प्रहरीलाई सफलता, विराटनगरबाट १८९ केजी गाँजासहित दुई जना पक्राउ

 न्यूज विराट
प्रहरीलाई सफलता, विराटनगरबाट १८९ केजी गाँजासहित दुई जना पक्राउ

विराटनगर । विराटनगरबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बोकेका दुईवटा कारसहित चारजनालाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ । सोमबार राती छुटा छुट्टै दुई स्थानबाट १८९ केजी गाँजा सहित चार जनालाई पक्राउ गरेको हो ।

लागु औषध गाँजा ओसार पसार भई रहेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी निरीक्षक प्रकास थापाको कमाण्डामा इप्रका रानी र लागूऔषध ब्युरो बिराटनगर बाट खटिएको संयुक्त प्रहरी टोलिले जेकजाँचको क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।
विराटनगर १५ र १७ मा चेकजाँच गर्ने क्रममा दुईवटा कारमा गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए ।
विशेष सुचनाका आधारमा सोमबार बिहान विराटनगर–१७ मा बा.८च ७८८० नम्बरको कारलाई चेकजाँच गर्दा पछाडी पट्टी ४३ किलोग्राम गाँजा बरामद भएको थियो । कारमा रहेका विराटनगर–१५ का ३२ वर्षीय गणेश चौधरी र विराटनगर–१३ का २२ वर्षीय रोजेश परियारलाई नियन्त्रणमा लिइएको थियो ।
यसैगरी सोमबार राती ८ बजे विराटनगर–१७ मण्ठा पोखरीस्थितमा को.२ च ७५९ नम्बरको स्कार्पीयो गाडीलाई चेकजाँच गर्दा १४६ केजी गाँजा बरामद भएको थियो । गाँजा बरामद भएपछि चालक सुनसरी धरान–१७ का ४५ वर्षीय सुक्षिम राई र धरान–११ का ४६ वर्षीय देवराज राईलाई नियन्त्रणमा लिइएको थियो ।
नियन्त्रणमा परेका उनीहरुको सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीले अनुसन्धान अगाडी बढाएको जानकारी दिइएको छ । यस अगाडी समेत विराटनगरबाट बारम्बार गाँजा बरामद हुँदै आएको छ । गाँजा ओसारपसारको ट्रान्जिट जस्तै हुँदै आएको छ ।

सम्बन्धित समाचार

विराटनगर महानगरका जनप्रतिनिधिलाई दियो मोरङ व्यापार संघले २० बुँदे सुझाव

विराटनगर, ११ जेठ । विराटनगर महानगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुलाई मोरङ व्यापार संघले स्वागत गरेको छ । एक कार्यक्रमको ओजना गरि संघले महानगरपालिकाका मेयर नागेश कोईराला, उपमेयर शिल्पा निराला कार्की, सवै वडाका वडाध्यक्षहरुलगायत सवै जनप्रतिनिधिहरुलाई स्वागत...

जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत डिएसपी मुकारुङ बने साउन महिनाको सर्वोत्कृष्ट प्रहरी

विराटनगर, ४ भदौ । जिल्ला प्रहरी कार्यालय मोरङ दरबन्दी भई सोही कार्यालयमा कार्यरत प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारुङ र प्रहरी चौकी मेल्छाम, हुम्ला दरबन्दी भई १ नं. प्रदेश प्रहरी कार्यालय, विराटनगर RIT शाखामा कार्यरत प्रहरी जवान टिकाराम खापुङ साउन...

एनसीडिए मोरङको पुस २८ गते अधिवेशन, अध्यक्षमा ढकालको उम्मेदवारी घोषणा

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङको उपाध्यक्ष देशबन्धु ढकालले संघको दोस्रो अधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । आगामी पुस २८ गते हुने संघको दोस्रो अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।...

विपद् व्यवस्थापनमा सुरक्षा निकायको भूमिका महत्वपूर्णः मुख्यमन्त्री कार्की

विराटनगर,२९ जेठ । कोशी प्रदेशको १४ जिल्लामा हुने वाढी, पहिरो, भूकम्प लगायतका विपद्को समयम जनधनको क्षति न्यूनिकरण, एवं उद्धार र राहत कार्य परिचालन गर्न अभ्यास हातेमालो–५ आज सम्पन्न भएको छ । कोशी प्रदेश आन्तरिक मामिला...

आज रातिदेखि दमकमा एक हप्ता लकडाउन

झापा, ३२ साउन-समुदायस्तरमा कोरोना भाइरसको संक्रमण बढेको भन्दै झापाको दमकमा आज रातिदेखि लागू हुने गरी १ हप्ता लकडाउन हुने भएको छ । कोरोना रोकथाम नियन्त्रण तथा समन्वय समितिको आज नगरपालिकामा बसेको बैठकले नगरमा समेत संक्रमणको...

चिनियाँ नाका नखुले नाकामै धर्ना बस्ने व्यवसायीको चेतावनी

काठमाडौं, २५ कात्तिक-सामान बोकेका कन्टेनर १० महिनादेखि चिनियाँ नाकामा रोकिए पनि खुलाउन सरकारले पहल नगरेको भन्दै व्यवसायीले नाकामै धर्ना बस्ने चेतावनी दिएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघले विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।...

सर्वोच्चको परमादेशमाथि सरकारको पुनरावलोकन

काठमाडौं, १७ कात्तिक-सर्वोच्च अदालतले कोरोना संक्रमित नागरिकलाई निःशुल्क उपचारको व्यवस्था मिलाउन दिएको परमादेशमाथि पुनरावलोकन परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महान्यायाधिवक्ता कार्यालयमार्फत आज उक्त पुनरावलोकन निवेदनमा दर्ता भएको हो । यही १५ असोजमा सर्वोच्च...

शेयर बजारलाई प्राथमिकता, कर्जाको सीमा ७० प्रतिशत पुग्यो

काठमाडौं, २ साउन-नेपाल राष्ट्र बैंकले शेयर धितो राखेर धिर्तो कर्जाको सीमा ७० प्रतिशत पुर्‍याएको छ । शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक नीति तथा कार्यक्रममार्फत राष्ट्र बैंकलेशेयर धितो कर्जाको सीमा ५ प्रतिशतले बढाएको जानकारी गराएका हुन् ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्