ससुराको हत्या आरोपमा ज्वाईँ पक्राउ

 न्यूज विराट
ससुराको हत्या आरोपमा ज्वाईँ पक्राउ

विराटनगर । ससुराको हत्या आरोपमा ज्वाइँ पक्राउ परेका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिका–७ स्थित मायालु चोकका ६० वर्षीय चन्द्रबहादुर तामाङको हत्या आरोपमा २७ वर्षीय रविन राई पक्राउ गरेका हुन् ।
प्रहरीले उनलाई धनकुटाको मूलघाटबाट आइतबार बिहान गरेको इप्रका पथरीका डीएसपी मोहनविक्रम दाहालले जानकारी दिए । रविनले ससुराको शनिबार हत्या गरेर फरार भएको प्रहरीले जनाएको छ । पक्राउ परेका र मृतका आफ्नै ज्वाइँ ससुरा नाताका हुन् ।
ससुरा तामाङको हत्या गरी ज्वाइँ रविन फरार भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको डीएसपी दाहालले बताए । ‘घरमा दुई जना मात्रै हुनु र घटनापछि एकाएक बेपत्ता हुनुले पनि उनकै संलग्नता रहेको हो कि भनेर अनुसन्धान थालेका थियौं । हत्या गरेर रविन भोगेको र खोज्दै जाँदा मूलघाटमा आज बिहान भेटिएपछि नियन्त्रणमा लिएका हौं । पथरी ल्याएर थप सोधपुछ तथा अन्य घटनाका सम्बन्धमा अनुसन्धान गर्ने र पोस्टमार्टमको रिपोर्टले घटना किन भएको हो भन्ने खुल्ने छ ,’ उनले भने ।
हत्या गरिएको अवस्थामा शनिबार बिहान आफ्नै घरको प्यासेजमा रगतमा डुबिरहेको अवस्थामा तामाङको शव फेला परेको थियो ।
मृतकको टाउको र चिउँडोलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले प्रहार गरेका चोटहरु देखिएको छ । शव नजिकै रगत लतपतिएको अवस्थामा धारिलो हतियार खुर्पा फेला परेको थियो । घटनाको प्रकृति हेर्दा खुर्पाले प्रहार गरेर हत्या गरे जस्तो देखिने प्रहरीले बताएको छ ।
पक्राउ परेका रविन ससुराली घरमा बस्दै आएको थिए । घरमा ज्वाइँ ससुरा मात्रै बस्दै आएका थिए । रविनको घर पनि ससुराली घरनजिकै छ । चन्द्रबहादुरकी छोरी (रविन)की पत्नी विदेशमा रहेको प्रहरीले जनाएको छ ।
चन्द्रबहादुरका २ छोरा, १ छोरी र पत्नी सबै जना विदेशमा रहेको छ । दुवै जना (ज्वाइँ ससुरा) शुक्रबार राति घरमै मदिरा सेवन गरेर बसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनीहरु सधैं मदिरा सेवन गरेर होहल्ला गर्ने गरेको छिमेकीले बताएका छन् । मदिरा सेवनपछि उत्पन्न विवाद हत्यामा परिणत भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । ज्वाइँ र ससुरा दुवै जना ज्यामी काम गर्थे ।

सम्बन्धित समाचार

महेन्द्र मोरङ क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका जसवन्त पौडेल निर्वाचित

विराटनगर । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन स्ववियू अध्यक्षमा नेपाली काँग्रेस निटक विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका जसवन्त पौडेल निर्वाचित भएका छन् । पौडेल एक हजार ६८९ मतसहित निर्वाचित हुँदा निकटमत...

बनारसमा जबरजस्ती कपाल खौरिने व्यक्ति १ हजार लिएर नेपालका नक्कली नागरिक बनेको खुलासा

काठमाडौं, ३ साउन-भारतको बनारसमा केही दिनअघि जबरजस्ती कपाल मुण्डन गरिएका व्यक्ति नेपाली नभएको खुलेको छ । उनलाई स्थानीय हिन्दु सेनाका सदस्यले १ हजार भारतीय रुपैयाँ दिएर 'नेपाली' बनाएको रहस्य खुलेको हो । हाल प्रहरी अनुसन्धानमा...

आसाममलाई पराजित गर्दै पुलिस एमएम कप क्रिकेटको फाइनल प्रवेश

विराटनगर । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी हुँदै नेपाल पुलिस क्लव फाइनलमा प्रवेश गरेको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित...

काेराेनाका कारण पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु

काठमाडौं, १ कात्तिक-नेपालमा पछिल्लो २४ घण्टामा १२ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।  शनिबार मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा साे संख्यामा...

कोशी प्रदेशका मुख्यमन्त्री थापाले आजै विश्वासको मत लिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले आजै विश्वासको मत लिने गठबन्धन दलले निर्णाय गरेको छ । गठबन्धन दल माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले विश्वासको मत लिने निर्णय भएको जानकारी दिए । मुख्यमन्त्री...

१२ औँ संस्करणको प्याब्सन स्पोर्टस मिट सुरू (फोटो फिचर )

विराटनगर । १२ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट शुक्रबारबाट सुरू भएको छ । विराटनगरस्थित सहिद मैदानमा प्रदेश १ का मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले प्याब्सन स्पोर्ट्स मिटको उद्घाटन गरेपछि औपचारिक रूपमा सुरू भएको हो । स्पोर्ट्स मिटको...

हवाई उडान र अन्तर्राष्ट्रिय नाका जेठ मसान्तसम्म बन्द

काठमाडौं, ७ जेठ-आन्तरिक तथा बाह्य उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरिएको छ । बुधबार बसेको कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले जेठ मसान्त अर्थात् १४ जुनसम्म उडान बन्द गर्ने निर्णय गरेको हो...

नगरलाई दलितमैत्री वातावरण बनाई क्षमता अभिवृद्धी गर्न माग गर्दै ज्ञापन

अर्पणा केशी पथरी, असार ९ मोरङको पथरी शनिश्चरे नगरपालिका अन्र्तगत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा दलित समुदायलाई समेट्न माग गदै दलित संरक्षण समितीले नगर प्रमुख दिलीप कुमार राईलाई १७ बुदेँ ज्ञापन पत्र बुझाएको छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्