मानगढ खानेपानीको निर्वाचनमा ३ हजार ९६४ मत खस्यो, आज राती १० बजेबाट गणना सुरु हुने

 न्यूज विराट
मानगढ खानेपानीको निर्वाचनमा ३ हजार ९६४ मत खस्यो, आज राती १० बजेबाट गणना सुरु हुने

विराटनगर । विराटनगर–३ स्थित मानगढ खानेपानी उपभोक्ता समितिको नयाँ नेतृत्व चयनका लागि सम्पन्न पुनः निर्वाचनमा ३ हजार ९६४ मत खसेको छ। कुल ५ हजार ९९८ मतदाता रहेकोमा झण्डै ६६ प्रतिशतले मतदान गरेका छन्।

शनिबार बिहान सवा ७ बजेबाट सुरु भएको मतदान बेलुका ५ बजे सम्पन्न भएको थियो। मतदान सकिएलगत्तै मतपेटिका सुरक्षित स्थानमा राखिएको र राति १० बजेपछि मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ।

यसअघि २०८१ जेठ १९ गते सम्पन्न मतदान विवादित बनेपछि उच्च अदालत विराटनगरमा दुईवटा छुट्टाछुट्टै रिट दायर भएका थिए। दिव्यराज कट्टेलसहित तीन जनाले मतपेटिकामा खसेको मतलाई नै गणना गर्नुपर्ने माग गर्दै रिट दायर गरेका थिए। उता, टंकप्रसाद खतिवडासहित अन्य तीन जनाले पुनः मतदानको माग राख्दै अर्को रिट हालेका थिए।

उक्त विवादमा उच्च अदालत विराटनगरका न्यायाधीश द्वय ध्रुवराज नन्द र विष्णुप्रसाद अर्यालको संयुक्त इजलासले पुनः मतदान गर्न आदेश दिएको थियो । अदालतको आदेश अनुसार उम्मेदवार र मतदाता पुरानै रहने तर मतदान प्रक्रिया पुनः सुरु गर्नुपर्ने निर्णयसँगै शनिबार पुनः मतदान गरिएको हो ।

विराटनगर–१ पुष्पलाल चोकस्थित पूर्वाञ्चल विश्वविद्यालयको जनता क्याम्पसमा भएको मतदानमा लालमणि भट्टराई, रामबहादुर घिमिरे र दुर्गा चापागाईंको प्यानल चुनावी मैदानमा छन्। भट्टराई नेकपा एमालेको विनोद ढकाल पक्षबाट, घिमिरे एमाले संस्थापन समूहबाट र चापागाईं नेपाली कांग्रेसबाट उम्मेदवार बनेका हुन्। घिमिरेलाई माओवादी केन्द्रका केही नेताहरूको समेत समर्थन रहेको छ।

सम्बन्धित समाचार

प्रधानमन्त्री ओलीको पक्षमा जनकपुरमा पनि निस्कियो जुलुस

जनकपुर, २४ असार-केपी ओली सरकारको समर्थनमा जनकपुरधाममा जुलुस प्रदर्शन गरिएको छ । मोटरसाइकलमा सवार कार्यकर्ताले निकालेको जुलुसले नगर परिक्रमा गरेको थियो । 'पार्टी फुटाउन पाइँदैन, स्थिर सरकार ढाल्न पाइँदैन, नेकपा जिन्दावाद, ओली सरकार जिन्दावाद, राष्ट्रियता...

ऋषिकेसका पुर्व स्वकीयसचिव धरौटिमा रिहा

विराटनगर । सार्वजनिक लेखा समितिका सभापति तथा एमाले नेता ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल कुमार पोखरेललाई ५ लाख धरौटीमा छाड्ने मोरङ अदालतले आदेश दिएको छ ।मोरङ अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले ठगी आरोपमा पक्राउ परेका...

विश्वासको मतका लागि प्रस्ताव दर्ता, देउवालाई एमालेका कम्तीमा ८ सांसदको साथ आवश्यक

प्रधानमन्त्री शेरवहादुर देउवाले आजै विश्वासको मत लिने गरी संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता भएको छ । पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत लिएर देउवाले सरकारको आयु सुनिश्चित गर्न खोजेका हुन् । कांग्रेस संसदीय दलकी सचेतक...

कोशिमा न्यूनतम साझा कार्यक्रम सार्वजनिक

विराटनगर । कोशी प्रदेश सरकारलाई एमाले र काँग्रेसको संयुक्त कार्यदलले आफ्नो न्यूनतम साझा कार्यक्रम हस्तान्तरण गरेको छ । नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनको प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम बनाउन गठित कार्यदलले बुझाएको न्युनतम साझा...

मोरङमा श्रृंखलाबद्ध चोरीको घटना बढ्यो, सहकारीको सुरक्षा माग गदैै प्रजिअलाई ज्ञापनपत्र

विराटनगर । मोरङका सहकारी संस्थाहरुमा श्रृंखलाबद्ध रुपमा चोरी,तोडफोड,कर्मचारी माथी आक्रमण जस्ता अपराधिक गतिविधिहरु ब्ढेपछि शान्ति सुरक्षा कायम गरिनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका छन् । अपराधिक गतिविधि नियन्त्रण गरिनुपर्ने र दोषी पत्ता लगाई कार्वाहीको माग...

न्यूरोको ‘अनलाइन टिकटिङ्ग प्रणालीे’ सुरू, घरमै बसेर अनलाइनबाट टिकट काटन सकिने

विराटनगर । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशाल्टी अस्पतालले ‘अनलाइन टिकटिङ्ग प्रणालीे’ सेवा संचालनमा ल्याएको छ ।स्वास्थ्य प्रविधि सेवा प्रदायेक संस्था आईमर्क डिजीटल प्रालीको डाफें हेल्थ सेवा अन्तर्गत उक्त सेवा आइतबारदेखि संचालनमा ल्याएको हो । यस...

मन्त्री घिमिरेको स्वास्थ्य सुधार

विराटनगर, १८ भदौ–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । होम आईसोलेसनमा रहेका मन्त्री घिमिरेको स्वास्थ्यमा सुधार हुँदै गएको स्वकीय सचिवालयले जनाएको छ । सचिवालयले आज विज्ञप्ती प्रकाशित...

निर्वाचनबारे दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग

काठमाडौं, ४ माघ-निर्वाचन आयोगले राजनीतिक दलहरूलाई छलफलका लागि बोलाएको छ । आयोगले निर्वाचन, मतदाता नामावली, मतदान स्थल र केन्द्रका विषयमा राजनीतिक दलहरूसँग छलफल गर्न लागेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । छलफलका लागि आयोगले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्