प्याब्सन जिल्ला स्तरीय हिज्जे प्रतियोगिताको उपाधि स्कलर्स होम स्कुललाई

 न्यूज विराट
प्याब्सन जिल्ला स्तरीय हिज्जे प्रतियोगिताको उपाधि स्कलर्स होम स्कुललाई

विराटनगर । प्याब्सन मोरङ जिल्लास्तरीय हिज्जे प्रतियोगिताको उपाधि मोरङ सुन्दर हरैंचाको स्कलर्स होम स्कुलले जितेको छ । विराटनगरमा बुधबार सम्पन्न भएको प्रतियोगितामा ४१ वटा स्कुललाई पछि पार्दै स्कलर्सले उपाधि जितेको हो ।

उपाधिसँगै स्कलर्सले १५ हजार रुपैयाँको साथै मेडल,ट्रफी जित हात पारेको छ । यसैगरि प्रतियोगितामा पथरीको हाईल्याण्ड ईग्लिस बोर्डिङ स्कुलले दोश्रो र उर्लाबारीको सप्तकोशी सेकेण्डरी स्कुलले तेश्रो स्थान हासिल गरेको छ । प्रतियोगिताको दोश्रो र तेश्रो हुने विद्यालयले क्रमश १० हजार र ५ हजार नगद राशि सहित ट्रफी र मेडल प्राप्त गरेका छन् । यस्तै प्रतियोगितामा ३ विद्यालयले सान्त्वना स्थान हासिल गरेका छन । विराटनगरको एभरेष्ट ईंगलिश बोर्डिङ स्कुल,पथरीको एभरेष्ट स्कुल र सुन्दर हरैचाको ज्ञान ज्योति स्कुलले प्रतियोगितामा सान्त्वना स्थान हासिल गरेका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल,मोरङले आयोजना गरेको प्रतियोगितामा मोरङ जिल्लाका ४२ वटा विद्यालयले सहभागिता जनाएको आयोजक संस्थाका अध्यक्ष प्रेमलाल सिंह सुवालले जानकारी दिए । प्रतियोगितामा कक्षा ५ सम्मका विद्यार्थीले सहभागिता जनाएका थिए ।

विजयी हुने विद्यार्थीहरुलाई विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईराला,शिक्षा विकास तथा समन्वय ईकाई मोरङ प्रमुख टंक गौतम, प्याब्सनका केन्द्रीय उपाध्यक्ष राजेश कुमार दास,प्रदेश अध्यक्ष टिकाराम ढकाल,प्याब्सन मोरङका अध्यक्ष प्रेमलालसिंह सुवाल, सल्लाहकार,सावित्री पराजुली र शितला सुब्बा लगायतले पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।

सम्बन्धित समाचार

ब्राहमण महासभामा मिश्र, जातिय तथ्याङ्ग संकलन गरिने

विराटनगर । मैथिल ब्राहमणलाई एकिकृत गरेर हरेक समस्याको समाधान गर्ने उदेश्यले एकिकृत भएको ब्राहमण महासभाको मोरङ नयाँ कार्यसमिति चयन भएको छ ।दोस्रो अधिवेशनले मैथिल ब्राहमण महासभा नेपाल जिल्ला कार्यसमिति मोरङ मनोज कुमार मिश्रको संयोजकमा नयाँ...

एमसीसीबारे प्रचण्डले झिल्केमिल्के कुरा गरे:ईश्वर पाेखरेल

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीबारे दूर्भाग्यपूर्ण अभिव्यक्ति दिने गरेको बताएका छन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका वरिष्ठ उपाध्यक्ष पोखरेलले जनतालाई अलमल्याउने गरी एमसीसीबारे झिल्केमिल्के कुरा गरेर देशलाई...

भारतीय सीमामा सुराकी गर्न ‘रअ’ निकटको टुटु रेजिमेन्ट

एजेन्सी, असार १३-अक्टोबर २०१८ को कुरा हो, इस्टोनियाकी चर्चित गायिका यना कास्क भारत आएकी थिइन् । उनी आफ्नो एक म्युजिक भिडियो भारतमा शुटिङ गर्न चाहन्थिन् र यसका लागि उनले उत्तराखण्डको चकराता क्षेत्रलाई छानेकी थिइन् ।...

२७ जना तेक्वान्दो खेलाडीको बेल्ट ग्रेडिङ

विराटनगर । विराटनगर १३ मा रहेको पूर्वाञ्चल विद्या सदन वोर्डिङ स्कुलले २७ जना तेक्वान्दो खेलाडीको बेल्ट प्रमोसन ग्रेडिङ सम्पन्न भएको छ । स्कुल परिसरमा एक कार्यक्रम आयोजना गरि ग्रेडिङ सम्पन्न गरेको हो । उक्त कार्यक्रममै...

भिमबहादुर विश्वकर्माको हत्यारालाई कारबाही गर्न अनेरास्ववियुको माग

भरतपुरको दुर्गा मन्दिरमा पुजा गर्ने विषयमा भएको विवादमा मृत्यु भएका भीमबहादुर विश्वकर्मालाई न्याय दिन अनेरास्ववियुले माग गरेको छ । अनेरास्ववियु अध्यक्ष सुनिता बरालको हस्ताक्षरसहित जारी विज्ञप्तिमा सो घटनाका दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरिएको छ...

मोबाइल फोन इम्पोर्टर्स एसोसिएसनले ट्राफिकलाई दियो ८ हजार मास्क

मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन (एमपीआईए) ले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ८ हजार थान मास्क हस्तान्तरण गरेको छ । एसोसिएसनले कोभिड १९ को महामारी नियन्त्रण गर्ने सरकारको प्रयत्नलाई सहयोग गर्न उक्त सहयोग गरेको जनाएको छ ।...

कोरोना संक्रमितको उपचारका नेशनल ट्रेडिङको भवनमा ५० शैयाको अस्पताल निर्माण गरिँदै

विराटनगर, चैत ९–सम्भावित कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बचाउनका लागि प्रदेश १ सरकारले विराटनगरमा ५० शैयाको अस्पताल निर्माणको काम सुरु गरेको छ । सो भाइरसबाट संक्रमितको उपचारका लागि विराटनगर स्थित नेशनल ट्रेडिङको खाली भवनमा अस्पताल निर्माणका...

आजदेखि सप्तरीमा निषेधाज्ञा जारी

सप्तरी, २० साउन-सामुदायिकस्तरमा कोरोनाको सङ्क्रमण तीव्ररूपमा बढिरहेको भन्दै सप्तरी जिल्लाभरी स्थानीय प्रशासनले आजदेखि २६ साउनसम्म ६ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । जिल्ला सुरक्षा समितिको सोमबार बुसेको बैठकबाट सो निर्णय गरिएको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्