ब्रिज इन्टरनेशनल कन्सलटेन्सीको शाखा कार्यालय विराटनगरमा
शनिबार, ०१ भदौ, २०८१,
न्यूज विराट
विराटनगर । ब्रिज इन्टरनेशनल कन्सलटेन्सीको शाखा कार्यालय विराटनगरमा संचालनमा आएको छ । विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरी उक्त ब्रिज इन्टरनेशनल कन्सलटेन्सी खुलेको हो ।
ब्रिज इन्टरनेशनलको उद्घाटन नेपाल शैक्षिक परामर्श संघ ईकानका अध्यक्ष शेषराज भट्टराईले गरे । यही महिना भित्रमा ब्रिज इन्टरनेशनल कन्सलटेन्सीकोे शाखा नेपालगन्ज, धुलाबारी र काठमाडौमा खुल्नेछ । अहिले देशभरीमा ब्रिज इन्टरनेशनल कन्सलटेन्सीको शाखा ११ वटा रहेको छ । विराटनगरमा खुलेको पालको छैठौं शाखा हो । विदेश जाने विद्यार्थीहरुलाई शैक्षिक परार्मश ब्रिज इन्टरनेशनल कन्सलटेन्सीले बिगत ९ वर्षदेखि दिदै आएको कार्यकारी अध्यक्ष भुवन गिरीले जानकारी दिए । अहिले ७ वटा देशमा विद्यार्थी अध्ययनको लागि पठाउँदै आएको उनले बताए ।
हाल अस्ट्रेलिया, न्युजिल्यान्ड, युके, डनेमार्क, अमेरिका, क्यानडालगायतको देशमा विद्यार्थी जाने गरेका छन् । ब्रिज इन्टरनेशनल कन्सलटेन्सीबाट जाने विद्यार्थीको रोजगारिको सुनिश्चितता गिरदै आएको छ । अहिलेसम्म ब्रिज इन्टरनेशनल कन्सलटेन्सीबाट १० हजार बढी विद्यार्थी विदेश अध्ययनको लागि पठाएको उनले बताए । बढि अस्ट्रेलिया, युके, क्यानडा जाने गरेका छन् । ‘यो बर्षमा ब्रिज इन्टरनेशनल कन्सलटेन्सीको देशभरीमा पाँच शाखा कार्यालयहरु खुलेको छ । बिद्यार्थी लाई हामी अतिरिक्त सुविधा दिने गरिएको छ । उनीहरुलाई पिकअपदेखि सम्पूर्ण सुविधा दिने गरेका छन् । ट्राभल्स काड देखि रोजगारिको लागि सहयोग गरिन्छ,’ उनले भने । कार्यक्रममा बोल्दै नेपाल शैक्षिक परामर्श संघ ईकानका अध्यक्ष शेषराज भट्टराईले विद्यार्थीलाई राम्रो शैक्षिक परार्मश दिनको लागि ब्रिज इन्टरनेशनल कन्सलटेन्सीको भूमिका ठूलो रहेको बताए । सहि तरिकाले परामर्श दिएर विद्यार्थीलाई अगाडी बढनुपर्ने उनले बताए । कार्यक्रममा हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, मेरील्याण्ड कलेजका प्रिन्पिसल लक्ष्मण ढकाल, शिक्षादीपक कलेजका व्यवस्थापन संकायका प्रमुख शैलेन्द्र सिवाकोटीलगायतको उपस्थिती रहेको थियो । सोही अवसरमा चर्चित गायक हिमाल सागरले आफ्नो चर्चित गीतहरु प्रस्तुत गरी सहभागि भएका विद्यार्थीहरुलाई मनोरञ्जन प्रदान गरे ।
एजेन्सी, साउन ३-विश्वमा कोरोना भाइरस संक्रमणका कारण ६ लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ । सो संगठनकाअनुसार शनिबार साँझसम्म विश्वभरीमा १ करोड ४२ लाख २८ हजार १८५...
काठमाडौं, २० कात्तिक-गत २४ घण्टामा नेपालमा ३ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १ हजार २ सय ९ महिला र १ हजार ८ सय ४२ पुरुष रहेका छन् । योसँगै संक्रमितको...
विराटनगर । कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्विकुमार राजभण्डारीलाई पाँच दिनभित्र उच्च अदालतमा आफँै उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश गरेको छ ।न्यायधीशद्वय सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको संयुक्त इजलासले बुधबार मन्त्री राजभण्डारी विरुद्ध...
काठमाडौं, १६ असार-निर्वाचन आयोगमा नेकपा एमाले पार्टी प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा दर्ता भएको आरोप लगाएका छन् । जारी स्थायी कमिटी बैठकमा बोल्दै सन्ध्या तिवारीको नाममा सोमबार नेकपा एमाले दर्ता भएपछि गौतमले सो आरोप लगाएका...
काठमाडौं, ३ असोज । संविधान दिवसका दिन सरकारले कोभिड–१९ का कारण ज्यान गुमाएका डीएसपीद्वय राजकुमार केसी र समीरचन्द्र खरेललाई वीरता पदक दिने घोषणा गरिएको छ । केसी र खरेलले गत जेठमा कोरोना संक्रमणका कारण नेपाल प्रहरी अस्पतालमा...
उदयपुर, १९ वैशाख-उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–१ मुर्कुचीस्थित जनता क्याम्सको क्वारेन्टाइनमा राखिएको १ युवकले गए राति श्रीमतीको सलले घाँटीमा बेरेर आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा सोही गाउँपालिका–७ गुराँसेका १९ वर्षीय सुमन विक रहेको रौतामाई गाउँपालिकाका...
काठमाडौं, ४ असार-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बन्दाबन्दीका अवधिमा मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०८ अन्तर्राष्ट्रिय उडान भएका बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत पर्यटन मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा...
लकडाउन उल्लंघन गर्ने २ सय ३४ वटा सवारीसाधनलाई मोरङमा नियन्त्रणमा लिइएको छ । उल्लंघन गर्ने २ जनासमेत नियन्त्रणमा परेका छन। मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार १ सय ८२ वटा मोटरसाइकल, १६...