विराटनगरमा आज ३ बजे रथयात्रा निकालिँदै, यी ठाउँमा लिन्छ विश्राम

 न्यूज विराट
विराटनगरमा आज ३ बजे रथयात्रा निकालिँदै, यी ठाउँमा लिन्छ विश्राम

विराटनगर । विराटनगरमा आज राधाकृष्णको रथयात्रा निकालिँदैछ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट हरेक वर्ष विराटनगरमा निकालिने रथयात्रामा हजारौं सहभागी हुने गरेका छन् ।

१९८८ सालमा खटयात्राबाट प्रारम्भ भएको रथयात्रा २०२५ सालबाट रथयात्रा महोत्सवको रूपमा मनाउन थालिएको हो ।
राधाकृष्णको युगल जोडीसहितको ९३ औं संस्करणको रथयात्रा विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिरबाट निस्किएर बजार परिक्रमा गर्दै पुनः मन्दिरमा नै पुगेर समापन हुनेछ । राधाकृष्ण मन्दिर परिसरबाट निकालिने रथयात्रा तीनपैनी, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक, महेन्द्रचोक, धरान रोड, बरगाछी हुँदै पुनः मन्दिर परिसरमा पुगेर समापन हुनेछ ।

विगतभन्दा फरक र अझ भव्य रुपमा रथयात्रा निकाल्ने तयारी भइसकेको आयोजकले जनाएको छ । भक्तजनहरुलाई पूजाआजा गर्न सहज हुने गरी ४३ स्थानमा राधाकृष्णको रथलाई विश्राम गराउने निश्चित गरिएको छ । रथयात्रामा विराटनगर आसपासहित मोरङका विभिन्न स्थानका र भारतको विहारबाट पनि भक्तजन आउने गरेका छन् ।

यात्रामा चलाइने पेगोडा शैलीको रथको लम्बाइ २२ फिट, चौडाइ १४ र उचाइ १८ फिट छ । रथको अग्रभागबाट दायाँ र बायाँ फैलिएका ७५ फिट लम्बाइका लठ्ठा डोरी रहने छन् । ती डोरी तान्न भक्तजनहरुको तछाडमछाड हुने गरेको छ ।
रथयात्राका क्रममा कुनै अप्रिय घटना हुन नदिन र सुरक्षाका लागि ठूलो संख्यामा नेपाल तथा सशस्त्र प्रहरी परिचालन गर्ने तयारी छ । श्रीकृष्णले महाभारत लडाइँमा रथकै प्रयोग गरेकाले कृष्णको स्मरण रथयात्राले गराउने बताइन्छ ।

रथयात्रामा यस पटक ५ लाख बढी भक्तजनको सहभागिता हुने अपेक्षा गरेको श्रीराधाकृष्ण राथयात्रा समितिका अध्यक्ष कैलाश रेग्मीले बताए । विराटनगरको रथयात्रा भारतको जगनाथपुरीको रथयात्रापछिको दोस्रो ठूलो भएको उनले दावी गरे । भगवान राधाकृष्ण सवार रथयात्राको दर्शन गरेमा वा रथको डोरी छोएमा मात्रै पनि मनोकांक्षा पूरा हुने विश्वास रहेको उनको भनाइ छ ।

रथयात्रामा सुरक्षा योजनाका साथ ठूलो संख्यामा पोसाक र सादा पोसाकमा प्रहरी परिचालित गरिने मोरङ प्रहरीले जनाएको छ । भीडभाडमा चोरी, लुटपाट, पकेटमारजस्ता कार्य हुन नदिनका निम्ति सादा पोसाकमा पनि ठूलो संख्या प्रहरी परिचालन हुनेछन् ।

भीडभाडमा आउँदा बहुमूल्य गरगहना नलगाउन, बहुमूल्य वस्तु नल्याउन र स्वयं आफू पनि सचेत, चनाखो हुन प्रहरीले आग्रह गरेको छ । तीन वटै सुरक्षा निकायले रथयात्रालाई सुरक्षित र भयरहित बनाउन काम गर्ने मोरङ प्रहरीका उपरीक्षक नवराज कार्कीले बताएका छन् ।

सम्बन्धित समाचार

कक्षा १२ काे परीक्षा दसैँअघि नै हुने

काठमाडाैं, १६ भदौ-कक्षा १२ काे परीक्षा दसैँअगाडि नै सञ्चालन हुने भएकाे छ । विद्यार्थीको शैक्षिक सत्रलाई मध्यनजर गर्दै राष्ट्रिय परीक्षा बाेर्डले स्थगित परीक्षा सञ्चालन गर्ने तयारी गरेकाे हाे । कक्षा ११ र १२ हेर्ने परीक्षा...

चितवनमा प्रहरीद्वारा पत्रकारमाथि दुर्व्यवहार, महासंघको ध्यानाकर्षण

काठमाडौं, १५ वैशाख-नेपाल पत्रकार महासंघले समाचार संकलनका क्रममा चितवनमा प्रहरीद्वारा पत्रकारलाई गरिएको दुर्व्यवहार, पक्राउ तथा पत्रकारका सवारी साधन र सञ्चार सामग्री नियन्त्रणमा लिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । समाचार संकलनका लागि आज बिहान चितवनको...

कांग्रेस नेता घिमिरेको ठहरः सभापति देउवाले ठूलो राजनीतिक भुल गरे

काठमाडौँ, ९ जेठ । नेपाली कांग्रेसका नेता लक्ष्मण घिमिरेले पार्टी सभापति शेरबहादुर देउवाले निर्दलीय चरित्र बोकेर ठूलो राजनीतिक भुल गरेको बतउनुभएको छ । उहाँले विभाजन नै नभएको एमालेका सांसदको हस्ताक्षर बोकेर प्रधानमन्त्री हुन पाउँ भनेर...

सद्भाव, सहिष्णुता र मेलमिलाप सम्वद्र्धनमा बकर इदको योगदान महत्वपूर्ण : प्रधानमन्त्री ओली

काठमाडौं, १७ साउन-प्रधानमन्त्री केपी शर्मा ओलीले बकर-इद (इदुल जोहा) ले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवद्र्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्वद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने बताएका छन् ।  इस्लाम धर्मावलम्बीको...

मोरङको लेटाङबाट १ लाख ८८ हजार रुपैयाँसहित ७ जुवाडे पक्राउ

विराटनगर,  २ मंसिर-मोरङको लेटाङबाट मंगलबार जुवा खेल्दै गरेका सात जनालाई पहरीले पक्राउ गरेको छ । लेटाङ- ९ स्थित जाँतेमा स्वेताम मगरको घरमा छापामारेर प्रहरीले १ लाख ८८ हजार नगदसहित सात जनालाई जुवाको खालबाट पक्राउ गरेको...

गृहमन्त्रीमा बादल पुन: नियुक्त

नेकपा एमालेका नेता रामबहादुर थापा बादल गृहमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बादललाई गृहमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएसँगै बादल गृहमन्त्रीबाट पनि स्वत: पदमुक्त भएका थिए...

बालिकालाई काँस घारिमा बोलाएर बलात्कार

विराटनगर, ५ भदौ–मोरङको रतुवामाई नगरपालिकामा बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । रतुवामाई नगरपालिकाकी एक १४ वर्षिय बालिकालाई ललाई फकाई रतुवामाई–७ स्थित रतुवा खोल नजिकैको काँस घारिमा बोलाएर बलात्कार गरेको आरोपमा स्थानीय...

प्रहरी दिवसमा रक्तदान कार्यक्रम, ६८ जनाले गरे रक्तदान

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ६९ औं प्रहरी दिवसको अवसर पारेर रक्तादन कार्यक्रम आयोजना गरेको छ । विराटनगरको ट्राफिक चोकमा मंगलबार आयोजना गरेको रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान गरेको प्रहरीले जनाएको छ ।कोशी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्