कोशी अस्पतालमा दुई सिफ्ट ओपीडि संचालन, साढे ३ बजेसम्म चिकित्सक बस्नुपर्ने नियम लागू

 न्यूज विराट
कोशी अस्पतालमा दुई सिफ्ट ओपीडि संचालन, साढे ३ बजेसम्म चिकित्सक बस्नुपर्ने नियम लागू

विराटनगर । कोशी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीमा दुई सिफ्टमा बहिरङ्ग (ओपिडी) संचालन सुरु भएको छ ।
स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयको परिपत्र आएपछि मंगलबारदेखि कोशी अस्पतालमा दुई सिफ्टमा ओपीडि सेवा संचालनमा ल्याएको हो ।
दुई सिफ्टमा ओपीडि सुरु भएपछि साढे ३ बजेसम्म चिकित्सक अनिवार्य बस्नुपर्ने नियम लागू भएको छ । यसअघि दुई बजेसम्म मात्र चिकित्सकले ओपीडिमा विरामी हर्ने गरेका थिए । जसले गर्दा ओपीडिमा आएका विरामीले ल्याब रिर्पोट देखाउने बेलामा चिकित्सक भेटिदैन थिए । रिपोर्ट देखाउन भोलीपल्ट आउनुपर्ने बाध्यता विरामीमा थियो । दोस्रो सिफ्ट पनि संचालन भएपछि विरामीले ओपीडि काटेको दिन रिर्पोट देखाउन पाउने भएका छन् ।
मन्त्रालयको परिपत्र आएपछि दुई सिफ्टमा ओपीडि सेवा सुरु भएको कोशी अस्पतालका मेसु डा. रविराज सिंहले बताए । ओपीडि टिकट काटनको लागि विहान ८ बजेदेखि दिउँसो १ बजेसम्म समय रहेको मेसु सिंहले बताए । ‘पहिलो सिफ्टमा ओपीडिमा विरामी जाँच्ने समय विहान ९ बजेदेखि दिउँसो १ बजेसम्म हुनेछ । दोस्रो सिफ्टमा ओपीडिमा विरामी जाँचने समय दिउँसो १ बजेदेखि साढे ३ बजेसम्म हुनेछ,’ मेसु सिंहले भने, ‘तेही अनुसार विभागीय प्रमुखहरुलाई जिम्मेवारी दिएर व्यवस्थापन पनि गरिएको छ ।’ कोशी अस्पतालमा एक दर्जन बढी विभाग रहेको छ । कुनै विभागमा एक जना मात्रै चिकित्सक रहेको छ । जसमा दुई सिफ्टमा ओपीडि संचालनमा समस्या हुने बुझिएको छ । कोशी अस्पतालको क्यान्सर र न्यूरो सर्जरी विभागमा एक जना मात्रै विशेषज्ञ चिकित्सक रहेका छन् । उक्त विभागमा दुई सिफ्टमा ओपीडि संचालन गर्न समस्या हुने चिकित्सकहरु बताउछन् । तर, मेसु भने थप जनशक्तिको माग गरेर भएपछि केन्द्रको परिपत्रलाई कार्यन्वयनमा लैजाने पक्षमा रहेका छन् । ‘जनशत्ति अभाव भएको ठाउँमा केन्द्रसँग जनशक्ति माग गर्नेछौं,’ मेसु सिंहले भने, ‘सचालनमा आएको दुई सिफ्ट ओपीडिलाई थप व्यवस्थित गरेर लैजान्छौं ।’

सम्बन्धित समाचार

फेवातालमा एक जनाको शव भेटियो

पोखरा, २८ वैशाख-पोखराको फेवातालमा एक पुरुषको शव फेला परेको छ । आइतबार पोखरा–१८ सराङकोटका ४० वर्षीय राजु बास्तोला मृत भेटिएको वडा प्रहरी कार्यालय बैदामका डीएसपी यादब ढकालले जानकारी दिए । स्थानीयले हल्लनचोकको सामुदायिक प्रहरी केन्द्र...

७७ जिल्लामै फैलियो कोरोना

काठमाडौं, १३ असार-नेपालका ७७ जिल्लामा कोरोना भाइरस संक्रमण फैलिएको छ । अहिलेसम्म बाँकी रहेको जिल्ला रसुवामा आज ९ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले राष्ट्रिय जनस्वास्थ्य...

सांसदलाई पुग्यो कोरोना किट, जनताले अझै पाएनन्

काठमाडौं, २६ वैशाख-नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या १ सय १ पुगेको छ । यो क्रम बढ्दो छ । सरकार कोरोना परीक्षणको दर बढाउनुको साटो झन् ढिलाइ गरिरहेको छ । कोरोना परीक्षणको किटको अभावका...

रुस्लान भोड्का ५० बर्षमा , बोतलमा नयाँ डिजाईन

विराटनगर । जाउलाखेल ग्रुपले सन् १९७३ बाट उत्पादन गर्दै आएको रुस्लान भोड्काले ५० वर्षको यात्रा तय गरेको छ ।जाउलाखेल ग्रुपले आफ्नो ५ दशकको गौरवशाली उपलब्धिको सम्झना गर्दै आफ्नो बोतल डिजाइनलाई उत्कृष्ट र अत्याधुनिक स्वरुपमा परिवर्तन...

चीनले सन् २०२० भित्रै कोभिड- १९ खोपको ६१ करोड मात्रा उत्पादन गर्ने

एजेन्सी, ९ असोज-कोभिड–१९ खोप विकास कार्यक्रममा ‘अग्रणी भूमिका’ रहेको चीनले यस वर्षको अन्त्यसम्ममा कम्तीमा ६१ करोड कोभिड–१९ विरुद्धको खोप उत्पादन गर्ने दावी चिनियाँ अधिकारीले शुक्रबार गरेका छन् । विश्वभर विभिन्न नौ खोप परीक्षणको अन्तिम चरणमा...

गाउँघरमा उत्पादित अन्न र फलफूल प्रयोग गरी कुपोषण हटाउनु पर्छ

विराटनगर, ८ असार । मोरङको दक्षिण क्षेत्रमा मातृ तथा बाल बालिकामा देखिएको कुपोषण न्यूनिकरणमा पालिकाले विशेष बजेट छुट्याउनु पर्ने देखिएको छ । गरीवी, अशिक्षा चेतनाको कमिका कारण यस क्षेत्रमा गर्भवती महिलाको मृत्यु र बाल कुपोषण...

मोरङको रतुवामाईमा थप २५ जनामा कोरोना पुष्टि 

विराटनगर, ३२ जेठ-मोरङको रतुवामाई नगरपालिकामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा भारतबाट आएर रतुवामाईस्थित क्वारेन्टाइनमा बसेका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरू रतुवामाई...

एनसीडिए कोशीको आइतबार निर्वाचन : काफ्ले र बराल समूहको प्रतिस्पर्धा

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) कोशी प्रदेशको आइतबार निर्वाचन हुँदैछ । नयाँ नेतृत्व चयनको लागि हुने निर्वाचनामा धनबहादुर काफ्ले र नगेन्द्र प्रसाद बरालको समूह चुनावी प्रतिस्पर्धामा रहेका छन् । उनीहरुले दुई समूह बनाएर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्