कोशी प्रदेश सरकारबाट माओवादी बाहिरियो, मन्त्रीहरुले दिए राजिनामा

 न्यूज विराट
कोशी प्रदेश सरकारबाट माओवादी बाहिरियो, मन्त्रीहरुले दिए राजिनामा

विराटनगर । नेकपा माओवादी केन्द्रबाट कोशी प्रदेश सरकारमा सहभागी भएका तीन मन्त्री र १ राज्यमन्त्रीले राजीनामा दिएका छन् । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्री गणेश उप्रेती, स्वास्थ्य मन्त्री राजेन्द्रकुमार कार्की र पर्यटन, वन तथा वातावरण मन्त्री नारायणबहादुर मगर र पर्यटन राज्यमन्त्री वन्दना झागरले राजीनामा बुझाएका हुन् ।

माओवादीले कोशी प्रदेश सरकारलाई दिएको समर्थन कायमै राखेर मन्त्रीको राजीनामा दिएको हो । माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्कीकै आग्रहमा सरकारमा आजसम्म बसेको र आज राजीनामा दिएको बताएका छन् । तत्कालका लागि सरकारलाई दिएको समर्थन भने कायमै रहने माओवादीले जनाएको छ ।

गत असार १७ गते केन्द्रमा नेपाली काङ्ग्रेस र नेकपा एमालेबिच गठबन्धन गर्ने सहमति भएपछि प्रतिपक्षमा पुगेको माओवादी केन्द्र कोशी सरकारबाट बाहिएको हो । केन्द्रीय गठबन्धन अनुसारको सरकार निर्माण गर्नुपर्ने दबाबमा रहेका मुख्यमन्त्रीको सहजताको लागि सरकारबाट बाहिरिन लागेको माओवादीले जनाएको छ । संविधानको धारा १६८ ९५० अन्तर्गत एमालेका ३९ र माओवादीका १३ जना प्रदेशसभा सदस्यको समर्थनमा हिक्मतकुमार कार्की वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

सम्बन्धित समाचार

कांग्रेसले भन्यो : कुनै पनि परिस्थितिमा सरकारमा सहभागी हुँदैनौँ

काठमाडौं, २२ असार-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कुनै पनि परिस्थितिमा यो कार्यकाल सरकारमा सहभागी नहुने प्रष्ट पारेको छ । सत्तारूढ नेकपाभित्रको विवाद र प्रतिपक्षी दलका नेताहरूसँग बाक्लिएको भेटघाटको सन्दर्भमा कांग्रेसले कुनै पनि हालतमा अहिले सरकारमा...

१५ भारतीय मुस्लिम किशोर लुकेर बसेको अवस्थामा फेला

महोत्तरी जिल्लाको एक गाउँको एक घरमा सोमबार १५ भारतीय किशोर लुकेर बसेको अवस्थामा फेला परेका छन् । कोरोना भाइरसको रोकथाम तथा सङ्क्रमणबाट बच्न तथा बचाउन नेपाल सरकारले लकडाउन गर्दै सीमानाकासमेत बन्द गरेको अवस्थामा १५ किशोर...

त्रिविको परीक्षा विद्यार्थीले पायकपर्ने ठाउँबाट दिन पाउने

काठमाडौं, १९ कात्तिक-त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ । बन्दाबन्दी (लकडाउन)को बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो पायकपर्ने परीक्षा केन्द्रबाट दिने व्यवस्था मिलाएको हो । विद्यार्थी जहाँ छन् त्यहीँ...

प्रदेश १ को बजेट अधिवेशन आजदेखि

विराटनगर, २४ जेठ । प्रदेश १ को बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ । आज दिउँसो २ बजेका लागि प्रदेशको बजेट अधिवेशन आह्वान गरिएको छ । सत्तारुढ नेकपा (एमाले) को असन्तुष्ट पक्षले असहयोग गर्ने आशंकाका बीच...

आरागन होटेल स्कूलले गर्यो एकै दिन विदाई तथा स्वागत

विराटनगर । विराटनगर – १० स्थीत सन्सारी माइस्थान मन्दिर नजिकै रहेको आरागन होटेल स्कूल तथा कोशी विद्या मन्दिरको प्लस टु होटेल मेनेजमेन्टले कलेजबाट विदाई गर्दै कलेजमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत गरेको छ । आरागनको...

प्याब्सन हिज्जे प्रतियोगिताको उपाधि सप्तकोशी स्कुललाई

विराटनगर । प्याब्सन हिज्जे प्रतियोगिताको उपाधि मोरङको उर्लाबारीस्थित सप्तकोशी सेकेण्डरी स्कुलले जितेको छ ।प्याब्सन मोरङले विराटनगरमा बुधबार आयोजना गरेको प्रतियोगितमा सप्तकोशीले फाइनलमा ९ वटा स्कूललाई पछि पार्दै उपाधि जितेको हो । जितसँगै सप्तकोशीले नगद १५...

चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल

काठमाडौं, २२ जेठ-चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्र लेखक, निर्देशक तथा गीतकार दयाराम दाहाललाई नियुक्त गरिएको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हाल बोर्डको सदस्य रहेका दाहाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।  बोर्ड...

प्रधानमन्त्री देउवाले उद्घाटन गरे टाइफाइडविरुद्धको खोप अभियान

काठमाडौं, २४ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्ध बालबालिकालाई दिइन लागिएको खोपको उद्घाटन गरेका छन् । रानीपोखरीस्थित दरबार हाइस्कूलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले खोप अभियानको उद्घाटन गरेका हुन् । आजदेखि सुरु भएको खोप अभियान आगामी वैशाख...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्