नाबुन दुहबीले मनायो जितिया पर्व

 न्यूज विराट
नाबुन दुहबीले मनायो जितिया पर्व

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल दुहबी नगर कमिटिले जितिया पर्व मनाएको छ । सुनसरीको दुहबीमा शनिबार एक भव्य कार्यक्रम आयोजना गरी जितिया पर्व मनाएको हो ।
जितिया पर्वको अवसरमा नाबुन दुहबीले सांस्कृति कार्यक्रम पनि आयोजना गरेको थियो । उक्त कार्यक्रममा सांस्कृति झल्किने पहिरन लगाएर नृत्य प्रस्तुत गरी दिनभरी रमाइलो भयो ।
कार्यक्रममको प्रमुख अतिथि दुहबी नगरपालिकाका प्रमुख बेद नारायण गच्छदारले सांस्कृतिक पर्वले समाजमा भाइचारा कायम गरेर अगाडी बढने बताए । सौन्दर्यकर्मीहरुले आयोजना गरेको यस्तो कार्यक्रमलाई नगरपालिकाले पनि साथ सहयोग गरेर अगाडी बढने उनको भनाई छ । महिलाहरु चुलोचोकमा मात्रै व्यस्त नभएर त्यसभन्दा अगाडी बढनुपर्नेमा जोड दिए । कार्यक्रममा जिफन्ट युवा कोशी प्रदेशकी अध्यक्ष भली सुब्बाले नाबुनले सामाजिक कामसँगै समाजमा भाइचारा कायम गर्न सांस्कृतिक कार्यक्रम पनि गरेर अगाडी बढने गरेको बताइन् । जितिया पर्वमा यस्तो सांस्कृतिक कार्यक्रमहरुले महिलाहरुको प्रतिभा उजारमा ठूलो सहयोग पुग्ने गरेको उनले बताइन् ।
नाबुन दुहबीको अध्यक्ष चानु माझीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन नाबुन प्रदेश सदस्य नविना तबदारले संचालन गरेकी थिइन् । कार्यक्रमको विशेष अतिथि दुहबी नगरपालिकाका उद्यम शाखा प्रमुख दिवेश चौधरी, राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल केन्द्रीय उपमहा सचिब ममता प्रधान,  जिफन्ट महिला कमिटिकी सचिब सायदा तवसुम, नावुन कोशी प्रदेश अध्यक्ष कला डाँगी, प्रदेश कोषाध्यक्ष अमिता पोखरेललगायत रहेका थिए । लुक्नी कम्पनीले सहयोग तथा दुहबी नगरपालिकाको समन्वय गरेको सो कार्यक्रममा स्वागत मन्तब्य निर्मला चौधरीले गरेकी थिइन् ।

सम्बन्धित समाचार

मानव तस्करीको आरोपमा कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ

विराटनगर । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका पूर्वमन्त्री आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले आइतबार अदालतबाट अनुमति लिएर विराटनगर – २ स्थित आफ्नै निवासबाट पक्राउ गरी विराटनगर विमानस्थलबाट जहाजमार्फत्...

लगानी बोर्डबाट १ खर्ब ८५ अर्ब बढीका ७ परियोजना स्वीकृत

काठमाडौं, ६ असार-लगानी बोर्डले एक खर्ब ८५ अर्ब ४३ करोड बराबरका ७ वटा परियोजनाको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार सम्पन्न बोर्डको ४४औँ बैठकले ५ वटा जलविद्युत् परियोजना र २...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८७० संक्रमित थपिए

विराटनगर, ४ कात्तिक–प्रदेश १ मा आज आठ सय ७० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । सुनसरीमा चार सय ४९, मोरङमा तीन सय ३७, झापामा ३८, इलाममा...

लकडाउन लम्बिएसँगै स्थानीय तहले पठाउन थाले गाडी, जडीबुटीमा बाहिरिनेको भीड

स्थानीय निकायले काठमाडौंमा अलपत्र परेका आफ्नो क्षेत्रका मानिसलाई सवारीसाधनको व्यवस्था गरी लैजाने व्यवस्था मिलाउन थालेपछि काठमाडौंको जडीबुटी क्षेत्रमा घरजानेको भीड लागेको छ । लकडाउन लम्बिँदै गएपछि काठमाडौंमा समस्यामा परेका केही मानिस हिँडेरै घर जान थालेको...

विराटनगर महानगरद्वारा ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’ गठन, अध्यक्षमा विवश पोखरेल

विराटनगर । विराटनगर महानगरपालिकाले भाषा, साहित्य, संस्कृति र कलाको विकास गर्ने उद्देश्यले ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’ गरेको छ । बिहीबार बसेको कार्यपालिका बैठकले वरिष्ठ साहित्यकार विवश पोखरेलको अध्यक्षतामा ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’ गठन गरेको हो । बैठकले...

प्रदेश १ का मुख्यमन्त्रीसहित आठ सांसद प्रचण्ड–नेपाल समूहद्वारा निलम्बित

विराटनगर, २८ पुस-नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसहित ८ जनालाई निलम्बन गरेको छ । प्रदेश १ संसदीय दलले मुख्यमन्त्री राईसहितका आठ जनालाई सांसद पदबाट निलम्बन गरेर कार्यान्वयनका लागि प्रदेशसभामा...

प्रदेश २ मा थप १२१ जनामा संक्रमण

जनकपुर, २२ भदौ-प्रदेश २ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट पाँचजनाको मृत्यु भएको छ । सर्लाही र सिरहामा दुई/दुई जना र पर्सामा एकजना गरी पाँचजना पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मृतकमध्ये...

कोभिड-१९ का नाममा भएका खर्चको अलग्गै लेखा परीक्षण हुने

काठमाडौं, १६ असार-महालेखापरीक्षकको कार्यालयले कोभिड—१९ मा भएको खर्च, आम्दानी र कारोबारको अलग्गै लेखा परीक्षण गर्ने भएको छ । कोरोना महामारी नियन्त्रणका लागि भएको खर्च, जुटेको सहयोग लगायतका विषयमा कार्यालयले अलग्गै लेखा परीक्षण गर्ने भएको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्