विराटनगरमा मनाइयो युवा दिवस, रोजगारी र उत्पादनमूलक क्षेत्र निर्माण गर्न जोड

 न्यूज विराट
विराटनगरमा मनाइयो युवा दिवस, रोजगारी र उत्पादनमूलक क्षेत्र निर्माण गर्न जोड

विराटनगर । अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर युवा विधार्थीहरुलाई युवा रोजगार र दुव्र्यसनी सम्वन्धी अन्र्तक्रिया आयोजना गरेको छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) कोशी युवा प्रदेश कमिटीको आयोजनामा विराटनगरमा सोमबार युवा विधार्थीहरुलाई युवा रोजगार र दुव्र्यसनी सम्वन्धी अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा विराटनगरका निजी तथा सामुदायिक गरी २० वटा विद्यालयका १२० जना युवा विधार्थीहरूको सहमागिता रहेको जिफन्ट कोशी युवा कमिटीकी अध्यक्ष भली सुब्बाले जानकारी दिइन् । पछिल्लो समय युवाहरु दुव्र्यसनमा पर्ने गरेको कारणहरुले उनीहरुलाई सचेत गराउँदै कुलतमा लाग्न नदिन यस्तो कार्यक्रम गरेको उनले बताइन् । राज्यले युवाका लागि रोजगारी र उत्पादनमूलक क्षेत्र निर्माण गर्नुपर्नेमा अध्यक्ष सुब्बाले जोड दिइन् ।


कार्यक्रमको प्रमुख अतिथी जिफन्ट कोशी प्रदेश अध्यक्ष किशोर धमलाले दिवस सफल बनाउन स्वदेशमै युवाका लागि रोजगारी र उत्पादनमूलक क्षेत्र निर्माण गर्न सक्नुपर्ने बताए । उनले देशका युवाहरू नेपालमै बस्ने योग्य बनाउने खालको नीति निमार्ण गरेर स्वरोजगार बनाउनुपर्नेमा जोड दिए । अध्यक्ष धमलाले युवालाई रोजगारी सिर्जना गर्नेकुरामा बहस गर्नुपर्ने बताए ।


कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी निरीक्षक तोरण परियार, लागुऔषध विरुद्धका अभियान्ता संजिप चापागाई, युवा अभियान्ता वसन्त अधिकारी, उद्योेग संगठन मोरङका प्रतिनिधी चुडामणी भट्टराइ, राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल कोशी प्रदेशकी अध्यक्ष कला डाँगी, युवा स्वरोजगार विक्रम कुमार शाह, रवि गुप्तालागयतको उपस्थिती रहेको थियो ।
अभियान्ता संजिव चापागाई र वसन्त अधिकारीले आफ्ना अनुभव प्रस्तुत गरेका थिए भने रोजगारी सम्वन्धी उद्योग संगठनका प्रतिनिधि चुडामणी भट्टराईले जानकारी गराए । प्रहरी निरिक्षक तरुण परियारले कानुन सम्वन्धी कुरा बताए । कार्यक्रममा दश जना विद्यार्थी र शिक्षकहरुले प्रश्न तथा सुझाब राखेका थिए । उक्त कार्यक्रमको संचालन जिफन्ट कोशी प्रदेश उपसचिव हरी अधिकारीले गरेका थिए ।

सम्बन्धित समाचार

नेपालले चिनियाँ ताइपेईलाई २-० ले हरायो

काठमाडौं, जेठ २१ । नेपालले एसियाली विश्वकप छनोटअन्तर्गत समूह ‘बी’ मा चिनियाँ ताइपेईमाथि २–० को जित निकालेको छ । जितसँगै नेपालले एसिया कप छनोट समीकरणमा आफ्नो बलियो चुनौती पेस गरेको छ । यो जितपछि आफ्नो समूहको...

प्रदेश प्रमुखद्धारा कोशी प्रदेशमा सरकार गठनको आव्हान, असार २१ गतेसम्म समय

विराटनगर । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आव्हान गरेका छन् । आइतबार साझ उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अन्तगत दुई वा दुई भन्दा बढी दलको नेतृत्वमा सरकार गठनको आव्हान...

माओवादीको अभियानअन्तर्गत विराटनगरमा निःशुल्क आँखा शिविर, तीन सय बढीको आँखा जाँच

विराटनगर । नेकपा माओवादी केन्द्रले विराटनगरमा शनिबार बिहान निःशुल्क निःशुल्क आँखा जाँच शिविर आयोजना गरेको छ। तीनमहिने जनतासँग माओवादी विशेष रूपान्तरण अभियानअन्तर्गत विराटनगर ४ खारजीमा निःशुल्क आँखा शिविर आयोजना गरिएको हो। माओवादी विराटनगर महानगर ४...

मोरङ ५ का एकसय परिवारलाई राहात

गोपाल पोखरेल,विराटनगर ३१ बैशाख , मोरङ क्षेत्र न. ५ का एकसय एक परिवारलाई पुग्ने राहात सामाग्री समाजसेवी मनिस गु?ङले कांग्रेसका लोकप्रीय केन्द्रिय सदस्य अमृृत अर्याल लाई हस्तान्त्रण गर्नुभएको छ । सो सामाग्री आज हस्तान्त्रण गरिएको...

खोपको शीघ्र उपलब्धता सुनिश्चित गर्न गृहकार्य हुँदै छः प्रधानमन्त्री

काठमाडौं, २५ मंसिर-प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को खोपको शीघ्र उपलब्धता सुनिश्चित गर्न र सबै नागरिकको पहुँचमा पुर्‍याउन नेपाल सरकारले आवश्यक गृहकार्य गरिरहेको बताएका छन् । विश्व मानवअधिकार दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले ‘समृद्ध...

राष्ट्रियसभा चुनाव : मधेस प्रदेशमा ६ जनाले हालेनन् भोट

जनकपुरधाम । राष्ट्रियसभा निर्वाचनअन्तर्गत आज भएको मतदानमा मधेस प्रदेशमा ९८ प्रतिशत मत खसेको छ । सांसद, स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ३७२ मतदातामध्ये ३६६ जनाले मतदान गरेका छन् । राष्ट्रियसभा निर्वाचन मधेस प्रदेशका प्रमुख...

विराटनगरको उपमेयर उम्मेदवार कार्कीविरुद्धको उजुरीमा छानबिन थालियो

विराटनगर, १४ वैशाख ।नेकपा एमालेबाट विराटनगर महानगरपालिकामा उपमेयर पदकी उम्मेदवार शिल्पा कार्कीविरुद्ध परेको उजुरीमाथि छानबिन सुरु भएको छ । उजुरीमा निर्वाचन अधिकृतको कार्यालयले छानबिन थालेको हो । उपमेयर उम्मेदवार कार्कीसहित पाँचजना उमेदवारविरुद्ध उजुरी परेको मुख्य...

तेस्रो संक्रमित कतारबाट आएर होटलमा बसेका थिए : मन्त्री ढकाल

आज कोरोना भाइरस संक्रमित भेटिएका व्यक्ति कतारबाट नेपाल आएको पाइएको छ। उनले कतारबाट नेपाल आएर काठमाडौंको एक होटलमा बसेका स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बताए । उनी धादिङ निवास ३२ वर्षीय पुरुष रहेको पनि उनले बताए...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्