प्रेमिका बिदेश जाने भएपछि नाबालिका अपहरण, २७ घण्टापछि विराटनगरबाट सकुसल उद्धार

 न्यूज विराट
प्रेमिका बिदेश जाने भएपछि नाबालिका अपहरण, २७ घण्टापछि  विराटनगरबाट सकुसल उद्धार

विराटनगर । बैदेशिक रोजगारीको सिलसिलामा प्रेमिका बिदेश जाने भएपछि सुनसरी दुहबी नगरपालिका – ६ घर भएका ५० वर्षीय सन्जय पासवानले आफ्नै प्रेमिकाको बहिनीको ६ वर्षीया छोरी अपहरण गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

६ वर्षीया नाबालिका अपहरण गरेको आरोपमा प्रहरीले प्रेमि सन्जयसहित उनका दुई जना सहयोगीलाई पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको हो ।

सुनसरी प्रहरी कोशी प्रदेश प्रहरी प्रहरी कार्यालय विराटनगरको रिटको टोली र मोरङ प्रहरीबाट खटिएको संयुक्त टोलीले अपहरणमा परेकी नाबालिकालाई २७ घण्टाभित्र सकुल उद्धार गर्दै तीन जनलाई नियन्त्रणमा लिन प्रहरी सफल भएको छ । नाबालिका अपहरण गरेको आरोपमा प्रहरीले सन्जयसहित कलानन्द पासवान र सरिता पासवानलाई पनि पक्राउ गरेको सुनसरी प्रहरीका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए । प्रहरीले उनीहरुलाई विराटनगर – १० स्थित मानव सेवा आश्रम अगाडीबाट बुधबार विहान पक्राउ गरेको उनले बताए ।

पक्राउ परेका मध्ये मुख्य अभियुक्त सन्जय रहेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक भण्डारीले बताए । अपहरणमा परेकी नाबालिका र सन्जय आफन्त पर्दछन् । दुहवी नगरपालिका १० डुम्राहा स्थितबाट मंगलबार दिउँसो तीन बजे आफ्नै मामाघरको आँगनमा खेलि रहेको अवस्थामा सन्जयले अपहण गरेको प्रहरीले जनाएको छ । घरबाट अपहरण गरेर सन्जयले नाबालिकालाई विराटनगर १० मानव सेवा आश्रम अगाडी डेरामा लगेर राखेको थिए । प्रहरीले सोही डेराबाट बन्धक बनाएर राखिएको अवस्थामा नाबिालकालाई उद्धार गरेको डिएसपी भण्डारीले बताए । सुनसरी प्रहरी, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका रिट र मोरङ प्रहरीले बन्धक बनाएको नाबालिकालाई उद्धार गरेर परिवारलाई जिम्मा लगाएको छ । प्रहरीको प्रराम्भि चरणको अनुसन्धानबाट नाबिलकाको ठुलो ममिसँग सन्जयको प्रेमसम्बन्ध रहेको थियो । उनीहरूबीच खटपट भएपछि नाबालिकाको ठूलो ममि सन्जयसँग सम्र्पकविहिन भएर बैदेशिक रोजगारमा जाने भनेर काठमाण्डौ गएर बसेकी थिइन् । ‘नाबालिका अपहरण गरेर कतै राखियो भने ठूलो ममी आफै सम्र्पकमा आउने भएकोले सन्जयले अपहरण गरेको देखिन्छ,’ घटनाको अनुसन्धान गर्दै आएका एक जना प्रहरी अधिकृतले भने, ‘संजय पासवानले पीडितालाई अपहरण गरी लगेपछि ती नाबालिकाको मामालाई फोन गरेर तेरो भान्जी मेरो कब्जामा छ । तेरो दिदिलाइ घर बोला अनि मात्र म बच्चालाई लिएर आउँछु । होईन भने अरुलाई दिन्छु भन्दै कल गरेको पनि देखिएको छ ।’ त्यसपछि पीडित प्रहरीले इलका प्रहरी कार्यालय दुहबीमा उजुरी दिएका थिए । इप्रका दुहबीका प्रहरी निरीक्षक मोहन पोखरेलको नेतृत्वमा खटिएको टोलीले नाबालिकालाई सकुसल उद्धार गरेर परिवारलाई जिम्मा लगाएको छ ।
सन्जय विवाहित हुन भने उनले प्रेम गरेको युवती अविवाहित हुन् । पक्राउ परेका तीन जनलाई इलका प्रहरी कार्यालय दुहबीले अपहरण तथा शरिर बन्धक मुद्दामा पाँच दिनको सुनसरी अदालतमा बुधबार म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।

सम्बन्धित समाचार

सर्वोच्चको फैसला : मेडिकल कलेजले तोकिएको सिट सङ्ख्याभन्दा बढी भर्ना नगर्नु

सर्वोच्च अदालतले नेपाल मेडिकल काउन्सिलबाट तोकिएको सिट सङ्ख्याभन्दा बढी गैरकानुनी रुपमा भर्ना गर्न नपाउने फैसला गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संयुक्त इजलासले गरेको फैसलाका पूर्ण पाठमा मेडिकल कलेजका विद्यार्थीको समस्या समाधान...

बोल्न नसक्ने व्यक्तिको हत्या गर्ने ‘अघोरी’ पक्राउ

काठमाडौं, माघ २९ । बोल्न नसक्ने व्यक्तिलाई कुटपिट गरी हत्या गरेको आरोपमा आफूलाई अघोरी बताउने एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा काठमाडौँ दक्षिणकाली नगरपालिका–६ फर्पिङस्थित दक्षिणकाली पार्टी प्यालेस अगाडि बस्ने ३५ वर्षीय शिव गिरी...

भारतलाई नेपालको जवाफ : बुद्धको जन्मभूमिबारे विश्व समुदाय प्रष्ट छ

काठमाडौं, २५ साउन-सरकारले भगवान् गौतम बुद्धको जन्मस्थल नेपाल भएकोबारे विश्व समुदाय जानकार रहेको भन्दै यसमा कुनै भ्रम नरहेको स्पष्ट पारेको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बुद्धको जन्मभूमिबारे राष्ट्रिय र अन्तर्राष्ट्रिस्तरमा कुनै बहस...

खोप परीक्षणका लागि स्वयंसेवकलाई सक्रिय कोरोना भाइरस 

एजेन्सी, ९ असोज-कोभिड–१९ विरुद्ध खोप परीक्षण गर्न स्वस्थ स्वयंसेवकहरूलाई सक्रिय कोरोना भाइरस दिने तयारी गरिएको छ । बेलायत स्वस्थ व्यक्तिलाई संक्रमित बनाउने पहिलो मुलुक बन्न सक्ने बताइएको हो । ‘च्यालेन्ज ट्रायल’ भनिने सो परीक्षण लन्डनमा...

१७ हजार ९६४ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज

काठमाडौं, ४ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा थप २६३ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न अस्पताल तथा आइसोलेसन...

आँधीले अमेरिकाका ८ हजार उडान रद्द

टेक्सासदेखि अमेरिकाको पूर्वी तटसम्मको आँधीले अमेरिकामा हवाई उडान अवरुद्ध गरेको छ । वासिङ्‍गटन पोस्टको रिपोर्टअनुसार १,४८५ उडानहरू रद्द भएका छन् र ६ हजारभन्दा बढी ढिलाइ भएका छन् । प्रमुख एयरलाइन्सहरूमध्ये अमेरिकी, साउथवेस्ट र युनाइटेड सबैभन्दा...

कुछी भ्वय खाएर महाअष्टमी मनाउँदै नेवार समुदाय

भादगाउँ, २७ असोज-बडादसैँको आठौँ दिन आज बेलुका नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउँदै छन् । नेवारीमा कुछीको अर्थ दुई माना हो भने भ्वयको अर्थ भोज हो । महाअष्टमीको दिन विशेष गरेर केराको पातमा...

होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको मृत्यु

विराटनगर, ५ भदौ-विराटनगर–६ सरोचियास्थित ४५ बर्षिय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । घरकै होम आईशोलेशन बसेका संक्रमित पुरुषको बिहीबार राती ८ बजे मृत्यु भएको हो । भदौ ३ गते मृतक पुरुषलाई कोरोना संक्रमण पुष्टि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्