एक लाखले अवलोकन गर्दै सकियो कृषि एक्स्पो , २०८२ मा फेरी भेट्ने बाचा

 न्यूज विराट
एक लाखले अवलोकन गर्दै सकियो कृषि एक्स्पो , २०८२ मा फेरी भेट्ने बाचा

विराटनगर । एक लाख बढीले अवलोकन गर्दै मोरङको कटहरी गाउँपालिका १ कृषी तथा फलफूल थोक बजारमा लागेको कृषी एक्स्पो सकिएको छ । चार दिने कृषी एक्स्पो आइतबार समापन भएको हो ।

कोशी र मधेश प्रदेका कृषक, कृषि कलेज, विभिन्न स्कूल तथा कलेजका विद्यार्थी लगायत अन्य सर्वसाधारणले एक्स्पो अवलोकन गरेको आयोजकले जनाएको छ ।
कृषि ज्ञान केन्द्र, स्थानीय तह तथा उद्योग वाणिज्य संघहरुबाट सिफारिश भई आएका ८०० कृषक, विद्यार्थीलगायतलाई दैनिक निःशुल्क खाना तथा ३०० जनालाई निःशुल्क आवाससमेत व्यवस्था गराएर एक्स्पोमा सहभागी गराएको आयोजकले जनाएको छ । एक्स्पोमा कृषि बजार प्रणाली र मूल्य श्रृंखला, कस्टम हायरिङको परिचय तथा प्रयोग र पशुपंक्षी कृषि विज्ञानका विषयमा प्रस्तुति गरिएको थियो ।
एक्स्पोमा आर्थिक मामिला तथा योजनामन्त्री राम रानामगरसहित विज्ञहरुबीच प्यानल छलफल भएको थियो । छलफलमा भारतीय विज्ञ डा.कञ्चन भौमिक, कृसेन्दु सिन्हा र डा.सुभाषिश बलले कृषिमा एजोला तथा ब्लुग्रीन एल्गीको उत्पादन र प्रयोग एंव जैविक मल तथा विषादी बनाउने र यसको प्रयोगबारे जानकारी गराएका थिए ।
एक्स्पोमा पूर्वाञ्चल विश्वविद्यालय र काठमाण्डौं विश्वविद्यालयले कृषि सम्वन्धी विषयमा काउन्सिलिङ पनि गरेका थिए । एक्स्पोमा नेपाल र भारतका गरी १३० वटा स्टल रहेका थिए । आयोजक नेपाल उद्योग वाणिज्य महासंघले आगामी वर्षमा थप परिमार्जनसहित एक्स्पो आयोजना गर्ने जनाएको छ ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग, कृषि तथा सहकारी मन्त्री प्रतापसिं हाङ्गामले किसानहरुलाई आधुनिक कृषियन्त्र, उपकरण र औजारहरुको बारेमा जानकारी दिन, उन्नत मल बिउ तथा खेतीको आधुनिक तरिका बारेमा जानकारीका हिसाबले पनि एक्स्पो महत्वपूर्ण रहेको बताए । प्रदेश सरकारले आगामी दिनमा यस प्रकारको एक्स्पोलाई प्राथमिकतामा राख्ने र किसानको उत्पादनलाई बजारीकरण गर्न सहयोग गर्ने मन्त्री हाङ्गामले बताए ।
उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.लेखराज दाहालले मन्त्रालयको नाम अनुसारकै काम कृषि एक्स्पो मार्फत भएको भन्दै खुसी व्यक्त गरे । उनले कृषिलाई औद्योगीकरण नगरेसम्म कृषिको विकास नहुने भन्दै प्रदेश सरकारले कृषिको औद्योगीकरणका लागि सहयोग गर्ने बताए । मन्त्रालय र मन्त्रालयमा रहेको सहज परियोजनाले निरन्तर यसमा काम गरिरहेको र यो एक्स्पोमा पनि सहज मार्फत मन्त्रालयको निरन्तर सहभागिता रहेको बताए ।
एक्स्पो आयोजक नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतले कृषि एक्स्पो उद्देश्यमा सफल भएको बताए । किसान, व्यवसायी र उद्योगीहरुलाई एकै छातामुनि ल्याएर प्रत्यक्ष अन्तरक्रिया गराउँदा कृषि उत्पादन प्रवद्र्धन गर्न र कृषिमा लगानी गर्दा प्रतिफल लिन सम्भव छ भन्ने स्पष्ट गर्न एक्स्पो सफल भएको बताए । पछिल्लो समय कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान निरन्तर घट्दै गएकोले यस क्षेत्रमा लगानी गरी योगदान बढाउने नीति सरकारले लिनुपर्ने उनले बताए । अहिले पनि कृषि आकर्षक लगानीको क्षेत्र बन्न नसकेको भन्दै सरकारले अझ धेरै पहल बढाउन जरुरी रहेको उनले बताए । पहिलोपटक कृषि एक्स्पो आयोजना गर्दा अनुभवको अभावका कारण कतिपय कमी भएको र अनुभवका आधारमा आगामी दिनमा अझ राम्रो गर्दै जाने अध्यक्ष राउतले बताए । ‘हामीसँग कृषिको मात्र एक्स्पो गर्न धेरै अनुभव थिएन, निकै मिहेनतले र सहयोगी हातहरु र हामीलाई उत्साहित गर्ने सबैको साथबाट अत्यन्त राम्रोसँग कृषि एक्स्पो सफल भएको छ ।’ अध्यक्ष राउतले कृषि एक्स्पो २०८२ का साथमा फेरि भेट हुने बाचा पनि गरेका छन् ।
कार्यक्रममा बोल्दै उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले कृषि एक्स्पो भव्य र सभ्य ढंगबाट सफल भएको बताए । ‘यो एक्स्पो निकै ठूलो आँटले आयोजना गर्नुभयो, सजिलो थिएन तर पनि यति धेरै राम्रोसँग र प्रभावकारी ढंगबाट एफएनसिसिआई कोशी प्रदेशले सम्पन्न गरेकोमा बधाइ भन्न चाहन्छु ।’
भारतबाट उत्पादन प्रदर्शनका लागि आएका कृषि उत्पादक तथा उद्योगी सन्तोष नायकले कृषिमा प्रयोग हुने स–साना औजारहरुको प्रदर्शन गर्ने कार्यक्रमबाट आफू प्रभावित भएको बताए । उनले च्याउ उत्पादन गर्दा बिहारको पूर्णियामा बजार नपाएपछि नेपालमा निर्यात गरेर आफ्नो व्यापार चलाएको स्मरण गर्दै यस प्रकारको एक्स्पोले किसानको उत्पादनले बजार पाउन तथा नयाँ सिप र प्रविधि अवलम्बन गर्न सहयोग पुग्ने विस्वास व्यक्त गरे । उनले कृषि उत्पादन निर्यात गर्न तथा औजार उपकरण आयात निर्यातमा कागजी प्रक्रियालाई छोट्याएर सहज बनाउन सुझाव दिए ।
नेपाली कृषि व्यवसायी तथा पूर्वसांसद चुमनारायण तवदारले सरकारले सिंचाइ, कृषिमा प्रयोग हुने बिजुली तथा अन्य सुविधामा थप सहजीकरण गर्नुपर्ने बताए । कृषिमा प्रयोग हुने बिजुली प्रतियुनिट ३ रुपैयाँ पर्ने भनिएपनि साँझ ५ बजेपछि ५ रुपैयाँ लाग्ने र बिल तिर्न जाँदा थप ३ रुपैयाँ लिने गरेको गुनासो गरे ।
कार्यक्रममा कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीलगायतले एक्स्पो र एक्स्पोका कारण कृषि थोक बजारलाई आगामी दिनमा फरक तरिकाले प्रभावकारी रुपमा सञ्चालन गर्न सकिन्छ भन्ने आधार बनाइदिएको बताए ।

सम्बन्धित समाचार

‘सुदर्शन–कपिला सिरपा’ नेवा खल : कास्कीलाई २ चैतमा प्रदान गरिदै, सांस्कृतिक स्मारिका समेत विमोचन हुने

विराटनगर । नेपाल भाषा तथा सांस्कृतिक संघ (झी पुचः) ले यस पटकको ‘सुदर्शन–कपिला सिरपा’ नेवा खलः कास्कीलाई प्रदान गर्ने भएको छ । विराटनगरस्थित होटल स्वागतमा चैत २ गते भव्य कार्यक्रम आयोजना गरी २ लाख रुपैयाँ...

विकास निर्माणको वातावरण मिलाउन महासङ्घको आग्रह

नेपाल निर्माण व्यवसायी महासङ्घले लकडाउनको समयमा सुरक्षा अपनाएर विकास निर्माणका काम गर्ने वातावरण मिलाउन सरकारलाई आग्रह गरेको छ । लकडाउनका कारण विकास निर्माण कार्य ठप्प हुन पुगेकाले यसका लागि चाहिने सम्पूर्ण सामग्री आपूर्ति भएका निर्माण...

एनआरएनएको महाधिवेशन स्थगित

काठमाडौँ, २५ असोज-गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को पूर्वनिर्धारित १०औँ महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ । एनआरएनएको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको आइतबार भएको भर्चुअल बैठकले २०२१ अक्टोबर २३ देखि २५ मा हुने भनिएको १०औँ अन्तर्राष्ट्रिय...

सुरक्षाकर्मी जोखिमकाबीच कर्तव्यपथमा, ५३ जनामा कोरोना संक्रमण

काठमाडौं, २६ जेठ-मुलुकमा कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि अग्रभागमा खटिने सुरक्षाकर्मी उच्च जोखिमका बीच कार्यस्थलमा खटिएका छन् । देशका विभिन्न भागमा ५३ सुरक्षाकर्मीमा विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड-१९ सङ्क्रमण देखिए पनि जोखिम मोलेरै उनीहरू कर्तव्यपालना...

मनमोहन विश्वविद्यालयको शिक्षालयमा ‘स्पोर्ट्स मिट’ सुरु

विराटनगर । मनमोहनप्राविधिकविश्वविद्यालयको आंगिकशिक्षालयमनमोहन स्मृतिपोलिटेक्निकमातीनदिने ‘स्र्पोट मिट’ सुरुभएको छ ।मोरङको बुढीगंगा गाउँपालिका १ हात्तीमुढा स्थित विश्विद्यालय परिसरमाआइतवारदेखीमनमोहन स्मृति‘स्र्पोट मिट’ २०८१ सुरु भएको हो ।आइतवार मनमोहनप्राविधिकविश्वविद्यालय संरक्षण समिति सदस्य सत्यनारायण चौधरीले उक्त्त‘स्र्पोट मिट’ को उदघाटन गरे...

अब विराटनगरमा निषेधाज्ञा उल्लंघन गर्नेमाथि मुद्धा चलाइने

विराटनगर, २३ वैशाख । गएपछि मोरङमा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्नेको संख्यामा कमी नआएपछि प्रहरी प्रशासनले थप कडाई गर्ने भएको छ । अब निषेधाज्ञा उल्लंघन गर्नेलाई मुद्धा चलाएर कारवाही गरिने भएको छ । प्रदेश १...

‘हाफ म्याराथन’ प्रतियोगितामा रावल र विष्ट प्रथम

विराटनगर । ‘विराट–बर्जु हाफ म्याराथन’ प्रतियोगितामा नेपाली सेनाका नरेन्द्र सिंह रावल प्रथम बनेका छन् ।म्याराथन धावक सिंहले निर्धारित मोरङ विराटनगरको विराट राजाको दरबारस्थल भेडियारीबाट सुनसरीको बर्जु तालसम्मको २३ किलोमिटर दूरी १ घण्टा १७ मिनेट २८...

कोशी प्रदेशसभाको बैठक कात्तिक १ गतेका लागि बोलाइयो, मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी

विराटनगर । कोशी प्रदेशसभाको बैठक कात्तिक १ गतेका लागि बोलाइएको छ । प्रदेशसभा सचिवालयले आज एक सूचना जारी गर्दै कात्तिक १ गते बुधवार दिनको ११ बजेका लागि बैठक बस्ने सूचना जारी गरेको हो । सोही...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्