, असार १-नेपालमा सोमबार थप ४५१ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार ३५ महिला ४१६ जना पुरुष गरी ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी...
गोपाल पोखरेल,विराटनगर ३१ बैशाख , मोरङ क्षेत्र न. ५ का एकसय एक परिवारलाई पुग्ने राहात सामाग्री समाजसेवी मनिस गु?ङले कांग्रेसका लोकप्रीय केन्द्रिय सदस्य अमृृत अर्याल लाई हस्तान्त्रण गर्नुभएको छ । सो सामाग्री आज हस्तान्त्रण गरिएको...
विराटनगर । विराटनगर मुनाल पथ स्थित पन्जाबी पेट्रोल पम्प अगाडी भएको टिभिएसको ग्राण्ड एक्सचेन्ज मेलामा विराटनगर ६ का मुरारि पाण्डेले दश लाख नगद जितेका पाण्डेलाई नगर परिक्रमा गराएको छ । टिभिएसको मोटरसाइकलमा राखेर पाण्डेलाई नगर...
विराटनगर, २ मंसिर-मोरङको लेटाङबाट मंगलबार जुवा खेल्दै गरेका सात जनालाई पहरीले पक्राउ गरेको छ । लेटाङ- ९ स्थित जाँतेमा स्वेताम मगरको घरमा छापामारेर प्रहरीले १ लाख ८८ हजार नगदसहित सात जनालाई जुवाको खालबाट पक्राउ गरेको...
नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९९ हजार ३ सय रुपैयाँ कायम भएको छ । यसअघि, शुक्रबार सुन तोलाको ९९...
विराटनगर, ३० साउन । प्रदेश १ सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम सञ्चालन कार्यविधि २०७९ स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले सो कार्यविधि स्वीकृत गरेको हो । सो उक्त कार्यविधि स्वीकृत भएसँगै अब...
विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले २ सय बढी कागतीका विरुवा रोपेको छ । क्लबले इक्राही स्थित एक फर्म हाउसमा २ सय वटा भन्दा बढी कागतीका विरुवा रोपेको हो । सेभ द इन्भाइरोमेन्ट, इकोनोमिक...
विराटनगर । १५ करोडको कारोबार गर्दै विराट एक्स्पो सकिएको छ । विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा मंसिर २९ देखि सुरु भएको विराट एक्स्पो कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी आइतबार समापन भएको हो । वर्तमान जटिल...