जोगवनी जाँदै गरेको कारबाट ४३ किलो गाजा बरामद, दुई जना इप्रका रानीको नियन्त्रणमा

 न्यूज विराट
जोगवनी जाँदै गरेको कारबाट ४३ किलो गाजा बरामद, दुई जना इप्रका रानीको नियन्त्रणमा

विराटनगर । विराटनगरबाट भारततर्फ जाँदै गरेको एउटा कारबाट लागुऔषध गाँजासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय रानी ले विराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाटबाट ४३ किलो गाँजासहित दुई जनालाई आज नियन्त्रणमा लिएको हो ।

विराटनगरबाट भारततर्फ जाँदै गरेको बा ८ च ७८८० नम्बरको कारलाई चेकजाँच गर्दा पछाडिको सिटमा लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट इन्सपेक्टर प्रकाश थापाको नेतृत्वमा खटिएको संयुक्त टोलीले बिहान ९ बजेतिर कारलाई नियन्त्रणमा लिएर खानतलासी गरेको हो । कारमा लागुऔषध ओसारपसार भइरहेको सूचना प्रहरीलाई आएको थियो ।

कारबाट गाँजा बरामद भएपछि चालक विराटनगर–१५ का ३२ वर्षीय गणेश चौधरी र कारमा सवार विराटनगर–१३ का २२ वर्षीय राजेश परियारलाई पक्राउ गरिएको डीएसपी बस्नेतले बताए । उनका अनुसार कार र गाँजासहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान सुरु गरिएको छ ।

पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । इन्सपेक्टर थापा नेतृत्वको टोलीले कानुनी कारबाहीको थप प्रक्रिया अघि बढाउने छ ।

सम्बन्धित समाचार

खुकुरी प्रहारबाट महिलाको मृत्यु, हत्यामा संग्लग्न पक्राउ

विराटनगर । सुनसरीको इटहरी उप–महानगरपालिका–१७ कि कमला तामाङको खुकुरी प्रहारबाट मृत्यु भएको छ । हिजो अपरान्ह ४ बजे इटहरी उप–महानगरपालिका–१७ मझौरा कि ३२ बर्षीया कमला तामाङलाई उनकै ज्वाई नाता पर्ने भोजपुर साल्पासिलिचोक ९ का ४९...

प्रचण्डलाई ओलीको जवाफ : एमसीसी हस्ताक्षरकर्ता तपाईं ‘राष्ट्रवादी’, म कसरी ‘राष्ट्रिय हित विरोधी’

काठमाडौं, १३ मंसिर-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रस्तावमा एमसीसी परियोजनामा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएको आरोपमा जवाफ दिएका छन् । उनले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा...

५७१ जनामा संक्रमण पुष्टि, नौ जनाको मृत्यु

सोमबार थप ५ सय ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको ९ हजार ६ सय ९७ नमूना परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् । यस्तै सो अवधिका नौ जना...

युक्रेनी राष्ट्रपतिसँग कुरा गरेको ९१ मिनेटमा नै सहयोग रोक्न निर्देशन

एजेन्सी, पुस ७–अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत जुलाइमा युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीसँग टेलिफोन संवाद गरेको ९१ मिनेटपछि नै राष्ट्रपति कार्यालय ह्वाइट हाउसले युक्रेनलाई दिइने सहायता रोक्का गर्न निर्देशन दिएको एउटा इमेलबाट खुलासा भएको छ। टेलिफोन...

किशोरी ‘बलात्कार’ प्रकरणमा अनुसन्धान गर्न सरकारलाई संसदको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको बैठकले किशोरी ‘बलात्कार’ प्रकरणमा शीघ्र अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देश गरेको छ । आजको बैठकमा कांग्रेस सांसद गगन थापाले हालै ८ वर्ष पुरानो यौनहिंसाको घटना सार्वजनिक भएको भन्दै तत्काल...

अछाममा आगलागी, दिदीभाइको मृत्यु

अछाम । अछाममा आगलागी हुँदा दुई जना बालबालिकाको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका वडा नं ६ को षोडशामा छानामा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो । स्थानीय दीपक बोहराको छोरी अन्दाजी ८ वर्षीया भावना...

आज काठमाडौंसहित देशभर ४२६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ३ असार-काठमाडौंका सहित देशका विभिन्न स्थानमा आज ४२६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ८८ महिला र ३३८ पुरुष...

प्रदेश १ मा परिक्षण घटेपछि संक्रमण दर पनि घट्यो, आज ४० संक्रमित थपिए

विराटनगर, १० पुस । पछिल्लो २४ घण्टामा प्रदेश १ मा आज ४१५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होमआईसोलेनबाट ३९९, इलाम अस्पताबाट ८, विराट मेडिकल कलेजबाट ६ र मेची अस्पतालबाट १ जना डिस्चार्ज भएका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्