नगर स्तरीय अंग्रेजी हिज्जे प्रतियोगिताको उपाधि मदरल्याण्डलाई

 न्यूज विराट
नगर स्तरीय अंग्रेजी हिज्जे प्रतियोगिताको उपाधि मदरल्याण्डलाई

विराटनगर । विराटनगर महानगरपालिका स्तरीय अंग्रेजी हिज्जे प्रतियोगिताको उपाधि विराटनगरस्थित मदरल्याण्ड एकाडेमीले जितेको छ ।
प्याब्सन विराटनगरले आयोजना गरेको नगर स्तरीय अंग्रेजी हिज्जे प्रतियोगितामा ३१ विद्यालयहरुलाई पछि पार्दै मदरल्याण्ड एकाडेमीले उपाधि जितेको हो ।

प्रतियोगिताको द्धितीय ग्रिनल्याण्ड स्कुल, तृतीय स्टार बोर्डिङ स्कुल घोषित भयो । प्रतियोगिताको सान्तवना डिपिएस, एभरेष्ट, मोर्डन एरा, गौतम बुद्ध र दर्पण घोषित भएको छ । प्रतियोगितामा विराटनगरका ३२ वटा विद्यालयहरुको सहभागि रहेको कार्यक्रम संयोजक हिरा थापाले जानकारी दिए । प्रतियोगितामा प्रथम, द्धितीय , तृतीय र सान्तवना हुने ८ वटा विद्यालयहरु भदौ २६ गते हुने जिल्ला स्तरीय अंग्रेजी हिज्जे प्रतियोगिताको फाइनलमा भाग लिन पाउने प्याब्सन विराटनगर अध्यक्ष मोहन बुढाथोकीले जानकारी दिए ।

नगरस्तरीय प्रतियोगिताको प्रमुख अतिथि प्याब्सन मोरङका अध्यक्ष प्रेमलालसिंह सुवाल रहेका थिए । उनले विद्यार्थीहरुमा भएको प्रतिभा उजार गर्न प्याब्सनले यस्तो प्रतियोगिता प्रत्येक वर्ष गर्दै आएको बताए । नगर र स्थानीय तहहरुबाट छनौट भएर आएका विद्यालयले भदौ २६ गते हुने जिल्ला स्तरीय प्रतियोगितामा भाग लिन पाउने उनले बताए । कार्यक्रममा प्याब्सन मोरङका कोषाध्यक्ष विष्णु डंगोल, नगरका उपाध्यक्ष अर्जुन श्रेष्ठ, नगरका पुर्व अध्यक्ष इन्द्र राई, नगरका सचिब अशोक लामा, कोषाध्यक्ष नन्दलाल मण्डल रहेका छन् ।

सम्बन्धित समाचार

महामारीमा सुरक्षित व्यवसाय सञ्चालनसम्बन्धी पुस्तक सार्वजनिक

काठमाडौं, १ जेठ-राष्ट्रिय व्यावसायिक पहल (एनबिआई) ले श्रमिक कामदारको कार्यस्थलमा अवलम्बन गर्नुपर्ने सुरक्षा र सुरक्षित उपाय सम्बन्धमा ‘कोभिड-१९ का लागि आधारभूत व्यावसायिक पूर्वतयारी एवं सञ्चालन’ नामक पुस्तक सार्वजनिक गरेको छ । यहाँ आज आयोजित कार्यक्रममा...

नोबेलमा २ कोरोना संक्रमितको मृत्यु

विराटनगर, २३ असोज–विराटनगरस्थित नोबेल शिक्षण अस्पतामा उपचाररत दुई जना कोरोना सन्क्रमितको मृत्यु भएको छ । मोरङको रंगेली र सुनसरीको धरान घर भएका कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । नोबेलका प्रबन्धक नारायण दाहालका अनुसार मोरङको...

देशभर थपिए २७ सय कोरोना संक्रमित, निको हुने ६ लाख नाघे

काठमाडौं, १७ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ९८५ नमुनाको पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका...

अमेरिकी नाकाबन्दी सहेको क्युबाको यसरी भइरहेको छ प्रशंसा

एजेन्सी, बैशाख १४-क्युबाले २ साताभित्र विश्वका १९ देशमा मेडिकल टोली पठायो । अमेरिकाको नाकाबन्दीका बाबजुद क्युबा कोभिड–१९ विरुद्धको लडाइँमा महत्त्वपूर्ण भूमिका निभाइरहेको छ । क्युबाले इटाली, अंगोला, जमाइका, मेक्सिको र भेनेजुएलासमेत १९ देशमा आफ्नो मेडिकल...

अहिले चलिरहेका परीक्षाहरु रोकिँदैन: त्रिभूवन विश्वविद्यालय

काठमाडौं, २६ पुस । त्रिभुवन विश्वविद्यालयले अहिले चलिरहेका परीक्षाहरु नरोकिने बताएको छ । त्रिविका कार्यकारी सचिव सूर्य अधिकारीले हाल भइरहेको परीक्षा नरोकिने जानकारी दिए । ‘अहिले भइरहेको परीक्षा रोकिँदैन । स्नातक चौथो वर्ष लगायतको परीक्षा अन्तिम...

लगानी बोर्डबाट १ खर्ब ८५ अर्ब बढीका ७ परियोजना स्वीकृत

काठमाडौं, ६ असार-लगानी बोर्डले एक खर्ब ८५ अर्ब ४३ करोड बराबरका ७ वटा परियोजनाको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार सम्पन्न बोर्डको ४४औँ बैठकले ५ वटा जलविद्युत् परियोजना र २...

फागुन २ को संसद बैठक सार्न एमालेको आग्रह

काठमाडौं, माघ २७ । नेकपा (एमाले) ले प्रतिनिधिसभाको फागुन २ गते बोलाइएको बैठक सार्न आग्रह गरेको छ ।एमालेको प्रदेश १ मा फागुन १ र २ गते कार्यक्रम रहेकाले २ गतेको बैठक सार्न आग्रह गरेको हो...

आयोगले भन्यो : मानव अधिकार उल्लंघन भए/नभएको अनुसन्धान गर्छौं

काठमाडौं, १८ वैशाख-सत्तारूढ दल नेकपा सांसदहरू महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफूलाई अपहरण गरेको भन्दै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्