अन्तराष्ट्रिय युवा दिवसको अवसरमा डिएभी स्कूलमा वक्तृत्वकला प्रतियोगिता

 न्यूज विराट
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा डिएभी स्कूलमा वक्तृत्वकला प्रतियोगिता

विराटनगर । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा विराटनगरको डिएभी स्कूलमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउन अन्तर्गत इन्ट्रयाक्ट क्लब डिएभी र डिपिएसको आयोजनामा सो प्रतियोगिता सम्पन्न भएको हो ।

‘माबाइल फोन आशिर्वाद वा श्राप ?’ भन्ने विषयमा विद्यार्थीहरुले तर्क गरेका थिए । प्रतियोगितामा डिएभी र डिपिएस स्कूलमा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाएका थिए ।
प्रतियोगितामा निर्णायकको रुपमा ५४ भन्दा बढी देशमा प्रस्तुती दिइसकेका मोटिभेसनल स्पीकर बैभव नाहटा रहेका थिए । कार्यक्रममा सहभागी सबै विद्यार्थी तथा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

शिक्षक, प्रिन्सिपल र निर्णायकहरुलाई मायाको चिनोस्वरुप एक/एक वटा विरुवा प्रदान गरिएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष मञ्जु अग्रवालले जानकारी दिइन् ।
कार्यक्रममा रोटरी क्लब अफ विराटनगर डाउनटाउनका पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको थियो ।

सो अवसरमा विद्यार्थीहरुले नटक समेत प्रस्तुत गरेका थिए । आमाबाबुलाई अशक्त भएपछि कसरी छोराछोरीले बृछा आश्रममा छाड्छन् भन्ने विषयमा प्रस्तुत गरिएकाृे नाटकले सवैको मन छोएको थियो ।

सम्बन्धित समाचार

विराटनगरमा ११ सहित प्रदेश १ मा २९ जनामा कोरोना संक्रमण

विराटनगर, २९ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २९ जनामा कोरोना संक्रमण भएको छ । ३८५ जनाको पीसीआर परीक्षण गर्दा २७ र १५१ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको सामाजिक विकास...

विराटनगरमा इन्टर स्कुल क्रिकेट टुर्नामेन्ट हुँदै, ८ वटा विद्यालयले भाग लिने

विराटनगर । विराटनगरमा इन्टर स्कुल क्रिकेट टुर्नामेन्ट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगरमा इन्टर स्कुल क्रिकेट टुर्नामेन्ट हुन लागेको हो । आयोजकले विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरी फागुन ११ देखि १८...

र्‍यापिड टेस्ट किट गडबडीबारे मन्त्रालयले निकाल्यो विज्ञप्ति

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट खरिद गरिएको र्‍यापिड टेस्ट किटको विषयमा विज्ञप्ति निकाल्दै विभिन्न सञ्चारमाध्ययममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको बताएको छ । बुधबार विज्ञ सल्लाहकार डा. खेमबहादुर कार्कीद्वारा जारी विज्ञप्तिमा र्‍यापिट टेस्ट किटका बारेमा सञ्चारमाध्यममा...

मोरङको रंगेलीबाट ३ सय केजी गाँजा बरामद, दुई जना पक्राउ

विराटनगर । प्रहरीले मोरङको रंगेलीबाट तीन सय केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । मोरङ प्रहरी र इलका प्रहरी कार्यालय रंगेलीले गाँजासहित दुई जनालाई आइतबार दिउँसो पक्राउ गरेको हो । प्रहरीले रंगेली नगरपालिका –...

सर्वोच्चमा अबदेखि मुद्दाको पेसी गोलाप्रथाबाट

काठमाडौं, २ मंसिर । सर्वोच्च अदालतमा मुद्दाको पेसी अबदेखि गाेलाप्रथाबाट ताेकिने भएको छ । आज बसेको सर्वोच्च अदालतको ‘फूलकोर्ट’ बैठकले नियमावली तथा निर्देशिका पारित गरेको हो । बैठकले सर्वोच्च अदालत नियमावली र गोला प्रणालीद्वारा पेसी...

रोटरी क्लबलाई सिद्धार्थ बैंकको सहयोग

विराटनगर । रोटरी क्लबअफ विराटनगर डाउनटाउनलाई सिद्धार्थ बैंकले सहयोग गरेको छ। बैकले एक कार्यक्रमकाबिच डाउनटाउनलाई ५ लाख ५५ हजार ५ सय ५५ रूपैयाँको चेक हस्तान्तरण गरेको हो । डाउनटाउनले सिद्धार्थले उपलब्ध गराएको रकम इक्राहीमा बन्दै...

भदौ १२ गतेदेखि मतदाता नामावली अद्यावधिक र दाबी विरोध प्रक्रिया सुरु हुने

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई ध्यान दिएर मतदाता नामावलीलाई अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया प्रारम्भ गर्ने भएको छ । अद्यावधिक कार्यक्रमअनुसार आउँदो भदौ १२ देखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिक (दाबी विरोधसमेत)को कार्यक्रम...

कोशी अस्पतालबाट फरार भएका कैदी एक हप्तापछि पक्राउ

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालबाट फरार भएका एक जना कैदी एक हप्तापछि पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–८ घर भएका २४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमदलाई फरार भएको एक हप्तापछि बुधबार प्रहरीले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्