विराटनगर । मोरङको कटहरी–१ स्थित कृषि थोक बजारमा कृषि एक्स्पो २०८१ सुरु भएको छ । बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की र संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले एक्स्पोको उद्घाटन गरेका हुन् । विराटनगरमा लाग्दै आएका विभिन्न व्यापार मेला भन्दा फरक कृषि एक्स्पो आधुनिक खेती प्रणालीका लागि प्रयोग हुने उपकरण औजारदेखि उन्नत प्रवृधिबाट उत्पादन भएका तरकारी, फलफूल तथा बीउबीजनको आकर्षणले भरिएको छ । कृषि थोक बजारको सुन्दर प्राङगणमा आकर्षक तवरले बनाइएको स्टलमा पहाडका खाद्य तथा नगदे बालीका स्टल रहेका छन् । तराईमा संस्थागत तवरले भईरहेको खेती प्रणालीदेखि पशुपालन व्यवसाय समेत झल्कने वस्तुहरु राखिएको छ । पहाड र हिमालमा उत्पादन हुने चीज, घ्यू, राडीपाखी, अल्लो कपडा, अलैंची र एभोकार्डो, काँक्राफर्सी, मह–अचारदेखि हुम्ला–जुम्लाको स्याउ र इलामको किबी जुस समेत मेलामा राखिएको छ । यसैगरी दशैं नजिकीएसँगै घरमा आवश्यक पर्ने दाल समेत मेलामा रहेका छन् । भोजपुरको खुकुरी र शहरका घरमा तरकारी खेतीका लागि आवश्यक पर्ने नयाँ प्रविधि समेत रहेको छ ।
कोशी प्रदेशको प्रादेशिक अर्थतन्त्रको एकतिहाई भन्दा बढि हिस्सा ओगट्ने कृषिजन्य उत्पादनको प्रवद्र्धन र विस्तारको सम्भावनालाई मध्यनजर गर्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले मेला आयोजना गरेको हो । उत्पादन वृद्धि , बजारीकरण, मूल्य अभिवृद्धिको विकास गरी रोजगारी सिर्जना हुने अपेक्षा एक्स्पोबाट पुरा हुने विश्वास राखिएको छ । कोशी प्रदेश , कोशी प्रदेश सरकार, उद्योग, कृषि तथा सहकारी मन्त्रालयल र नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रिय कार्यालयले प्रवद्र्धन गरेको यस एक्स्पोमा नवीनतम् औजार, यन्त्र तथा प्रविधि,कृषि उपज वस्तु, भेटनरी, अलैंची, डेरी लगायतको प्रदर्शनी रहेको छ भने कृषि विज्ञसंग छलफल तथा सेमिनार, नयां नयां अनुुुसन्धान र परियोजनाहरुको प्रस्तुती गर्ने कार्यक्रम छ ।
नेपालकै मुख्य कृषि उत्पादन क्षेत्र हो । नेपालबाट र्नियात हुने अलैची, चिया, अदुवा, अम्लिसो, तरकारीहरु, दुध, मासु, छुर्पि र जडिबुटीहरुको मुख्य उत्पादन क्षेत्र कोशी मानिन्छ । नेपालबाट बिदेश निर्यात हुने अलैची ९० प्रतिशत, चिया ९९ र अदुवा ३३ प्रतिशत भन्दा ठूलो हिस्सामा प्रदेशको योगदान रहेको छ । त्यसरीनै देशको खाद्यान्न आपूर्तिको मुख्य क्षेत्र पनि कोशी नै हो । प्रदेशले आफुलाई पुर्याएर बढि भएको तिन लाख मेट्रिक टन भन्दा बढी खाद्यान्न देशको अन्न भण्डारमा योगदान दिन्छ । कोशीबाट बेमौसमी तरकारी भारततर्फ र केरा लगायतका फलफुल काठमाण्डौ तथा अन्य सहरी क्षेत्रमा निर्यात हुने गरेको छ । मासु, दुध, चीज, छुर्पि जस्ता उत्पादनमा अगाडी छ । बंगुर पालनमा यो क्षेत्रको योगदान ३७ प्रतिशत रहेको छ ।
माछा, मासुको माग बढे संगै कुखुरा तथा माछा पालनमा आकर्षण बढ्दै गएको छ । देशमा रहेका कृषि उत्पादन प्रशोधन गर्ने धेरै उधोगहरु यो प्रदेशमा रहेका छन । जसमध्ये धान चामल, जुट, दुध प्रशोधन, चिया, पशुदाना, मैदा तथा फलफुल तरकारी प्रशोधन गर्ने उधोगहरु मुख्य रहेका छन ।
विराटनगर । कोशी प्रदेशका सभामुख बावुराम गौतम र विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालासहित ५४ जनाले मृत्युपश्चात अंग दान गर्ने घोषणा गरेका छन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र इष्टपोल मिडिया प्रालिको आयोजनामा विराटनगरमा...
विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा विराटनगरको ग्यालेक्सी र मोर्डन एरा स्कुल सेमिफाइनलमा पुगेका छन् । विराटनगरको सहिद मैदानमा शनिबार भएको पहिलो खेलमा ग्यालेक्सी स्कुलले एभरेष्टलाई १–० गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो...
काठमाडौं, २५ साउन-विदेशमन्त्री एस जयशंकरले भगवान गौतम बुद्धबारे दिएको गलत अभिव्यक्ति भारतले सच्याएको छ । नेपालमा जन्मिएका बुद्धका बारेमा अनर्गल बोलिएको भन्दै नेपाललगायत बौद्ध धर्मावलम्बीले समेत विरोध जनाए लगत्तै भारतले आफ्नो टिप्पणी सच्याएको हो ।...
विराटनगर, जेठ ७–प्रदेश १ बाट बुधबार थप ८ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा ५ भारतीय नागरिक र ३ जना उदयपुरको भुल्केका रहेका छन् । आज डिस्चार्ज हुनेहरु गत वैशाख ५ र ९ गते...
विराटनगर, २६ भदौ–प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय २१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४७, सुनसरीमा ४५, झापामा १४, संखुवासभामा १२, उदयपुरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक...
विराटनगर । नेपाल औषधी व्यवसायी संघको ५० औं स्थापना दिवसको अवसर पारेर औषधी व्यवसायी संघ मोरङ शाखाले सुरू गरेको सप्ताहव्यापी कार्यक्रम सकिएको छ । संघले विराटनगरमा आइतबार एक भव्य कार्यक्रम आयोजना गरी सप्ताहव्यापी कार्यक्रम समापन...
भोजपुरमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।पौवादुङ्मा गाउँपालिका –४ वास्तिमको कात्तिकेका ५४ वर्षीय बलबहादुर कार्कीको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । शनिबार बेलुका ८ बजे खेतबाट पराल बोकेर घरतर्फ...
विराटनगर । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा कोशी प्रदेश विजयी भएको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट...