अन्तरविद्यालय वक्तृत्वकलाको उपाधि बूढानिलकण्ठलाई

 न्यूज विराट
अन्तरविद्यालय वक्तृत्वकलाको उपाधि बूढानिलकण्ठलाई

विराटनगर । अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा विराटनगरको बूढानिलकण्ठ स्कुलकी छात्रा सेविका दाहाल प्रथम भएकी छन् । राष्ट्रिय शिक्षा दिवसका अवसरमा विराटनगरस्थित पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलले बिहीबार आयोजना गरेको ‘युवाहरूको विदेशमोह र देशको भविष्य’ शीर्षकमा आयोजित प्रतियोगितामा २६ जना प्रतिस्पर्धीलाई पछि पार्दै सेविका प्रथम भएकी हुन् ।

कवि एवं पत्रकार मीनकुमार नवोदित र साहित्यकार निर्मला कोइरालाको निर्णायक समितिले अर्पण सेकेण्डरी स्कुलकी प्रश्ना खड्कालाई द्वितीय र सिद्धार्थ शिशु सदनकी स्वामिका ढकाललाई तृतीय घोषणा गरेको थियो । त्यस्तै प्रतियोगितामा डन बस्को सेकेण्डरी स्कुलकी छात्रा सुष्मा बुढाथोकी र ग्रिनल्याण्ड सेकेण्डरी स्कुलका मयाङ्क मिश्र सान्त्वना भएका थिए ।
विद्यार्थीभित्र लुकेर रहेको प्रतिभा प्रस्फुटन गराई विद्यालय–विद्यालयबीचको सम्बन्ध प्रगाढ बनाउँदै विद्यार्थीहरूमा प्रतिस्पर्धी क्षमताको विकास गर्ने उद्देश्यले वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको विद्यालयका प्रिन्सिपल अर्जुन श्रेष्ठले बताए । अबदेखि शिक्षा दिवसका अवसरमा हरेक वर्ष वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने उनको भनाइ थियो । विजेता विद्यार्थी र विद्यालयलाई कार्यक्रमका प्रमुख अतिथि प्याब्सन कोशी प्रदेशका अध्यक्ष टीकाराम ढकाल, कोषाध्यक्ष राजेश आचार्य, प्याब्सन मोरङका अध्यक्ष प्रेमलालसिंह सुवाल, कोषाध्यक्ष विष्णु डंगोल, वरिष्ठ सल्लाहकार सावित्री पराजुली, प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकी, सचिव अशोक लामा, सहसचिव हिरा थापा, कोषाध्यक्ष नन्दलाल मण्डल, सहकोषाध्यक्ष गोपाल रिजाल, सदस्य यादव प्रधान, निर्णायकद्वय मीनकुमार नवोदित, निर्मला कोइराला, आयोजक विद्यालयका प्रिन्सिपल अर्जुन श्रेष्ठ, निर्देशक भरत सापकोटालगायतले पुरस्कार, प्रमाणपत्र, मेडल र ट्रफी वितरण गरेका थिए ।

प्रतियोगितामा विजयी हुनेहरूलाई क्रमशः ५, ३, २ र १ हजार नगद पुरस्कारका साथ प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो । सहभागी सबै विद्यार्थीलाई मायाको चिनोसमेत प्रदान गरिएको प्रिन्सिपल श्रेष्ठले बताए । सम्बोधन, विषय प्रवेश, विषयको सान्दर्भिकता, मौलिकता, पुष्ट्याइँ, भाषाशैली, प्रस्तुतीकरण, निष्कर्ष, समय पालनलगायतलाई आधार मानेर निर्णय गरिएको प्रतियोगिताका प्रमुख निर्णायक नवोदितले जानकारी दिए । कार्यक्रमलाई सम्बोधन गर्ने पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलका प्रिन्सिपल अर्जुन श्रेष्ठले पाठ्यपुस्तकको अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिन विद्यार्थीहरूलाई आग्रह गरे । उनले आगमी दिनमा पनि यो कार्यक्रमलाई निरन्तार दिएर अगाडी बढने बताए ।

सम्बन्धित समाचार

मोरङमा आफ्नै छोरी बलात्कार गरेको आरोपमा नेपाली सेनाका पूर्वजम्दार पक्राउ

विराटनगर, ७ भदौ । मोरङमा आफ्नै छोरी बलात्कार गरेको आरोपमा नेपाली सेनाका पूर्वजम्दार पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बेलबारी नगरपालिका–११ का ५१ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले बताउनुभयो...

लकडाउनमा ५ हजार विदेशी फिर्ता

काठमाडौं, २८ वैशाख-कोभिड-१९ को जोखिम औँल्याउँदै सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरे पनि लकडाउनको अवधिमा झण्डै ५ हजार विदेशी नागरिक आआफ्नो मुलुक फर्केका छन् । नेपालले अन्तर्राष्ट्रिय उडान बन्द गरेको अवस्थामा चार्टर फ्लाइटमार्फत् शनिबारसम्म विभिन्न मुलुकका...

उपचारका लागि धामीझाँक्रीका घर पुगेकी थिइन् कोरोनाबाट ज्यान गुमाएकी महिला

सिन्धुपाल्चोक, ४ जेठ-कोरोना भाइरस (कोभिड-१९) बाट धुलिखेल अस्पतालमा ज्यान गुमाएकी सुत्केरी महिला उपचारको लागि धामी झाँक्रीका घर गएको तथ्य बाहिर आएको छ । सुत्केरी महिलालाई झारफूक गर्न बाह्रबिसेका विभिन्न धामीको घरमा लगिएको स्थानीयले बताए ।...

पत्रकार खतिवडासहित तीन जना सम्मानित

विराटनगर । पुरुषोत्तम धनकुमारी चापागाई स्मृति प्रतिष्ठान विराटनगरले आफनो नवौं बार्षिकोत्सका अवसरमा भाषा साहित्य , धर्म संस्कृति र पत्रकारिता क्षेत्रमा योगदान गर्ने तीन जनालाइ सम्मान गरेको छ । विराटनगरमा एक कार्यक्रममा आयोजना गरी तीन जनालाई...

भुल्केको जनजीवन कष्टकर बन्दै, नुन पनि सकियाे

उदयपुर, बैशाख १३-भुल्के गाउँमा दैनिक उपभोग्य वस्तुको अभाव हुँदा स्थानीयवासीको जनजीवन कष्टकर बन्न पुगेको छ । त्रियुगा नगरपालिका–३ को सो गाउँलाई स्थानीय प्रशासनले कोभिड–१९ को थप जोखिम हुन नदिन २ हप्तादेखि सिल गरेपछि खाद्यान्न अभाव...

कांग्रेस महाधिवेशनः रुपन्देहीको मतगणनास्थलमै कुटिए उम्मेदवार

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत रूपन्देहीको मतगणनास्थलमा कुटाकुट भएको छ । कुटाकुटमा परी महाधिवेशन प्रतिनिधिको उम्मेदवार रहेका दीर्घबहादुर केसी घाइते भएका छन् । रूपन्देहीको क्षेत्र नं. २ को मतगणनास्थलमा दुइ पक्षबीच विवाद सिर्जना भएपछि कुटाकुट...

कोशी प्रदेश विरुद्ध आन्दोलन : किरात राई यायोख्खाका केन्द्रीय अध्यक्ष पनि पक्राउ, पक्राउ पर्नेको संख्या २६ पुग्यो

विराटनगर । कोशी प्रदेश खारेजीको माग राख्दै आन्दोलनमा उत्रिएका किरात राई यायोख्खा केन्द्रीय अध्यक्ष जिवन हताजु राई पनि पक्राउ परेका छन् । मोरङ प्रहरीले उनलाई विराटनगरको देबकोटा चौकमा रहेको एक होटलमा चिया खाएर बाहिर निस्किएपछि...

रौतहटमा हावाहुरी र असिना

जनकपुर, ६ वैशाख-गएराति आएको हावाहुरी र असिनाबाट रौतहटमा करोडौंको क्षति पुगेको छ । बर्षासँगै आएको असिनापानीले तरकारी, फलफूल तथा हिउँदे बालीमा करोडौंको क्षति पुगेको हो । हावाहुरी र असिनाले जिल्लाको चन्द्रपुर नगरपालिकाको सिन्दुरेघारी, नजरपुर, सन्तपुर,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्