कक्षा १२ को नतिजा सार्वजनिक, पोखरीया स्कुलका ७६ प्रतिशत विद्यार्थी उत्तीर्ण

 न्यूज विराट
कक्षा १२ को नतिजा सार्वजनिक, पोखरीया स्कुलका ७६ प्रतिशत विद्यार्थी उत्तीर्ण


विराटनगर । विराटनगर – ३ मा रहेको पोखरीया माविको कक्षा १२ को परीक्षामा ७५.४५ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजानिक गरेको नतिजा अनुसार पोखरीयाबाट ३ सय ३३ जना विद्यार्थीले दिएको परीक्षामा २४९ जना विद्यार्थीले ग्रेड प्राप्त गर्न सफल भए अर्थात् उत्तीर्ण भएका छन्। जसमध्ये ३.६ जीपीए भन्दा माथि ल्याउने ११ जना, ३.२ जीपीए देखि ३.६ जीपीएसम्म ल्याउने ७३ जना, २.८ देखि ३.२ जीपीएसम्म ल्याउने ८८ जना, २.४ देखि २.८ जीपीए सम्म ल्याउने ६८ जना, २.जीपीए देखि २.४ जीपीएसम्म ल्याउने ९ जना विद्यार्थी रहेको स्कुलका प्रधानध्यापक खेमराज भट्टराईले जानकारी दिए । ८४ जना विद्यार्थी एनजी भएका छन् ।

पोखरीया मावि सामुदायिक विद्यालय हो । गुणस्तरीय शिक्षा प्रदान गरेर पोखरीया स्कुल नमूना विद्यालयको रुपमा कहलिएको छ । यस विद्यालयमा विद्यार्थी भर्ना हुनको लागि प्रवेश परीक्षा लिने गरेको छ । प्रवेश परीक्षामा उत्तिर्ण हुने विद्यार्थी मात्रै पोखरीयामा भर्ना हुने गर्दछन् । कक्षा १२ सम्म पढाइ हुने उक्त विद्यालयमा अंग्रेजी माध्यमबाट पनि पढाइ हुने गरेको छ । कक्षा १२ सम्म पढाइ हुने उक्त विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान , व्यवस्थापन र शिक्षा विषय पढाइ हुने गरेको छ ।

सम्बन्धित समाचार

प्रदेश १ को बजेट परिमार्जन हुने

विराटनगर, २ मंसिर । प्रदेश १ सरकारले बजेट परिमार्जन गर्ने भएको छ । अघिल्लो सरकारले ल्याएको बजेट गठबन्धन सरकारले परिमार्जन गर्न लागेको हो । बिहीबार पत्रकार सम्मेलन गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले...

महानवमीको अवसरमा खःमेय् जात्रा मनाइँदै

भादगाउँ, २८ असोज-भक्तपुरको परम्परागत ऐतिहासिक तथा सांस्कृतिक खःमेय् व्वाकेगु (राँगो दौडाउने) जात्रा आज मनाइँदै छ । खःमेय् व्वाकेगु जात्रा प्रत्येक वर्ष बडादसैँको महानवमीको साँझ मनाउने परम्परा रहिआएको छ । कोरोनाको सङ्क्रमण घट्दै गए पनि जोखिम...

सुन्दरहरैचामा हात्तीको आक्रमण, दुई जना घाइते

विराटनगर । मोरङमा जंगली हात्तीको आक्रमणबाट आइतबार साँझ दुईजना घाइते भएका छन् । हात्तीले आक्रमण गर्दा सुन्दरहरैँचा नगरपालिका–६ का ५० वर्षीय रामकुमार श्रेष्ठ र १९ वर्षीय सन्तोष राय घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार...

लिपुलेकमा भारतीय हस्तक्षेपविरुद्ध संघर्ष गर्ने नेकपाको घोषणा

काठमाडौं, २८ वैशाख-नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपालको भूमि लिपुलेकमाथि हस्तक्षेप गर्दै भारत सरकारले सडक निर्माण गरेपछि त्यसका विरुद्ध राष्ट्रिय स्वाधीनताको संघर्ष सुरु गर्ने बताएको छ । पार्टी केन्द्रीय समितिका तर्फबाट पार्टी सचिवालय...

सुनसरीमा भोलिदेखि ६ मंसिरसम्म निषेधाज्ञा, तिहारमा देउसी-भैलोसमेत रोक

विराटनगर, ३० असोज-जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा एक महिना बढी लागू हुने गरी पुनः निषेधाज्ञा जारी गरेको छ । प्रशासनले जिल्लामा विभिन्न क्षेत्र तोकेर १ कात्तिकदेखि ६ मंसिरसम्म लागू हुने गरि निषेधाज्ञा जारी गरेको हो...

थप ९ सय ८० जनामा कोरोना पुष्टि, नाै जनाकाे मृत्यु

काठमाडाैं, २१ भदौ-पछिल्लाे २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणअनुसार नेपालमा थप ९ सय ८० जनामा कोरोना भाइरस (काेभिड-१९) को संक्रमण पुष्टि भएकाे छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले २४ घन्टामा थपिएका...

एसिया कप : भारतविरुद्ध आसिफ शेखको अर्धशतक

विराटनगर । एसिया कपमा नेपालका आसिफ शेखले भारतविरुद्ध अर्धशतक पूरा गरेका छन् । सोमबार श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले रंगशालामा शेखले ८८ बलमा ७ चौकाको मद्दतमा ५० रन पूरा गरेका हुन् । आसिफले गत फागुनमा क्रिकेट विश्वकप...

चीनमा ४ महिनामा देखिएका संक्रमितको संख्या संसारमा एकै दिनमा बढ्यो

डिसेम्वरको अन्तिममा चीनको वुहान शहरबाट फैलन सुरू गरेको कोरोना भाइरसको संक्रमण तिब्ररूपमा बढेको छ ।करिव ४ महिनाको अवधिमा चीनमा देखिएको संक्रमितको संख्या भन्दा विश्वमा पछिल्लो १ दिनमा संक्रमण देखिनेको संख्या बढी छ । चीनमा हालसम्म...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्