भारतीय कारबाट ७३ किलो गाजा बरामद, विराटनगरबाट तीन जना पक्राउ

 न्यूज विराट
भारतीय कारबाट ७३ किलो गाजा बरामद, विराटनगरबाट तीन जना पक्राउ

विराटनगर । इलका प्रहरी कार्याल रानी विराटनगरले भारतीय नम्बर प्लेटको कारबाट लागुऔषध गाँजा बरामद भएको छ ।

कारमा राखेर भारततर्फ लैजाँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका–१८ बाट बिहान २ः३० बजेतिर ७२ किलोग्राम गाँजा आइतबार बिहानका राति बरामद भएको हो ।
रानीबाट भेडियारीतर्फ जाँदै गरेको डब्लूबी १६ यू १०७१ नम्बरको कारलाई इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर प्रकाश थापा नेतृत्वको टोलीले आईसीपी सडकखण्डबाट नियन्त्रणमा लिएको थियो ।
प्रहरीले रोक्नासाथ कार ‘लक’ गरेर चालक फरार भएका थिए । कारलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा ठूलो परिमाणमा लागुऔषध गाँजा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । प्रहरीले तीन जनलाई पनि नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भारतको जोगवनीका ४० वर्षीय वैजनाथ रजक, १८ वर्षीय पप्पुकुमार रजक र आलोककुमार रजक रहेका छन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट तीनै जना गाँजा ‘रिसिभ’ गर्न आएको पत्ता लागेको छ । ‘प्रहरीलाई देख्नासाथ कार रोकेर ‘लक’ गर्दै चालक फरार भए । कारमा लोड गरेर ल्याइएको गाँजा ‘रिसिभ’ गर्न ३ जना भारतीय बसिरहेको पाइयो,’ एक प्रहरीले भने, ‘उनीहरुलाई तत्काल पक्राउ गरिएको छ । कार चालकको खोजी जारी छ ।’
तत्काल फेला नपरेको भए गाँजा भारत पुर्याउने योजना रहेको प्रहरीको भनाइ छ । नियन्त्रणमा लिइएको कारसहित बरामद भएको गाँजा र पक्राउ परेका ३ जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान अघि बढाइएको डीएसपी बस्नेतले बताए ।

सम्बन्धित समाचार

इटहरीको अम्बे सहकारीमा ४० करोड घोटला, अध्यक्ष फणीन्द्र मगर सहित पाँच जना पक्राउ

विराटनगर । सुनसरीको इटहरीमा रहेको अम्बे कोसी बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरूले निक्षेप गरेको करिब ४० करोड घोटला भएको पाइएको छ । बचत कर्ताहरुले निक्षेप गरेको रकम घोटला भएपछि अम्बे कोसी बचत तथा ऋण...

इतिहास रच्दै फर्किइन् तेक्वान्दोकी सजिना, विराटनगरमा सम्मान

विराटनगर । अन्तर्राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगितामा भाग लिन मलेसिया गएकी सजिना तामाङले दुई वटा पदक जितेकी छिन् ।मलेसियामा फागुन १७ देखि २० गतेसम्म भएको ‘ह¥याङ वाररिअर आईटीएफ तेक्वान्दो वल्र्ड च्याम्पियनसिप’ मा भोजपुरको षडानन्द नगरपालिका –...

विराटनगरमा रानी मिनी महोत्सव सुरू, पहिलो दिन स्थानीय कलाकारको दमदार प्रस्तुती

विराटनगर । विराटनगरको मिल्स एरियामा रानी मिनी महोत्सव सुरु भएको छ । मिल्स भेट्रान्स् क्बलको आयोजनामा विराटनगरमा आजबाट महोत्सव सुरु भएको हो । महोत्सवको उद्घाटन विराटनगर १५ का प्रकाशत साह र १६ का वडाअध्यक्ष उद्धव...

तयारी मदिरा पैठारीको बन्देज हट्यो

काठमाडाैं, २५ असोज-सरकारले तयारी मदिराको पैठारीमा लगाएको पूर्ण बन्देज हटाएको छ । २२ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले तयारी मदिरा पैठारीमा लगाएको पूर्ण बन्देज हटाएको सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।  २४ चैत २०७६ मा...

‘लक डाउन’ मा विराटनगरमा झडप

विराटनगर, चैत ११–नेपाल सरकारले कोरोना भाइरसको संक्रमणबाट नेपाली नागरिकलाई सुरक्षित बनाउन आज देखि लागू गरेको लकडाउनका क्रममा विराटनगरमा प्रहरी र स्थानीय बीच झडप भएको छ । विराटनगर गुद्रीबजार स्थित अतिआवाश्यक सेवा वाहेकका अन्य सवै सेवा...

भारतीय सेना प्रमुखको अभिव्यक्तिप्रती आपत्ति प्रकट

काठमाडौं, जेठ ४–संघीय संसद्अन्तर्गतको परराष्ट्र सम्बन्ध तथा श्रम समितिका सदस्यहरुले कालापानी र लिपुलेक अतिक्रमणबारे भारत सरकारले त्यहाँको सेना प्रमुखलाई बोल्न लगाएकामा आपत्ति प्रकट गरेका छन् । भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवानेको अभिव्यक्तिको नेपाल सरकारले...

महिलालाई स्वस्थ्य बनाउन सौन्दर्यकर्मीले गर्यो शिविर, ७५ जना महिलाले गराए स्वास्थ्य जाँच

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगर कमिटिले तिजको अवसर पारेर निःशुल्क भिआइए जाँच शिविर आयोजना गरेको छ । सौन्दर्यकर्मी युनियनले मोरङको कटहरी गाउँपालिका – ३ कटहरीको स्वास्थ्य चौकीमा मंगलबार पाठेघरको मुखको क्यान्सरको परीक्षणको...

यातायात कार्यालयले चालक अनुमतिपत्र वितरण नगर्ने

काठमाडौं, २० साउन-काठमाडौँ उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले आइतबारदेखि चालक अनुमतिपत्र वितरण कार्य रोकेका छन् । सेवाग्राहीको अत्यधिक भीडका कारण कार्यालयले तत्कालका लागि सेवा स्थगित गरेको जनाएका हुन् ।  कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सरकारले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्