क्षयरोग संस्थाले गैरकानुनी रुपमा फार्मेशीमा लगाएको ताला नखोले आन्दोलन गर्ने एनसिडिएको चेतवनी, दियो २४ घण्टाको अल्टिमेटम

 न्यूज विराट
क्षयरोग संस्थाले गैरकानुनी रुपमा फार्मेशीमा लगाएको ताला नखोले आन्दोलन गर्ने एनसिडिएको चेतवनी, दियो २४ घण्टाको अल्टिमेटम

विराटनगर – नेपाल क्षयरोग निवारण संस्था मोरङले गैर कानुनी तरिकाले विराटनगर ७ हस्पिटल चोकमा रहेको मोनिका फार्मेशीमा लगाएको ताला २४ घण्टा भित्रमा नखोले आन्दोलन गर्ने औषधी व्यवसायीहरुले चेतवनी दिएको छ ।

नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङ शाखाले आइतबार एक विज्ञाप्ती जारी गर्दै फार्मेशीमा क्षयरोगले लगाएको ताला तत्काल नखोले सम्पूर्ण औषधी पसलहरु बन्द गरेर आन्दोलनमा उत्रिने चेतवनी दिएका हुन् ।

संघले यथास्रिघ तालाबन्दी खोली क्षतिपूर्ती समेत दिन माग गरेको छ । विज्ञाप्ती जारी भएको २४ घण्टा भित्रमा फार्मेशीमा लगाएको ताला नखोले आन्दोलनमा उत्रिन औषधी व्यवसायीहरु बाध्य हुने उनीहरुले बताएका छन् । ‘सम्बन्धित निकायले २४ घण्टा भित्र समस्या सामाधन नगरेमा आन्दोलनमा उत्रिन बाध्य हुनेछौ । सो बाट उत्पनन्न हुने प्ररिीसथतिको सम्पूर्ण जवाबदेही सम्बन्धीत नियका नै हुने व्यहोरा समेत अवगत गराउन चाहन्छौं,’ जारी विज्ञाप्तीमा उल्लेखछ ।
उच्च अदालत विराटनगरले गरेको फैसलालाई चुनौति दिनेगरी कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गामाथिको कब्जा कायम राखेको संस्थाले अस्पतालको स्वामित्वमा रहेको व्यवासियक भवनको सटर भाडा आफूलाई नदिएको भन्दै प्रितम मुखियाले सञ्चालन गरेको ‘मोनिका फार्मेशी’ मा भदौ १९ गते ताल्चा लगाइदिएको हो । उक्त फार्मेशी बन्द भएको आइतबार चार दिन भएको छ ।
क्षयरोग निवारणले प्रयोग गर्दै आएको ६ कठ्ठा ८ धुर जग्गा उच्च अदालत विराटनगरले २०७७ माघ २६ गते कोशी अस्पतालकोे स्वामित्वमा रहेको फैसला गरेको थियो । अदालतले जग्गा कोशी अस्पतालकै स्वामित्वमा रहेको फैसला सुनाएपछि अस्पताललाई आफ्नो स्वामित्वमा रहेको जग्गा प्रयोग गर्ने बाटो ६१ वर्षपछि खुलेको हो ।
अदालतको फैसलापछि कोशी अस्पतालका मेसु डा.रविराज सिंहले क्षयरोगले उठाउँदै आएको मोनिका फार्मेशीसहित ८ वटा सटर सञ्चालन गर्दै आएका सञ्चालकलाई सटर भाडा अस्पतालमा बुझाउन भदौ २ गते पत्रचार गरेका थिए । अस्पतालले हेमन्तकुमार श्रेष्ठले सञ्चालन गरेको श्रेष्ठ खाजा घर, फिरदोस अन्सारीले सञ्चालन गरेको मदिना होटेल खाजा घर, घनश्याम अधिकारीले सञ्चालन गरेको पशुपति किराना पसल, स्मृति देवले सञ्चालन गरेको पूर्वाञ्चल बायो मेडिकल सोलुसन, पार्वती ताजपुरियाले सञ्चालन गरेको खुश्बु खाजा घर, रहिम साँफीले सञ्चालन गरेको सहिम मोटर साइकल र घनश्याम अधिकारीले सञ्चालन गरेको न्यू बावा होटललाई सटर भाडा बापत बुझाउन पत्रचार गरेको थियो ।
प्रितम मुखियाले सञ्चालन गरेको मोनिका फार्मेशले भदौ ९ गते कोशी अस्पताललाई साउन महिनाको १२ हजार रुपैयाँ मासिक भाडा बुझाएको छ । कोशी अस्पताललाई भाडा बुझाएको १० दिनपछि भदौ १९ गते नेपाल क्षयरोग निवारण संस्था मोरङका कर्मचारी आएर फार्मेशीमा ताल्चा लगाइदिएको थियो ।

सम्बन्धित समाचार

नगर स्तरीय अंग्रेजी हिज्जे प्रतियोगिताको उपाधि मदरल्याण्डलाई

विराटनगर । विराटनगर महानगरपालिका स्तरीय अंग्रेजी हिज्जे प्रतियोगिताको उपाधि विराटनगरस्थित मदरल्याण्ड एकाडेमीले जितेको छ ।प्याब्सन विराटनगरले आयोजना गरेको नगर स्तरीय अंग्रेजी हिज्जे प्रतियोगितामा ३१ विद्यालयहरुलाई पछि पार्दै मदरल्याण्ड एकाडेमीले उपाधि जितेको हो । प्रतियोगिताको द्धितीय...

नेपालको नयाँ नक्सा अद्यावधिक गरी संघीय संसदको लोगो बनाइने

काठमाडौं, ११ जेठ-संघीय संसदको प्रतीकका रूपमा रहेको लोगो परिवर्तन गरिने भएको छ । राष्ट्रियसभाको कार्यव्यवस्था परामर्श समिति बैठकले लोगो परिवर्तन गर्ने निर्णय गरेको हो । सरकारले नेपालको अद्यावधिक नक्सा जारी गरेपछि संसदको लोगोमा प्रयोग भएको...

पत्रकार र शिक्षकबीचको मैत्रीपूर्ण खेल बराबरी

विराटनगर । प्याब्सन विराटनगरको आयोजनामा नेपाल पत्रकार महासंघ मोरङ र प्याब्सन विराटनगरबिच भएको एक दिवसीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता बराबरी भएको छ । सहिद मैदानमा शुक्रवार भएको खेलमा २–२ गोलको बराबरी भएको हो ।नेपाल पत्रकार महासंघ...

प्राधिकरणलाई टुक्र्याउने गरी ल्याइएका हवाई सेवा र नागरिक उड्डयन विधेयक पेस

काठमाडौं, ३१ वैशाख-हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउने गरी ल्याइएका दुइटा विधेयक छलफलका लागि संसदीय समितिमा पेस भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बुधबार राष्ट्रियसभाको बैठकमा ‘नेपाल हवाई...

सीमा विवाद टुंग्याउन आफ्नै नेतृत्वमा कार्यदल बनाउन सुजताको माग

काठमाडौं, २९ वैशाख-नेपाली कांग्रेसकी नेतृ सुजता कोइरालाले जारी सीमा विवाद टुंग्याउनको लागि आफ्नै नेतृत्वमा कार्यदलको माग गरेकी छन् । सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले यस्तो माग गरेकी हुन् । भारतले बंगलादेशको सीमानाका समस्या वार्ताबाट...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४४९ जना डिस्चार्ज, २५९ संक्रमित थपिए

विराटनगर, १७ कात्तिक–प्रदेश १ मा आज २५९ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ९२, मोरंगमा ८०, झापामा ६१, उदयपुर, ते¥हथुम, संखुवासभा, इलाम र ओखलढुङ्गामा २–२, धनकुटा, भोजपुर र ताप्लेजुङ १–१ र प्रदेश १ बाहिरका...

विराटनगरबाट सट्टाबाजी गर्ने तनी पक्राउ

विराटनगर, ३ कात्तिक–छिमेकी मुलुक भारतको युएइमा जारी इन्यियन प्रिमियर लिग (आईपीएल) मा सट्टाबाजी खेलाउने विराटनगरका तीन जना पक्राउ परेका छन् । आइपिएलमा अनलाइनमार्फत सट्टाबाजी खेलाएको आरोपमा मोरङ प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ...

लियो क्लबद्वारा स्वीटर वितरण

    बेलबारी । लियो क्लब अफ बेलबारीले विद्यालयका बालबालिकाहरुलाई न्यानो स्वीटरका साथै शैक्षिक सामग्री वितरण गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी बेलबारी–८ स्थित सुकुना आधारभुत विद्यालयका ४१ जना विद्यार्थीहरुलाई स्वीटर र शैक्षिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्