युवा दिवसमा बुद्धिचाल प्रतियोगिता, बुढानिलकण्ठका आयुषले जिते उपाधि

 न्यूज विराट
युवा दिवसमा बुद्धिचाल प्रतियोगिता, बुढानिलकण्ठका आयुषले जिते उपाधि

विराटनगर । विराटनगर महानगर विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिताको उपाधि विराटनगरस्थित बुढानिलकण्ठ माध्यमिक अंग्रेजी विद्यालयका आयुष शर्माले जितेका छन् ।

विराट बुद्ध स्पोर्टिङ्ग क्लबले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सगरमाथा स्कुलमा सोमबार आयोजना गरेको प्रतिोगितामा २६ जना प्रतियोगिहरुलाई पछि पार्दै आयुषले उपाधि जितेको हो ।

प्रतियोगिताको द्धितीय पोखरिया माध्यमिक विद्यालयका आर्यन श्रेष्ठ, तृतीय सगरमाथा स्कुलका भानु गौतम र चौथो एजेलिया स्कुलका प्रज्ञान गुरागाईं घोषित भए ।

प्रतियोगितामा प्रथम हुनेले पाँच हजार एक सय, द्धितीयले ३ हजार ६ सय, तृतीयले २ हजार १ सय र चौथो हुनेले १ हजार १ सय रुपैयाँसहित मेडल तथा प्रमाणपत्र जिते । उक्त प्रतियोगितामा विराटनगर महानगरपालिका भित्रका ११ विद्यालयका २७ जना विद्यार्थीले भाग लिएको प्रतियोगिताका संयोजक तथा स्पोर्टिङ्ग क्लबका कार्यसमिति सदस्य ग्याल्जेन डुक्पा लामाले जानकारी दिए ।


प्रतियोगिताको उद्घाटन गर्दै कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण ( पर्शुराम ) बस्नेतले खेलकुदले युवाहरुमा राष्ट्रिय एकता तथा भावनाको विकास गरेर अगाडी बढनुपर्ने बताए । उनले खेलले युवाहरुमा सकरात्मक भावनाको तथा अनुशासनको विकासमा मुख्य भूमिका खेल्ने बताए । प्रदेश खेलकुद विकास बोर्डले छिट्टै प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता संचालन गर्ने उनको भनाई छ । स्पोर्टिङ्ग क्लबका अध्यक्ष रोहित कोइरालाले विद्यार्थीहरुको क्षमता अभिवृद्धीको लागि विद्यालयस्तरीय प्रतियोगितासँगै क्लबले अझ व्यापक ढंगले विभिन्न खेलको प्रतियोगिता गरेर अगाडी बढने बताए ।
सो प्रतियोगितामा प्राविधिक सहयोग नेपाल चेस फेडेरेशन पथरी शनिश्चरे र मुख्य प्रवर्द्धक कोशी प्रदेश खेलकुद विकास बोर्डले गरेको थियो ।

सम्बन्धित समाचार

‘सामाजिक सुरक्षा कोष मजदुर र प्रतिष्ठानबीच साझा दस्तावेज हो’

विराटनगर । सामाजिक सुरक्षा कोष मजदुर र प्रतिष्ठानबिच साझा दस्तावेज भएकाले यो कार्यान्यवयनमा सबै पक्ष जिम्मेवारीपूर्व लाग्नु पर्ने सुझाव सरोकारवालहरुले जोड दिएका छन् ।राष्ट्रिय समावेशी आयोग काठमाडौ र विराटनगर महानगरपालिकाद्वारा आज विराटनगरमा आयोजित नेपालमा श्रम...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बालबालिकाहरुसँग मनायो क्रिशमस डे

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बालबालिकाहरुसँग क्रिशमस डे मनाएको छ । २५ डिसेम्बरमा प्रत्येक वर्ष मनाइने क्रिशमस डे यस वर्ष क्लबले बालबालिकाहरुसँग मनाएको हो ।  रोटरी क्लबले एडप्ट गरेको विराटनगरस्थित शिव आधारभूत विद्यालयका...

बाँकेका पहिलो कोरोना संक्रमितको दोस्रो परीक्षण पनि पोजिटिभ

बाँके, ३० वैशाख-बाँकेको पहिलो कोरोना संक्रमित ब्यक्तिको दोस्रो परीक्षण पोजिटिभ देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–७ निवासी ६० वर्षीय कोरोना संक्रमित पुरुषको दोस्रो पटक गरिएको परीक्षणमा पनि पोजिटिभ भेटिएको भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा....

तीन ठाउँमा गन्न थालियो कांग्रेस उपसभापतिको मत

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा उपसभापति पदको मतगणना सुरु भएको छ । कांग्रेस केन्द्रीय कार्यालयमा उपसभापतिको मतगणना सुरु गरिएको हो । कांग्रेसको निर्वाचन समितिका अनुसार तीन ठाउँमा मत गणना सुरु भएको हो...

एक हप्तासम्म पनि पिसिआर रिपोर्ट नआएको गुनासो

विराटनगर, १६ भदौ–कोरोना परिक्षणका लागि स्वाव संकलन गरिएपनि झण्डै एक साता सम्म रिपोर्ट नआउने गरेको पाइएको छ । कोरोना संक्रमणको आशंकामा स्वाव संकलन गरिएका व्यक्तिहरुको परिक्षण रिपोर्ट आउन ढिलाई हुने गरेको मात्र नभई रिपोर्टनै गायब...

तेस्रो प्रयासमा गणेश उप्रेती प्रदेश संसद बन्न सफल

विराटनगर । मोरङको क्षेत्र नंः २(१) बाट नेकपा माओवादी केन्द्र प्रदेश १ का सचिव गणेश उप्रेती प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । उप्रेतीले १५ हजार ३३ मतले विजय भएका हुन् । उनका प्रतिस्पर्धि एमालेका...

कटहरीको सडक बनाउन माग राख्दै सडक अवरुद्ध, शुक्रबार दुई घण्टा गर्ने तयारी

विराटनगर । हुलाकी सडक अन्र्तगत मोरङको कटहरी खण्डको निमार्ण कार्य सुस्त भएपछि स्थानीय आन्दोलनमा उत्रिएका छन् । उक्त सडक निमार्ण कार्यमा ढिला सुस्ती भएको भन्दै नेपाली काँग्रेस कटहरी गाउँपालिकाको अगुवाइमा यहाँका स्थानीयले एक घण्टा सडक...

प्रदेश १ को हिउँदे अधिवेशन अन्त्य

विराटनगर, ५ वैशाख-प्रदेश १ को प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा समाभुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पठाएको हिउँदे अधिवेशन अन्त्यको पत्र पढेर सुनाएसँगै हिउँदे अधिवेशन अन्त्यको भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्