कर्तब्य ज्यान मुद्दामा माफि पाएका अभियुक्तबाट मारिए उर्लाबारीका कुशल, थप दुई जना फरार

 न्यूज विराट
कर्तब्य ज्यान मुद्दामा माफि पाएका अभियुक्तबाट मारिए उर्लाबारीका कुशल, थप दुई जना फरार

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका ४ का २१ वर्षीय कुशल दाहालको हत्या आरोपमा प्रहरीले जनालाई पक्राउ गरेको छ । दाहालको हत्या आरोपमा मोरङ प्रहरीले उर्लाबारी– ५ का सुवास तामाङलाई बुधबार पक्राउ गरेको हो । पक्राउ परेका तामाङ कर्तब्य ज्यान मुद्दामा २०७६ सालको प्रजातन्त्र दिवसका दिन माफि पाएर छुटेका अभियुक्त हुन् ।

धरानतिर गइरहेका बेला उनलाई मोरङको बलियाबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तामाङले मंगलवार राति साढे ६ बजेतिर आफ्नै घरमा बेलाएर उनको हत्या गरेको अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए । मोबाइल चोरी गरेको आरोप लगाएर हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको उनले बताए । ‘मंगलवार साँझ साढे ६ बजेतिर आफ्नै घरमा आरोपी तामाङले बोलाएका रहेछन्,’ उनले भने‘दुई वटा स्कुटरमा कुशलसहित उनका साथी गएका रहेछन् । जाने बित्तिकै तैँले किन मेरो मोबाइल चोरीस भनेर कुटपिट गरेको प्रारम्भिक अनुसन्धानमा देखिन्छ । ’
तामाङ र दाहाल चिनजानकै भएको प्रहरीले जनाएको छ । उनिहरु बिच आउ जाउ भइरहने गरेको खुलेको छ । मोबाइल कुशलले चोरे नचोरेको भन्ने पुष्टि भई नसकेको एसपी कार्कीले बताए । एसपी कार्कीले थपे ‘प्रत्यक्ष दर्शीका अनुसार कुशलले पनि सरी दाइ म दिन्छु । गल्ती भयो भनेर भनेका रहेछन् ।’ उनीहरू लागु औषध प्रयोग कर्ता समेत भएको प्रहरीको अनुसन्धानले देखाएको छ ।
घरमा गएपछि पहिला घुँडा टेक्न लगाएको र यातना दिएको खुलेको मोरङ प्रहरीले जनाएको छ । ‘मेरो मोबाइल किन चोरीस भनेर पहिला सुवाले घुँडा टेकाएर लाठीले कुटेछन् । टाउको जिउ लगायत शारिका विभिन्न अङ्गमा हानेका रहेछन् । टाउकोबाट रगत बगेपछि कुशल भाग्न खोजेछन् । सुवास पनि मादक पदार्थ खाएर मातेका रहेछन् । त्यसपछि किचनबाट छुरा ल्याएर हानेछन’ उनले भने ।
मृतक कुशलको शरीरका विभिन्न भागमा छुराले हानेको चोटपटक रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कुटपिट र छुरा प्रहार बाट गम्भीर घाइते भएका दाहाललाई उपचारका लागि केही युवाले गोदाबारी अस्पताल उर्लाबारीमा लगेको थिए । सामान्य उपचार पश्चात थप उपचारको लागि बी एन्ड सी अस्पताल बिर्तामोड झापा पठाइएकोमा उपचारको क्रममा बी एन्ड सी अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
आपराधिक पृष्ठभूमिका तामाङ घरमा एक्लै बस्दै आएको प्रहरीले जनाएको छ । तामाङ यसअघि पनि कर्तव्य ज्यान मुद्दामा तथा अन्य आपराधिक क्रियाकलापमा संलग्न भएपछि कारागार परेका थिए ।
उनलाई २०७१ असोज ९ गते कर्तव्य ज्यान मुद्दामा १० वर्षको कैद ठहर भएको थियो । २०७६ सालको प्रजातन्त्र दिवसका दिन उनी छुटेका थिए । लगतै ज्यान मार्ने उद्योगमा उनी पक्राउ परेका थिए । २०७७ भदौ ८ गते कैद भुक्तान गरी छुटेका थिए । उनी त्यसपछि लागु औषध प्रकरणमा पक्राउ परेका थिए । ब्राउन सुगर सहित पक्राउ परेका तामाङ २०७७ कार्तिक ७ गते १ लाख धरौटीमा छुटेका थिए ।
यस्तै अभद्र व्यवहार उनी माथि मुद्दा चलाइएको थियो । २०८० असोज २४ गते उनलाई एक लाख धरौटी माग गरिएको थियो । धरौटी तिर्न नसकेपछि कारागार चलान भएका थिए । भोलिपल्ट नै धरौटी तिरेर उनी छुटेका थिए ।
थप अनुसन्धानबाट अन्य कुरा खुल्ने मोरङ प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

आइपीएलः पन्जाबद्वारा हैदराबाद १२ रनले पराजित

एजेन्सी, ९ कात्तिक-युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किङ्स इलाभेन पन्जाब विजयी भएको छ । पञ्जाबले सनराइजर्स हैदराबादलाई १२ रनले पराजित गरेको हो । दुबईमा गएराति भएको खेलमा पन्जाबले दिएको १ सय २७ रनको...

२४ घन्टामा थप १ हजार ९४६ जना सङ्क्रमित, १३ जनाको मृत्यु

काठमाडौं, २९ कात्तिक-नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ४६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने १३ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरि ८ हजार ७...

पेट्रोलियम व्यवसायी महासंघको उपाध्यक्षमा सिग्देल निर्विरोध निर्वाचित

विराटनगर । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघको केन्द्रीय उपाध्यक्षमा विराटनगरका ध्रुव प्रसाद सिग्देल निर्विरोध निर्वाचित भएका छन् । काठमाण्डौंमा सम्पन्न भएको १३ औं साधरणसभा तथा सातौं अधिवेशनबाट सिग्देल निर्विरोध उपाध्यक्षमा निर्वाचित भएका हुन् । महासंघको...

प्रतिनिधिसभा विघटनका मुद्दा : आज पनि सरकारी पक्षकै बहस

प्रतिनिधिसमा विघटनसम्बन्धी रिट निवेदनमा आज पनि सरकारकी पक्षकै तर्फबाट बहस हुनेछ । सोमबारदेखि महान्यायाधिवक्ता रमेश बडालले सरकारी पक्षको नेतृत्व सरकारी पक्षको बहस प्रारम्भ गरेका थिए । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का,...

नेपालमा ८१ वर्षीया वृद्धाले कोरोनालाई जितिन्

सुर्खेत, ११ वैशाख-कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिन लकडाउनलाई क्षेत्रगत रूपमा कडाइ गर्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले निर्देशन दिएका छन् । उनले कर्णालीका १० वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सँग भिडियो संवाद गर्दै...

क्वारेन्टाइनमा रहेका ६७ भारतीयको आरडीटी नेगेटिभ

बाँके, १५ वैशाख-बाँकेको हवल्दारपुर राम माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका ६७ भारतीयको कोरोना र्‍यापिड डाइग्नोस्किट टेस्ट (आरडीटी) रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार आइतबारसम्म जिल्लाका नेपालीसहित ६ सय ६३ जनाको स्वाब परीक्षण गरिएकाेमा...

राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त

विराटनगर, १६ कात्तिक-प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् । नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राईलाई आज प्रदेश प्रमुख सोमनाथ अधिकारी 'प्यासी'ले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सोमबार भीम आचार्यले प्रदेश...

इटहरीमा गठबन्धनका हेमकर्ण पौडेलको अग्रता, उपमेयरमा एमालेले उछिन्यो

विराटनगर, १ जेठ । सुनसरीको इटहरीमा गठबन्धनका हेमकर्ण पौडेलले अग्रता कायम राखेका छन् । ४९७८ मगगणना हुँदा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका हेमकर्ण पैडेल २३४१ म्तसहित अगाडी छन् । उनलाई एमालेका उम्मेदवार यामकुमार सुब्बाले १८...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्