नागरिक मञ्चको १० बुद्धे माग

 न्यूज विराट
नागरिक मञ्चको १० बुद्धे माग

विराटनगर । नागरिक संरक्षण एकता मञ्च नेपालले विभिन्न १० शुत्रिय माग राखेको छ ।
विराटनगरमा आइबार पत्रकार सम्मेलन गरी उनीहरुले बैंकहरुले कृषी र अन्य कर्जाको ब्याजदर घटानुपर्नेलागयतका विभिन्न १० शुत्रिय माग राखेको हुन् ।

उनीहरुले कोभिड १९ मा देखिको अहिलेम्मको ब्याज मिनाह र ऋणको नवीकरण गरिनुपर्ने, कृष्ी कर्जा २ प्रतिशत र अन्य कर्जा ७ प्रतिशत कायम गरिनुपर्ने माग राखेका छन् । यसैगरी धितो लिलामी प्रक्रिया बन्द गरिनुपर्ने र ऋणीहरुलाई ऋण तिर्ने बातावरणको व्यवस्था गरिनुपर्ने, ऋणीहरुलाई दवावपूर्ण असुली आतंक बन्द गरिनुपर्ने, बैंक तथा वित्तिय संस्थाहरुको आतंक र दाववका कारणले आत्महत्या गरेका ऋणीहरुको परिवारलाई तत्काल राहत दिनुपर्ने नागरिक संरक्षण एकता मञ्च नेपालका अध्यक्ष तारा कुमार नेपालले बताए ।
‘बैंकको ऋणीहरुलाई दिएको तनाव र आतंकका कारण धेरै उद्योगी, व्यवसायीदेखि सर्वसाधरणहरुले आत्महत्या गरेका छन् । बैंकको यस्तो आतंक तत्काल बन्द गरि ऋणीलाई कर्जा तिर्ने बातवरण बनाउनुपर्दछ,’ अध्यक्ष नेपालले भने, ‘समाजमा हुने आत्महत्या पनि बैंकले दिने दबाव पनि एक हो ।’
मन्चले राखेको माग प्रधानमन्त्री कार्यालयदेखि अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स संघ काठमाण्डौंमा पनि बोधार्थ पठाएको अध्यक्ष नेपालले बताए । मंञ्चले राखेको माग पुरा नभए नागरिक आन्दोलन गर्ने उनले बताए ।

सम्बन्धित समाचार

प्रधानमन्त्री ओलीको पक्षमा ९२ सांसदकाे हस्ताक्षर

काठमाडौं, १७ वैशाख-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक शक्तिसंघर्ष चर्किंदै जाँदा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली पक्षधर सांसदहरूले बहुमत जुटाउन हस्ताक्षर अभियान सुरु गरेका छन् । वरिष्ठ नेता माधव नेपाल पक्षले अध्यक्ष र प्रधानमन्त्री...

आयोग खारेजीको विरुद्धमा अखिल नेपाल किसान महासंघ सुनसरीद्वारा आन्दोलनको चेतावनी

विराटनगर, २१ साउन । भूमि समस्या समाधान आयोग खारेजीको विरुद्धमा एमाले सम्वद्ध अखिल नेपाल किसान महासंघले सुनसरीमा आन्दोलनको चेतावनी दिएको छ । आयोग खारेजीको निर्णय फिर्ता हुनु पर्ने माग गरेको महासंघले त्यसो नगरिए आन्दोलन चर्काउन...

स्वर सम्राट नारायण गोपालको स्मृति दिवस विराटनगरमा मनाइयो

विराटनगर । नेपाली सांगीतिक क्षेत्रका स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको ३२ औँ स्मृति दिवस विराटनगरमा मनाएको छ । स्वर संगम संगीतालय विराटनगरले सोमबार आरोहण गुरुकुलमा सांगीतिक कार्यक्रम आयोजना गरी मनाएको हो । संगीतालयले नारयण गोपालको स्मृतीमा...

आज ५०२ संक्रमित थपिए, २८७८ डिस्चार्ज

काठमाडौं, २ मंसिर-पछिल्लो २४ घण्टाको अवधिमा थप ५ सय बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ५०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै...

नेकपाको विवादबारे घनश्याम भुसालका ३ सुझाव

काठमाडौं, १७ वैशाख-सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवादबारे कृषिमन्त्री एवं पार्टी स्थायी कमिटी सदस्य घनश्याम भुसालले मुख खोलेका छन् । उनले अनुपयुक्त र गलत प्रयासले समस्यालाई झनै बढाउने भन्दै पार्टीको एकता बचाउन, लोकतन्त्र...

सजग हुन सके ८० प्रतिशत कोरोनाका बिरामी घरमै निको हुन्छन्

काठमाडौं ३० चैत-कोरोना फैलिएको ४ महिना बढी भयो । हालसम्म पनि कुन औषधि खायो भने ठीक हुन्छ भन्ने वैज्ञानिक आधार नपाइएको डाक्टरहरूले बताउने गरेका छन् । हामीले यो सामग्री तयार पार्दासम्म विश्वमा करिब १७ लाख...

अब इन्टरनेटविनै ह्वाट्सएप चल्ने

एजेन्सी, २४ कात्तिक । सोसल मेसेजिङ प्लाटर्फम ह्वाट्सएपले एक नयाँ फिचर प्रयोगकर्तामाझ ल्याउँदैछ । उक्त फिचरसँगै प्रयोगकर्ताले इन्टरनेटविना नै ह्वाट्सएप चलाउन पाउनेछन् । यसमा प्रयोगकर्ताले ह्वाट्सएपलाई कुनै डिभाइसमा जोड्नका लागि स्मार्टफोनमा अनलाइन राख्नु आवश्यक पर्ने...

जम्मू-कश्मीरकाे मन्दिरमा भागदाैड मच्चिँदा कम्तीमा १२ जनाकाे मृत्यु

एजेन्सी, १७ पुस । भारतको जम्मू-कश्मीरमा रहेको माता वैष्णो देवीको मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा मन्दिरमा मेला लागेको थियो । कटराका सामुदायिक स्वास्थ्य केन्द्रका चिकित्सा अधिकारी डा....

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्