विराटनगर । विराटनगरका मुख्य राजमार्गमा सिटी सफारी निषेध गरेपछि सिटी सफारी चालकहरुले आन्दोलन सुरु गरेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले बिहीबारदेखि विराटनगरको मुख्य राजमार्गमा सिटी सफारी चलाउन निषेध गरेपछि उनीहरुले शुक्रबारदेखि आन्दोलन सुरु गरेका हुन् । उनीहरुले विराटनगरको बगरगाछी चोकमा भेला भएर केही बेर सडक अवरुद्ध गरेर विराटनगर महानगरपालिका घेराउ पनि गरेका छन् । कोशी राजमार्ग अन्तर्गत बरगाछी सडकखण्ड सिटी सफारी राखेर सडक अवरुद्ध गर्दै प्रदर्शनमा उत्रिएपछि केही बेर सडक आवगमन ठप्प भएको थियो । यसअघि सफारी चालकहरुले विराटनगर महानगरपालिका कार्यालय अगाडि समेत प्रदर्शन गरेका थिए । उनीहरुले मुख्य राजमार्गमा सिटीसफारी गुड्न पाउनुपर्ने माग राखेका छन् । सडकमा गुड्न प्रतिबन्ध लगाउनुभन्दा पनि व्यवस्थित बनाउनेतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताएका छन् । सिटी सफारीलाई व्यवस्थित र सवारी आवागमनलाई चुस्त दुरुस्त राख्नको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र महानगरपालिकासँगको सहकार्यमा नयाँ नियम लागू गर्दै अब यो नियम अगाडि बढाउन लागेको छ । त्यसको विरोधमा सफारी चालक आन्दोलित भएका हुन् । विराटनगरमा अहिले ८ हजार भन्दा बढी सिटी सफारी चल्दै आएका छन् । तर विराटनगर महानगरपालिकामा भने करिब दुई हजार सिटी सफारी दर्ता भएको उल्लेख गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक सुमन न्यौपानेका अनुसार भदौ १३ गतेदेखि विशेष योजनासहित सिटी सफारीमा नयाँ नियम लागू गरेको छ । कोशी राजमार्ग अन्तर्गत गुड्ने सिटी सफारी बिहीबारबाट पूर्ण रुपमा निषेध गरिएको न्यौपानेले जानकारी दिए । यसका लागि यस अघि नै विराटनगर महानगरपालिकाले माईकिङ्ग समेत गरिसकेको जनाइएको छ । सफारी संख्या दिनहुँ बढीरहेको र ट्राफिक व्यवस्थापनमा थप चुनौती थपिरहेकाले व्यवस्थित बनाउन यस्तो नियम लागू गरिएको मोरङ ट्राफिक प्रहरीले जनाएको छ । सिटी सफारीको लागि अब राजमार्ग वारिपारी गर्न केही निश्चित स्थान तोकिन्छ । ‘यसलाई प्रभावकारी कार्यान्वयन तर्फ हामी लाग्ने छौँ,’ ट्राफिक प्रमुख न्यौपाने भने । यसका साथै नयाँ नियम लागू भएपछि भने दर्ता नभएका सफारीलाई होल्डिङ सेन्टरमा राख्ने गरी तयारी महानगरपालिकाले गरेको छ ।
जनकपुर, पुस २५–धनुषामा पत्रकारमाथि कुटपिट भएको चार दिन बितिसक्दा पनि कारबाहीको प्रक्रिया अघि बढेको छैन । नगरपालिकाका कर्मचारीले मेयरकै अगाडी आधा दर्जन पत्रकारहरूलाई हातपात गर्दै कार्यालयको कम्पाउण्डसम्म लगेका थिए । प्रहरीले पहिलो दिन नै नगरपालिकाबाट...
ज्योति अधिकारी मोरङ क्षेत्र नं ६ (क) मा प्रदेश सभा सदस्य निर्वाचित हुनु अघि नै जीवन आचार्यले त्यस क्षेत्रको विकासका काममा समर्पित गराएका थिए । अघिल्लो पटक चुनाव हारेर पनि उनले यस क्षेत्रका लागि केन्द्रबाट...
विराटनगर, १८ माघ । झापाको कचनकवल गाउँपालिका–४ खुट्टामुनीस्थित नवनिर्मित सशस्त्रप्रहरी बल नेपालको बोर्डर आउट पोष्ट उद्घाटन भएको । एक कार्यक्रमकाबीच प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईल नवनिर्मित बिओपीको उद्घाटन गनुभएको छ । कार्यक्रममा प्रदेश...
विराटनगर । मेडिकल, इन्जिनियरिङ र आइटिको क्षेत्रमा अब्बल सावित भएको विराटनगरस्थित शिक्षादीप कलेजमा अध्ययन गर्ने विद्यार्थीको भिड लागेको छ । गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले शिक्षादीप कलेजले प्रत्येक वर्ष मेडिकल, इन्जिनियरिङ र आइटिको क्षेत्रमा विद्यार्थीहरूले...
विराटनगर, १ भदौ । विभिन्न सामाजिक कार्यहरु निरन्तर गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले वतावरण संरक्षणका लागि दोस्रो चरणमा पनि बृक्षारोपण गरेको छ । ‘आउने पुस्ताका लागि रुख रोपौँ’ भन्ने मुल नाराका साथ क्लबले...
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व हस्तान्तरण गर्नु बताएका छन् । मंगलवार विराटनगर विमानस्थलमा संचारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री थापाले पुस्तान्तरणका लागि सभापतिले नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका हुन् । यही...
विराटनगर । असुरक्षित गर्भपतन गराउने क्रमम झापाको एक जना महिलाको मृत्यु भएको छ । औषधि पसलले गर्भपतन गराउनका लागि दिएको औषधि सेवन गर्दा दमक नगरपालिका–४ की ४० वर्षीया कल्पना राईको मृत्यु भएको हो । मोरङको...
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । झापाको विर्तामोडमा सम्पन्न प्रदेश अधिवेशनबाट राउत निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृत पुनमकुमार गुप्ताले दिएको जानकारीअनुसार महासंघको उपाध्यक्षमा...