कोशी अस्पताललाई १ करोड बढीको स्वास्थ्य उपकरण हस्तान्तरण, अब आँखाको अल्ट्रासाउन्ड र जलबिन्दुको नशा जाँच हुने
शुक्रबार, १४ भदौ, २०८१,
न्यूज विराट
विराटनगर । विराटनगरस्थित कोशी अस्पताललाई एक करोड ६ लाख बढीको अत्याधुनिक नेत्ररोग चिकित्सा उपकरण सहयोगमा आएपछि आँखाको अल्ट्रासाउन्ड र जलबिन्दु भएका विरामीहरुको आँखाका नशा जाँचलगायतका सेवाहरु सुचारू भएको छ । तीन महिना अगाडीदेखि मोतियाबिन्दु लागेका विरामीको फेको प्रविधिबाट आँखाको शल्यक्रिया गर्दै कोशी अस्पतालमा अब आँखाको अल्ट्रासाउन्ड, पेसर नाप्ने, जलबिन्दुको नशा जाँच सुरु भएको हो । ओपीडि र ओटी कक्षहरुमा नेत्ररोग चिकित्सा उपकरण जापान सरकारको ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट (जीजीपी) को अनुदान सहयोग आएपछि कोशीबाट रेफर गरिनुपर्ने विरामीको संख्यामा कमी आउने कोशी अस्पतालको आँखा रोग विभागकी प्रमुख नेत्ररोग विशेषज्ञ डा.आस्मा केसीले बताइन् । कोशी अस्पतालमा फेको प्रविधिबाट मोतियाबिन्दुको शल्यक्रिया भएपनि आँखाको अल्ट्रासाउन्ड र जलबिन्दु भएका विरामीहरुको आँखाका नशा जाँच हुने गरेको थिएन । जीजीपिले अस्पताललाई ओपीडिमा प्रयोग हुने आँखाको प्रेसर नाप्ने उपकरण, आँखाको अटामेटिक रुपमा चस्मा जाँच गर्ने, आँखाको भिडियो एक्सरे गर्ने उपकरणहरु आएको हो । ‘मोतिया बिन्दु भएका विरामीको आँखा भित्र लेन्स हाल्ने गरिन्छ । आँखामा नाप लिन भिडियो एक्सरे गरिन्छ । आँखामा चोट भएको पनि हेर्न अल्ट्रासाउन्ड गरेर थाहा पाइन्छ । जलबिन्दु लागेका विरामीको आँखा जाँच पनि गरिन्छ । जसलाई मेडिकल भाषमा ‘पेरिम्याट्रि’ भन्ने गरिन्छ । पेरिम्याट्रिले जलबिन्धु भएको छ भने जाँच गर्न मिल्छ । आँखाको दृष्टी जाँच गर्ने उपकरणहरु आएको हो,’ डा. केसीले भनिन्, ‘आँखाको आधुनिक उपकरणहरु आएपछि उपचारमा सहज भएको छ ।’
कोशी अस्पताललाई जापान सरकारले शुक्रबार अत्याधुनिक नेत्ररोग चिकित्सा उपकरण हस्तान्तरण गरेको हो । नेपालस्थित जापानी राजदूतावासका डेपुटी चिफ अफ मिसन तामुरा ताकाहिरोको उपस्थितिमा सामान हस्तान्तरण गरिएको छ । कार्यक्रममा बोल्दै टमुराले परियोजनामा संलग्न सबैको प्रयासको लागि बधाई तथा प्रशंसा व्यक्त गरे । उनले यस परियोजनाले दृष्टिविहीन बिरामीको दैनिक जीवनमा आउने बाधा तथा मनोवैज्ञानिक चिन्ता तथा परिवारमा पर्ने आर्थिक बोझ कम गर्न सहयोग पुग्ने बताए । उनले अत्याधुनिक चिकित्सा उपकरण प्रयोग गरी आँखा रोगको समस्या समाधान गर्न अस्पतालले आफ्नो क्षमतामा उल्लेख्य सुधार गर्ने विश्वास पनि व्यक्त गरे । स्वास्थ्य उपकरण बुझदै कोशी अस्पतालका मेसु डा. रविराज सिंहले नेत्ररोग उपचारको लागि स्वास्थ्य उपकरणले विरामीको स्वास्थ्य जाँचमा ठूलो सहयोग पुग्ने बताए ।
कोशी अस्पतालमा मोतिया बिन्दुको फेको प्रविधिबाट शल्यक्रिया हुने गरेको छ । त्यसैगरी हातबाट गरिने शल्यक्रिया, आँखामा मासु पलाएको पनि शल्यक्रिया हुने गरेको छ । कोशीमा आँखा विभागमा ४० जनासम्म विरामी ओपीडिमा आउने गरेका छन् । हप्ताको तीन दिन सोमबार, मंगलबार र बिहीबार आँखाको अप्रेसन हुने गरेको छ । दैनिक ३ देखि ४ वटा अप्रेसन हुने गरेको छ । आँखा विभागमा डा. केसीसहित, नेत्ररोग विशेषज्ञ डा. निश्चल घिमिरे, डा. प्रविण कुमार यादब, सुष्मा सुब्बा, डा. प्राचि दुलाल र संजिवनी केसी रहेका छन् ।
विराटनगर । अन्तर विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगितामा विराटनगरस्थित पोखरीया स्कुलकी रागिनी न्यौपाने प्रथम भएकी छिन् । विराटनगरमा शनिबार भएको विराटनगर महानगरपालिका स्तरीय माध्यमिक तह कक्षा ९–१० अन्तर विद्यालय वक्तत्कला प्रतियोगितामा अन्य विद्यालयका प्रतियोगिहरुलाई पछि पार्दै...
विराटनगर, ३० असोज–प्रदेश १ सरकारले मोरङको ग्रामथानमा निर्माण गर्न लागेको जेष्ठ नागरिक ग्राम निर्माणबारे छलफल गरेको छ । ग्रामथानका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र सरोकारवालासँग सामाजिक विकास मन्त्रालयले भवन निर्माणबारे छलफल गरेको हो। सामाजिक विकास...
काठमाडौं, ३० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कहीँ नभएको जात्रा रामशाहपथमा भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेर बुधबार दिउँसो बालकोटस्थित निजी निवास फर्किएका अध्यक्ष ओलीले जनताको अधिकार खोसेर...
विराटनगर । ध्रुवतारा स्पोर्टिङ्ग क्लब झापा विराटनगरमा जारी तेस्रो मिल्स गोल्डकप फुबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुट मिल्सको खेलमैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा सहलेस यूवा क्लब सिराहालाई टाईब्रेकरमा ५–४ गोलले हराउँदै धु्रवतारा...
विराटनगर, २६ साउन । सुनसरी ईनरुवा नगरपालिका ४ पुर्व-पश्चिम राजमार्गमा पर्ने ईनरुवा बसपार्कबाट कारमा सवार ४ जनालाई लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सप्तरी हनुमाननगर कंकालिनी १४ का २० बर्षीय अमोद...
एजेन्सी, जेठ १०-तालिवानका उपनेता तथा हक्कानी नेटवर्कका प्रमुख सिराजुद्दिन हक्कानी कोरोना संक्रमित भएका छन् । उनीसहित अन्य तीन कमाण्डर कोरोना संक्रमित भएको बताइएको छ । कोरोना संक्रमण भएपछि सिराजुद्दिन हक्कानीलाई पाकिस्तानको रावलपिन्डीस्थित एक अस्पतालमा भर्ना...
प्रदेश नं– २ का प्रदेश प्रमुख डा. राजेश अहिराजले चैत ३० गते दिनको १ बजे प्रदेशसभाको पाँचो अधिवेशनको आह्वान गरेका छन् । मन्त्रिपरिषदले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख अहिराजद्वारा अधिवेशनको आह्वान भएको प्रदेश कार्यालयका सचिव...
नेकपा प्रचण्ड–नेपाल समूहका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । त्यस समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई पक्राउ गर्न शंखमूलस्थित निवासमा पुगेको प्रहरीको टोली र नेकपाका कार्यकर्ताबीच झडप हुँदा सादा पोशाकमा खटिएका महानगरीय अपराध महाशाखाका प्रहरी...