विराटनगरमा भव्य भयो भीमसेन जात्रा (फोटो फिचर )

 न्यूज विराट
विराटनगरमा भव्य भयो भीमसेन जात्रा (फोटो फिचर )

विराटनगर । विराटनगर–१० सनसारीमाईस्थानस्थित भीमसेन मन्दिर सेवा समितिको आयोजनामा मंगलबार भीमसेनजात्रा निकालिएको छ ।
मन्दिर परिसरमा आयोजित कार्यक्रममा कोशी प्रदेशका पर्यटनमन्त्री सदानन्द मण्डलले भीमसेनको मूर्तिमा पूजापाठ गरेर जात्राको शुभारम्भ गरेका थिए ।
मन्दिर परिसरबाट झ्याँकीसहित निकालिएको भीमसेनजात्रा ट्राफिकचोक, महेन्द्रचोक, शनिमन्दिर, भृकुटीचोक, डिएसपी रोड हुँदै अतिथिसदन, जलजलाचोक, बुधहाटचोक, रेम्बो गल्ली हुँदै झिः पुचमा पुगेर समापन भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मण्डलले नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलुक भएको बताए । उनले नेपालमा बसोबास गर्ने सबै जातजातिको आ–आफ्नै भाषा, कला र संस्कृति रहेको उल्लेख गरे । आर्थिक रुपमा नेपाल कमजोर भए पनि कला र संस्कृतिमा नेपाल विश्वमै धनी मुलुक भएको मन्त्री मण्डलको कथन थियो । नेवारी संस्कृति ऐतिहासिक र धनी संस्कृति भएको उनले बताए । नेवारी संस्कृतिले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा समेत चिनाएको भन्दै मन्त्री मण्डलले भने, ‘नेपालभित्र रहेका सबै जातजातिका आ–आफ्नै कला र संस्कृति छन् । सबैको फरक विशेषता छन् । विराटनगरमा निकालिने भीमसेनजात्रा पनि एउटा महत्वपूर्ण संस्कृति हो भन्ने मलाई लाग्दछ ।’


उनले जात्रालाई निरन्तरता र मन्दिरको संरचना निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुरेशकुमार श्रेष्ठले हरेक वर्ष भीमसेन जात्रा भव्य हुँदै गएको बताए । उनले जात्रामा मोरङ जिल्लाका विभिन्न ठाउँमा बसोबास गर्ने नेवारी समुदायका व्यक्तिहरूको उपस्थिति हुने क्रम पनि बढेको उल्लेख गरे । ‘भीमसेनजात्रा परारभन्दा पोहोर भव्य भयो । अझै पोहोरभन्दा यसपटक झनै भव्य भयो,’ श्रेष्ठले भने ।
भीमसेनजात्राले युवापुस्तालाई आफ्नो भाषा, कला र संस्कृतिप्रति आकर्षित गर्न सहयोग पुग्ने मन्दिर व्यवस्थापन समितिका महासचिव भविसकुमार श्रेष्ठले बताए । नेपाली कला र संस्कृतिमा पाश्चात्य संस्कृतिको प्रभाव बढ्दै गइरहेका बेला भीमसेनजस्ता नेपाली मौलिक संस्कृतिले युवापुस्तामा आफ्नो संस्कृतिप्रति जागरण ल्याउने दाबी गरे । हरेक जातजातिले आफ्नो भाषा, कला र संस्कृतिको संरक्षण गर्नु आवश्यक रहेको महासचिव श्रेष्ठको भनाइ थियो । भीमसेनलाई लक्ष्मीको अर्को रुपमा पनि हेर्ने गरिएको श्रेष्ठले बताए । विगत १२ वर्षदेखि हरेक वर्ष इन्द्रजात्राका दिन विराटनगरमा भीमसेनजात्रा निकालिने गरेको श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित समाचार

रोजगार मेलामा नौ सय जना दक्ष जनशक्ति सम्पर्कमा

विराटनगर । मोरङको कटहरीमा सोमबार आयोजित रोजगार मेलामा नौ सय जना दक्ष जनशक्तिले रोजगारदाताहरुसँगको सम्पर्कमा पुगेका छन् ।स्वदेशमै कामको खोजी गरिरहेका तथा वैदेशिक रोजगारबाट फर्किए युवाहरुलाई रोजगारदाताको सम्पर्कमा पु¥याउने उद्देशयले अन्तर्राष्ट्रिय श्रम संगठनको वेलकम होम...

तेली समाजले एक दर्जन विधामा काम गर्ने महिलालाई सम्मान गर्ने

विराटनगर । तेली कल्याण समाज मोरङ्गले महिलाहरुलाई सम्मान गर्ने भएको छ । जिल्ला कार्य समितिको केही दिन बसेको बैठकले तेली सामुदायमा विशेष योगदान पुर्याउने महिलाहरुलाई सम्मान गर्ने निर्णाय गरेको हो ।तेली समुदायको विशेष योगदान पुरÞ्याएका...

दरबार हत्याकाण्डः १९ वर्षदेखि रहस्यकै गर्भमा

काठमाडाैं, १९ जेठ-तत्कालीन राजा वीरेन्द्रसहित राजपरिवारका १० जना सदस्यको हत्या भएको दरबार हत्याकाण्ड भएको आज १९ वर्ष पुगेको छ । १९ वर्षअघि भएको यो रहस्यमय हत्याकाण्ड आजका दिनसम्म पनि कसले र किन गरायो भन्ने खुल्न सकेको...

२६ जिल्लाका सीडीओ सरुवा

काठमाडौं, चैत २–गृह मन्त्रालयले २६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ । ३० फागुनको मन्त्रीस्तरीय निर्णयबाट ती सीडीओहरू सरुवा भएका हुन् । CDO_Details

कोरोना संक्रमणबाट विराटनगरमा थप तीन जनाको मृत्यु

विराटनगर, १८ जेठ । कोरोना संक्रमणका कारण विराटनगरमा थप तीन जनाको मृत्यु भएको छ । विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई र नोबेल शिक्षण अस्पतालमा एक संक्रमितको मृत्यु भएको हो । कोसी अस्पताल कोभिड–१९...

तेस्रो पटक सांसद चुनिए अमनलाल मोदी

विराटनगर । मोरङको क्षेत्र नं. ४ मा प्रतिनिधि सभातर्फ माओवादी केन्द्रका नेता अमनलाल मोदी विजयी भएका छन् । सार्वजनिक अन्तिम मतपरिणाम अनुसार मोदीले ३० हजार ६१२ मतका साथ बाजी मारेका छन् । उनका प्रतिस्पर्धी नेकपा...

नेकपाले डाक्यो सचिवालय बैठक

काठमाडौं, ८ वैशाख-सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सचिवालय बैठक डाकेकको छ । राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्दै अध्यादेशबाट केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत सदस्य पुगे पार्टी फुटाउन सकिने व्यवस्था मन्त्रिपरिषद् पास गरेपछि नेकपाभित्र...

नारायणी उपक्षेत्रीय अस्पतालमा रहेका ७ जनाले जिते कोरोना

काठमाडौं, ११ जेठ-नारायणी उपक्षेत्रीय अस्पतालबाट आज आइतबार ७ जनाले कोरोना भाइरसलाई जितेर घर फर्किन सफल भएको स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मुक्ति पाएर डिस्चार्ज हुनेको संख्या ८७ जना पुगेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्