विराटनगर । महिला क्रिकेट खेलाडीहरुको आत्मबल बढाउने उद्देश्यले विराटनगरमा एक दिने कार्यशाला गोष्ठी आयोजना गरिएको छ ।
विराटनगरमा आज उक्त कार्यशाला गोष्ठी आयोजना गरेको हो । कार्यशाला गोष्ठीमा ४५ जना महिला क्रिकेट खेलाडी, प्रशिक्षक र उनीहरुका अभिभावकहरुको सहभागिता रहेको थियो । उनीहरुलाई क्रिकेट विथआउट बाउण्ड्रिजका हेड अनुगमन र मूल्याङ्कन प्रमुख युकेकी सरा बेगले प्रशिक्षण दिएकी थिइन् । उनी पिएचडी गर्न नेपाल आएकी हुन् । उनी महिला क्रिकेट क्षेत्रको विकास र लैंगिक समानतको पक्षमा अहिले रिसर्च गर्दै आएकी छिन् । उनको नेतृत्वमा अहिले कोशी र मधेश प्रदेशमा महिला खेलाडी उत्पादन गर्नुको साथै खेलकुद क्षेत्रबाट उनीहरुलाई आत्मबल बृद्धी गराउन लागि परेको नेपाल क्रिकेट फाउण्डेशनका मन्दिप साहले बताए ।
‘क्रिकेटको क्षेत्रबाट महिला खेलाडीहरुको सशक्तीकरण गराउनु उद्देश्यले पनि यो कार्यशाला गरिएको हो,’ उनले भने, ‘आगामी दिनमा कस्तो कार्यक्रमहरु गर्न सकिन्छ । त्यसको योजना बनाउन महिला क्रिकेट खेलाडी, प्रशिक्षक र उनीहरुका अभिभावकहरुलाई बोलाएर यो कार्यशाला गरिएको हो ।
विराटनगर । भ्यालेनटाईन डे अर्थात प्रेम दिवस यही फागुन २ गते विराटनगरमा हुने सविन राईको संगीतमय साँझको सम्पूर्ण तयारी पूरा भएको छ । विराटनगरका संगीत प्रेमीहरुको लागि अहिलेका युवा पुस्तामा निक्कै रुचाइएका गायक सविन राई...
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले केही नयाँ कार्यक्रम राखेर सन्तुलित तरीकाको आगमी आर्थिक वर्षको लागि बजेट आएको बताएका छन् । मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी वर्षका लागि बजेट प्रस्तुत...
विराटनगर । सुनसरीको इटहरीमा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल गठन भएको छ । इटहरीमा शुक्रबार भएको एक भेलाले राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल इटहरी उपमहानगरपालिकाको अध्यक्षमा सिर्जना बस्नेत (पराजुली) लाई चयन गरेको छ । समितिको उपाध्क्षमा समिक्षा...
विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले मोरङको जहदा गाउँपालिकाको एक विद्यालयलाई डेस्क÷बेन्च वितरण गरेको छ । बाल दिवसको अवसर पारेर डाउनटाउनले जहदास्थित श्री जनता बाल आधारभूत विद्यालयलाई डेस्क/बेन्च वितरण गरेको हो । विद्यार्थीको अध्ययनमा...
विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन इटहरी उपमहानगरपालिकाले खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । इटहरीमा बुधबार खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्तदान कार्यक्रममा ५२ पिन्ट रगत संकलन भएको राष्ट्रिय सौन्दर्यकर्मी यूनियन इटहरी उपमहानगरपालिकाकी...
विराटनगर । विराटनगर–७ सातघुम्तीस्थित कवाडी पसलमा आगलागी हुँदा ज्यान गुमाएका पीडित परिवार र घाइतेलाई विराटनगर महानगरपालिकाले राहत उपलब्ध गराउने भएको छ । महानगरपालिकाको विपद व्यवस्थापन कोषबाट खर्च हुनेगरी ज्यान गुमाएका परिवारलाई जनही एक–एक लाख रुपैयाँ...
विराटनगर । प्रेस सेन्टर नेपाल मोरङका सक्रिय पत्रकार नवीन कर्ण ‘हरिनारायण–विष्णुमाया श्रेष्ठ पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत भएका छन् । कर्णलाई झापाको अर्जुनधारा नगरपालिका–११ स्थित जंगबीर गुभाजू श्रेष्ठ प्रतिष्ठानले एक कार्यक्रमकाबीच पुरस्कृत गरेको हो । अर्जुनधाराको...
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नदीलाई विनास होइन विकासका लागि अगाडि वढाउनु अपरिहार्य रहेको बताएका छन् । केशलिया– वुढिखोला करिडोर निर्माणका लागि गरिएको विस्तृत अध्ययन प्रतिवेदन हस्तान्तरण कार्यक्रममा उनले यस क्षेत्र भएर वग्ने...