बिकेभिए स्कुल पछाडी फोहरको डंगुर, उठाउन महानगरले देखाएन चासो

 न्यूज विराट
बिकेभिए स्कुल पछाडी फोहरको डंगुर, उठाउन महानगरले देखाएन चासो

विराटनगर । विराटनगर – ११ स्थित बिकेभिएम स्कुलदेखि दक्षिण पछाडी फोहर र दुर्गन्धित बनेको छ । बजार क्षेत्रका सडक तथा नालामा फालिएका फोहर सडेर दुर्गन्धमय बनेको हो ।

एक हप्ताभन्दा बढी दिनदेखि फोहर उठाउने चासो नदिदा सरुवा रोग फैलिने भन्दै यहाँका स्थानीय चिन्तित छन् । फोहर थुप्रिएर दुर्गन्ध भएको स्थानदेखि करिब एक सय मिटरको दुरीमा विराटनगर ११ नम्बरको वडा कार्यालय रहेको छ । कार्यालयकै आसपासमा फोहरको डंगुर हुँदा सेवा लिन जाने सेवाग्राही दुर्गन्ध र त्यसले पार्ने असरले प्रभावित भएका छन् ।
विराटनगर ११ का मणी दाहालले बिकेभिएम स्कुल पछाडी फालेको फोहरले दुर्गन्ध फैलिएको बताए । बाटो हिडन नसक्ने गरि दुर्गन्ध फैलिदा रोग थपिने चिन्ताले सताएको उनले बताए । ‘बाटोमा फोहरबाट आउने दुर्गन्धले सास फेर्न समेत गाह्रो रहेछ,’ उनले भने, ‘यो बाटो भएर मान्छे हिड्दा नाक–मुख थुनेर जानु परेको छ ।’

महानगरपालिकाले पनि फोहर व्यवस्थापन गर्न कुनै भूमिका नखेलेको स्थानीयको आरोप छ । ‘फोहरको डंगुर भइसक्यो । यहाँको फोहर उठदैन पनि । फोहर फाल्नेलाई कारवाही पनि हुदैन,’ उनले फोहरको थुप्रो देखाउँदै भने, ‘स्कुल जाँदा पनि केटाकेटी नाक थुनेर हिड्ने गरेका छन् । अहिले पनि उस्तै छ ।’ स्थानीय जनप्रतिनधी र महानगरपालिकालाई पटक–पटक फोहर हटाउन आग्रह गरे पनि सुनुवाई नभएको स्थानीयको गुनासो छ ।

फोहर नउठेर दुर्गन्ध फैलिदा जनस्वास्थ्यमा गम्भिर असर पर्ने कोशी अस्पतालका वरिष्ठ फिजिसियन डा. लक्ष्मीनारयण यादवले बताए । दुर्गन्ध र फोहरले झाडापखाला, टाइफाइड र मलेरिया, कालाजार लगायतका रोग लाग्नसक्ने उनले बताए । ‘भाइरसस या किटाणु बिभिन्न माध्यमबाट मानिसको शरिरमा प्रवेश गरेमा यी रोगहरु सर्छन्,’ उनले भने, ‘त्यसैले हामीले सरसफाइमा ध्यान दिन जरुरी छ ।’

फोहर व्यवस्थापनको लागि विराटनगरको तीन वटा संस्थाले ठेक्का लिएको छ । नेपाल फुलबारी, स्वास्थ्य र शाीन्तको लागि बातवरण नेपाल र सगरमाथा मल्टिपल सर्भिस प्रालिले ठेक्का लिएको हो । नेपाल फुलबारीले उत्तरी क्षेत्र विराटनगर १ देखि ५ नम्बर वडा र १९ गरि ६ वटाको फोहर उठाए बापत विराटनगर महानगरपालिकाले ८८ हजार रुपैयाँ भुक्तानी गर्दै आएको छ । त्यसैगरी स्वास्थ्य र शान्तिको लागि बातवरण नेपालले ६ देखि ११ नम्बर सम्म ५ वटा वडाको फोहर व्यवस्थापन गरे बापत महानगरपालिबाट मासिक १ रुपैयाँ लिने गरेको छ । ११ देखि १८ नम्बर वडा सगरमाथा मल्टिपल सर्भिसलाई महानगरपालिकाले ३ लाख रुपैयाँ भुक्तानी दिने गरेको छ । स्वास्थ्य र शान्तिको लागि वातवरण नेपालको कार्य क्षेत्रमा पर्ने वडा भित्र फोहरको डंगुर देखिएको हो । स्वास्थ्य र शान्तिको लागि वातवरण नेपालका संयोजक एकराज खनाल निजीमा जग्गामा फोहर फाल्ने गरेको बताए । ‘हामीले थुप्रै पटक यहाँको फोहर उठाइ सक्यौ । तर, कसले फाल्ने गर्छ । हामी पनि हैरानी भइसक्यौ,’ उनले भने, ‘ग्राहक नबनेकोले फोहर फालेको हुनसक्छ । हामी त्यो फोहरको व्यवस्थापन गर्नेछौं ।’ यता विराटनगरका महानगरपालिकाको सरसफाइ महाशाखा प्रमुख पुनम दाहालले जथाभावि फोहर फाल्नेलाई कारवाही हुने बताए । ‘दुर्गन्ध फैलिने गरि फालेको फोहर सम्झौता अनुसार ठेक्का लिएको कम्पनीले उठाउनेछ । तर, जथाभावी फोहर फाल्नेलाई महानगरपालिकाले ऐन र नियम अनुसार कारवाही गर्नेछ,’ उनले भने ।

सम्बन्धित समाचार

लोकतन्त्र स्थापनामा इस्लाम धर्मावलम्बीकाे योगदान महत्वपूर्ण : सभापति देउवा

काठमाडौं, १७ साउन-नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘बकर इद’ पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको उल्लेख गरेका छन् ।  इस्लाम धर्मावलम्बीको बकर इदका अवसरमा आज उनले सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा...

कोशी प्रदेशकी स्वास्थ्य मन्त्री निर्मला लिम्बुले दिइन् राजिनामा

विराटनगर । कोशी प्रदेशको स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बूले राजीनामा दिएकी छिन् । जनता समाजवादी पार्टी जसपाबाट मन्त्री भएकी लिम्बुले विराटनगरमा आज पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गरेकी हुन् । जसपाको प्रदेश समितिको बैठकले वर्तमान...

पौडेलको चियापानमा देउवा र शेखर, कार्यकर्ताको नाराबाजी

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोजना गरेको चियापान कार्यक्रममा सभापतिका  प्रत्याशी शेरबहादुर देउवा र शेखर काेइराला पुगेका छन् । पहिलो चरणको चुनावमा पहिलो र दोस्रो भएका देउवा र शेखर पौडेलको...

कटहरीमा बन्ने १५ मेक्ट्रिक टन क्षमताको कोल्ड स्टोरको शिलन्यास, दुई महिनाभित्रमा संचालन गर्ने तयारी

विराटनगर । मोरङको कटहरी गाउँपालिका – १ स्थित कटहरी फलफूल तथा तरकारी थोक बजारमा निमार्ण हुने १५ मेक्ट्रिक टन क्षमताको कोल्ड स्टोरको शिलन्यास भएको छ । दुई महिना भित्र निमार्ण सम्पन्न हुने गरि कोल्ड स्टोरको...

भारतमा कोरोनाबाट संक्रमितको संख्या १ लाख १२ हजार नाघ्यो

एजेन्सी, जेठ ८-गत २४ घण्टामा भारतमा ५ हजार ६०९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यसैसँगै भारतमा बिहीबारसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख १२ हजार ३५९ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ...

औषधीको दुरूपयोग रोक्न सबैको साथ सहयोगको खाँचो

विराटनगर । लागु तथा मनोद्धिपक औषधि चिकित्सकको प्रेसक्रिप्सन लिएर मात्र औषधी व्यवसायीहरुले विक्री वितरण गरिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । चिकित्सकको प्रेसक्रिप्सन विना लागु तथा मनोद्धिपक औषधि बिक्री वितरण गर्दा यसको दुरूपयोग बढेको कारणले सरोकारवालाहरूले...

लेखा परीक्षणमा विश्‍वसनियता आवश्‍यक : अर्थमन्त्री खतिवडा

काठमाडौं, २१ साउन-अर्थमन्त्री डा. युवराज खतिवडाले लेखा परीक्षणमा थप विश्‍वसनीयताको आवश्‍यक रहेको बताएका छन् । अडिटर्स एसोसिएसनको स्थापना दिवसका क्रममा आयजित कार्यक्रममा खतिवडाले लेखा मापदण्ड, रिपोर्टिङ प्रणाली र अन्तिम लेखापरीक्षणको विश्वसनीयतामा सरकारले ध्यान दिइरहेको बताए...

कोरोना संक्रमणबाट चार दिनभित्र विराटनगर महानगरका दुई कर्मचारीको मृत्यु

विराटनगर, २१ वैशाख । कोरोना संक्रमणबाट चार दिनको फरकमा विराटनगर महानगरपालिकामा कार्यरत दुईजना कर्मचारीको मृत्यु भएको छ । नगर प्रहरी हवल्दार सूर्यबहादुर घिमिरेको मृत्यु भएको चार दिन नबित्दै संक्रमणबाट अर्का कर्मचारीको पनि मृत्यु भएको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्