विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका – ६ घर भइ धनकुटा जिल्ला अस्पतालमा कार्यरत पाँचौ तहका ल्याबटेक्निसियन वर्ष २७ का अर्जुन कुमार मेहताको रहस्मय मृत्यु प्रकरणमा पक्राउ परेकी प्रेमिका सुशिला कुमारी मेहतासहित दुई जना विरुद्ध मुद्दा दायर भएको छ ।
आत्महत्या दुरुसाहन मुद्दामा देवानगन्ज गाउँपालिका १ की २३ वर्षीया मेहता र चिन्टु कुमार मेहता विरुद्ध मोरङ अदालतमा बुधबार मुद्दा दायर भएको हो ।
चिन्टु कुमारलाई फरार प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायतर गरेको छ । चिन्टु सुशिलाको भाइ हुन् ।
जिल्ला सरकारी वकिलको कार्यालयले मुलुकी अपराध संहिता २०७४ को दफा १८५ को उपदफा (१) बमोजिम पाँच वर्ष कैद र ५० हजार रुपैयाँसम्म कैद सजायको माग दाबी राखेर अभियोग दर्ता गरेको जिल्ला सरकारी वकिलको कार्यालय मोरङले जनाएको छ ।
अदालतमा अभियोग दर्ताभएपछि बिहीबार थुनछेक बहस सुरु हुने जिल्ला अदालत मोरङका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए । प्रतिवादीको अदालतमा बयान सकिएपछि थुनछेक हुनेछ । थुनछेक आदेशले पुर्पक्षको लागि थुनामा पढाउने, साधरण तारेखमा छोड्ने वा धौरौटिमा छोडने आदेश गर्नेछ ।
अर्जुनको असार ९ गते विराटनगर ११ पिचरास्थित कोठामा झुण्डिएको अवस्थामा शव भेटिएको थियो । अर्जुनका आफन्तहरुले सुशिला र उनका भाई चिन्टुले आत्महत्या गर्न बाध्य बनाएको भन्दै मोरङ प्रहरीमा ‘आत्महत्या दुरुसान’ मा किटानी जाहेरी दर्ता गराएको थियो । २५ असारमा सुशिला पक्राउ परेकी थिइन् । प्रहरीले अनुसन्धान पूरा गरेर जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । प्रहरीले बुझाएको प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिलको कार्यालयमा अभियोग दर्ता गरेको हो ।
सुशिला र अर्जुन विगत तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए । उनीहरु लिभिङ टुगेदरमा बस्दै आएका थिए । प्रेमको नाटक गरेर सुशिलाले अर्जुनलाई ब्यालकमेलिङ गरेर धम्काउँदै ५० लाख रुपैयाँ माग गरेपछि अर्जुनले आत्महत्या गरेको उनले लेखेको सुसाइट नोटमा उल्लेख छ ।
यस्तो छ अर्जुनले लेखेको सुसाइट नोट
म अर्जुन कुमार मेहता । धनकुटा जिल्ला अस्पतालमा मेडिकल ल्याब टक्निसियन (पाँचौ तह) पदमा विगत दुई वर्षदेखि कार्यरत रहेको छु । म यो भन्दा पहिला प्रदेश जनस्वास्थ प्रयोगशाला विराटनगरमा कार्यरत थिए । त्यँहा हुँदा मेरो जिन्दगीमा एउटा सुशिला नाम गरेकि आयो । जुन म सँग कुरो गर्नको लागि विभिन्न आफ्नो साथीहरुको माध्यमबाट म सँग कुरो गर्न धेरै प्रयास गरेपछि कुरोकानी हाम्रो सुरुवात भयो । सन्ध्या नामको केटीलाई मेरो नम्बर माग्ने र उसलाई लगाएर मसँग कुरो गर्न आफनो फोटो मलाई पठाउने जस्ता काम गरेँ । त्यसपछी यसरी कुरो हँुदै गयो र हामी एक अर्कालाई माया गर्न थाले । मायाको नाटक गरी उसले पैसा लुट्ने थियो । यसरी हुदै गर्दा मैले उसको रुम बसेको रुम भाडा तिराउने मसँग, यसरी नै सिलशिला चल्दै आयो र उसको घरमा पनि सब जनालाई थाहा थियो । हाम्रो बारेमा उसको घरमा पनि समस्या पर्दा मैले धेरै सहयोग गर्थे । पैसा दिने, कतै जानुपर्दा उसको भाईलाई बाईक दिने, कलेजको फि नभएको बेला तिरिदिने, उसको रुममा चामल समेत सक्दा मैले किनिदिन्थे, ग्यास सक्दा पनि यहाँ सम्म कि मेरो लुगा मलाई सानो हुदा उसको भाईलाई दिहाल्थे, लगाओस् भनेर । उसको सम्पूर्ण परिवार र आफन्त समेतलाई थाहा थियो र सबैजना म संग बोल्ने पनि गर्नुहुन्थ्यो । उसको आफ्नो आवश्यक्ता परे अनुसारको सम्पूर्ण कुरोहरु दिने गर्ने, लुगा फाटा किन्दिने, कुनै बिरामी हुदा सबै उपचार गर्दिने सम्पूर्ण परिवारलाई नै गर्दिए । यँहासम्म त्यसको गाउँतिर केहि एक चोटी झगडा हुदा पिटाई लाग्दा सबैको उपचार गर्नुपर्दा मैले ७० हजारसम्म खर्च भएको थियो । त्यसपछि त्यसको बुवाले जग्गाको मुद्दा गर्नुपर्दा दुईचोटी गरेर ६५ हजार दिएको छु । यसरी नै त्यसको घरमा केही पुजा या दशै तिहार हुदा केटिले मसंग माग्ने गर्थी र घरको लागि मैले कहिले १० हजार त कहिले २० हजार गरेर दिने गर्थे । जुन सम्पूर्ण नगद दिन्थे । यसरी पढ्नको लागि कलेजमा सम्पूर्ण पैसा तिरेको छु । लोकसेवा दिन जाँदा र फर्म भर्दा समेत मैले खर्च बेहोर्ने गर्थे । यती भईसकेपछी उसको परिवारले आफ्नो विश्वासको लागि म एक्लो र उ सम्पूर्ण जना आएर विराटनगरको रुममा बसेर देउताको फोटोलाई साक्षी राखि केटिको र मेरो बिहे गराईदिनुभयो । त्यसको सबुतको लागी फोटो सहित राखेको छ । सम्पूर्ण परिवार र केटी सहित मिलेर मलाई ब्यालकमेलिङ गर्ने योजना बनाको थियो । ब्यालकमेलिङ गरिरहेको थियो नत्र परिवार सहित मलाई यतिसम्म कि गर्थ्यो । जबकि त्यसको रुम जाँदा भाई कोठामा हुदा म जाने वितिकै रुम खालि गर्दिन्थो र म बसुन्जेल त्यसको भाई वहिनी कोई नआउने र आउदा पनि कोठाको ढोका बन्द हुदा समेत उसको भाई बाहिर वरण्डामा घण्टौ सम्म उभेर वा पर्खने गर्थ्यो । जवकि कोठा दिउँसै म र सुशिला दुईजाना मात्र हुन्थे । कोठाको ढोका खोलि हामी दुई जना मात्र हुदा पनि त्यसको भाईले केही नभनि बस्थ्यो । म सँग बोल्थ्यो त्यसपछि सँगै खाना खान्थे । अनि फेरि वेलुका वा राति म त्यही बस्दा भाई साथिको रुममा गई हाल्थ्यो । फेरी म सुशिला दुई जना मात्र राति हुन्थ्यो र भाई बिहानै कलेज जानको लागी बिहान ५ बजे आउथ्यो । जब हामी दुबै जना सुतेकै हुन्थे ।अनि भाई आफ्नो ड्रेस लगाउथ्यो र कलेज जान्थ्यो । यो सब कुरो उसको परिवारलाई थाहा थियो र यहा सम्म सुशिला म सँग धनकुटामा वेला वेलामा म सँगै बस्ने गर्थियो । कहिले १ हप्ता त कहिले १० दिन, १५ दिन गरि बस्ने गर्थियो । यति सबकुरा उसको बावा आमालाई समेत थाहा थियो ।
म सँग बस्दा उसको आमा, बुवा म सँग पनि फोनमा बोल्ने गर्थियो । आज आएर मसँग पैसा माग्न थालियो र म पैसा दिएन अनि विभिन्न किसिमको आरोप लगाएर फसाई दिन्छु भन्ने गर्थी जुन हामिलाई विहे गराएको कुरालाईलिएर त्यो फोटो पुरा परिवार ब्लाय्कमेल गर्न थालो । यसरी बिस्तारै बिस्तारै सामाजिक संजालको साहारा लिन थाल्यो । जुन सुशिलाले चलाउने आफ्नो फेसबुक आईडीमा मेरो र आफ्नो नाम जोडेर, सुशिला र आर्जुनलाई मिलाएर एउटा छुटै सुसिजुन भनेर नाम लेकेका थिए । जुन उसले त्यसमा हामी दुवै जनाको फोटो सहित प्रफाइलमा राखेको थियो । यसरी प्रफाइलमा फोटो राख्दा समेत मैले ठिक छ, म बिहे गर्न तयार थिए । गर्न चाहे पनि उनीहरुको योजना अनुसार नभएर मात्र यसले कानुनमा झुठो मुद्दा गर्न पुग्यो । त्यो भन्दा विभिन्न नेतालाई राखेर धेरै छलफल गरिएको थियो । त्यहाँ पनि पैसा पाउन सकेन किनभने केटि म हुँदा हुँदै अरु केटा सँग सँगै घुम्ने, बस्ने, सुत्ने कुराको प्रमाण समेत भेटियो । जुनमा त्यसकै गल्ती समेत समातियो । यसरी पैसा पाउन नसकेर अनि मुद्दा गर्ने योजना बनायो र बिचमा धम्की समेत दिन्थ्यो । तिमिलाई जिउदो लास बानाएर छोड्छु, तिम्रो जिन्दगी छिनिहाल्छु, तिमिलाई जेल पठाएर छोड्छु जुन विभिन्न किसिमको आरोप लगाएर मुद्दा गरेकोछ । साईबर अपराध जबकि उसलाई मोबाइल मैले किनेर दिएको छु, उसले चलाउने मोबाइल नम्बर मैले किनेर दिएको छु । उसले चलाउने नम्बर मेरो नाममा छ । यहा सम्मकि खाने चामल देखि लिएर सम्पूर्ण कुरा मैले दिन्थे । यहाँसम्म उसको घरको मोबाइल नम्बरमा भाइले चलाउने नम्बरमा सम्पूर्णमा ब्यालेन्स समेत मैले समय समयमा हालिदिने गर्थे । कहिले काही पैसा छैन भन्दा उसको आमा बुवाले भन्ने गर्थियो कि घरको जेठो ज्वाई भएपछि ससुरालीको सम्पुर्ण भार उठाउनु पर्छ । त्यसै जेठा ज्वाई बन्न सकिन्छ ? अहिले देखि सिक्नु पर्छ । हामी आफ्नो सम्झेर सिकाउदै छौ । यस्ता यस्ता कुरा भनेर म संग पैसा माग्ने गर्थियो । कहिले काही त उसको आमा बुवाले कसैसंग कर्जा लेको पैसा उसको घरमा माग्न आउदा मलाई फोन गरेर सुनाउने गर्थयो । मागेको अनुसार आफुसंग नहुदा व्यवस्था गरेर पठाउने गर्थे, यसरी गरेर त्यसको परिवार समेत मिलेर मलाई ब्लाकमेल गरेको छ । अहिले सम्म अब यो सब कुरो मैले भने भने सुन्नलाई कोई चाहिदैन, न त कानुन नै, न त गाउँ समाज नै । त्यस कारण यो सब कुरो यसमा म लेखेर आज तपाईहरुको अगाडी पेस गरेको छु । जबकि सुशिला हाल काठमण्डौ गएको बेला मलाई कुन एउटा केट संग राती बसेर त्यसको आफ्नो नम्बर र त्यो केटाको नम्बरबाट पालो पिलो गरेर दुवै नम्बरबाट कल गरेर तँ मर्द छस् भने जा मेरो बाउसंग सामना गर् । हामी अहिले संगै सुतेको छौ, के गर्छस गर् । जुन नम्बर ९७०४५०४८६० र केटाको नम्बर ९८०४०५९२२० हो र त्यो भन्दा पहिला पनि देवानगन्ज २ का सुरेश मेहता र सुशिला दुवै मिलेर एउटै फोनबाट भनेको थियो । हामी बुढा–बुढी हौ दुवैजना तिमि के गर्छस् गर् औकात छ भने ,यस्ता थर्काउने कुराहरु त्यस्तै केटाले भन्थ्यो । मेरो बुढी र म सधै संगै सुत्छु के गर्छस् । साच्चै मैले समातेको पनि थिए ईनिहरु दुवैलाई सुतेको जुन कि यो केटा र म दुवै मिलेर मसंग झगडा पनि गरेको थियो ।र यो कुरा त्यसको आमा बुवा लाई भनेको थिए ।जुन कि यो कुरा त्यसको बाउलाई भन्दा मलाई भनेको थियो अहिले भरखर छोरी जवान भएको छ, यो अवस्थामा यस्तै हुन्छ, धेरै प्रती मन जान्छ, अब गल्ती गरिहाल्यो के गर्ने, केही हुदैन , बिहे पछि यस्तो गल्ती गर्दैन भनेरा मलाई आश्वासन देको थियो र यसरी मसंग पैसा खाने गर्थ्यो र उता पनि पैसा तान्दै होला। यसरी कुरो गरेर मलाई भनेको थियो, यति कुरो मैले थाहा पाएपछि इनिहरु मलाई धम्की दिने र केश मुद्दा जस्ता कुराहरु सुरु गरीहालो…….लेख्नलाई त धेरै छ , अब एतिकैमा छोड्दिम, जति लेखे पनि नेपालको कानुन यस्तै हो, गर्न केही गर्दैन, केटी भन्ने बितिकै सब त्यसको सही हुन्छ र केटा भन्ने पछि गलत, यो सम्पुर्ण जनतालाई थाहा छ र कानुनलाई समेत, र यसको व्याख्या गरेर पनी केही हुने वाला छैन ।
हुन त सुशिला तिमिलाई र तिम्रो परिवारलाई म पनि धेरै कुरो गर्न चाहेको भए गर्न सक्छु र सक्थे तर म मा यस्तो संस्कार छैन, म यो हातबाट अहिले सम्म लाखौँको ज्यान बचाउँदै आएको छु , त्यसकारण आफ्नो हात र ईमानदारी र ईन्सानियतलाई खराब गर्न चाह्दिन, आखिरमा तिम्रो र तिम्रो परिवारको सपना छ…..नि मेरो जिन्दगी मेरो बर्बाद गर्ने, जिन्दगी छिनिहाल्ने, जिउदो लासको रुपमा हेर्ने, यति तिमि भनेको थियौ तिम्रो जागिर खाईहाल्छु, तिमिलाई र तिम्रो परिवारलाई तबाह गरिदिन्छु । तिमि मलाई त्यति नै माया गर्दै छौ भने मेरो लागि मरिहाल भनेर भन्यौ ।ल आज यो सम्पुर्ण तिम्रो र तिम्रो परिवारको सपना पुरा गर्न जादैछु ।तिमि र तिम्रो परिवार एकदम खुशीसाथ बस्नु ।तिम्रो खुशीको लागी म आफ्नो ज्यान दिदैछु…..तर मेरो परिवारलाई अब छोड्दिनु किनभने मलाई तिमि भनेको थियौ तिम्रो दाईलाई म चाहे भने एकछीनमा फसाई दिन्छु र जेल चाहे भने दुवै दाजु र भाईलाई पठाई दिन्छु ।अब यती सम्म गर्ने तिम्रो कस्तो खालको योजना वा तरिका छ तिमिसंग मलाई थाहा छैन । तर मेरो दुवै हात जोडेर बिन्ती छ मेरो कारण मेरो परिवारलाई केही नगर्नु कृपया , आखीरमा मेरो जिन्दगी बर्बाद भएको र म मरेको हेर्न चाहन्छौ त, आज यो सम्पूर्ण पिडालाई आफ्नो मनमा लुकाएर म पनि बस्न सकेको छैन ।सधै यहि तनावले म्भउचभककष्यल र क्भिभउष्लन तबदभित खाएर म पनि बाच्न सकिरहेको छैन।जबकि तिम्रो कारणले मलाई ज्भबचत बततबअप भएको र कसरी बाचेको भन्ने कुरा तिमिलाई थाहै छ।र तिमी आफ्नै आखाले हेरेको पनि छौ। त्यसकारण मेरो परिवारलाई केही नगर्नु कृपया, रह्यो कुरा तिम्रो र तिम्रो परिवारको यही सबैदिनको व्यवसाय हो भने, यो छोड्देउ व्यवसाय गर्न किनभने आज मेरो ज्यानको बलिदान तिमिलाई चाहिएको छ भने यसरी गर्दै गयौ भने कहिले तिमिले पनि कसैलाई बलिदान दिनुपर्ने हुनसक्छ।त्यसकारण, हुन त नेपालको कानुन यतिसम्म गिरेको छ यो देशमा जन्म लिनु केटा मान्छेको लागि अभिसाप हो जस्तो लाग्छ ।यदि साच्चिकै कानुन हो भने सबभन्दा पहिले तिम्रो आमा र बुवालाई जेलमा हाल्नु पर्ने हो ताकि आफ्नो छोरीलाई प्रयोग गरि पैसा कमाउने जुन धन्धा चलाईरहेको छ र तिमि जस्तो जुन सुत्नेवाला तिन वर्ष सम्म पैसा तान्नु थियो सब ठिक थियो, र अहिले आवश्यक्ता पुरा र पैसा पुग्यो तब सबै परिवार मिलेर मुद्दा हालेर जुन भाग्यौ र भन्दा सबुत माग्छौ, त्यो सम्पुर्ण म संग छ।जुन बैंक स्टेटमेटन्ट छ, राम्रो संग हेर्नु र बाउलाई हेराईदिनु, यति मात्र होइन तिमि आफ्नै बैंक को स्टेटमेटन्ट निकालेर हेरि हाल्नु ।त्यो भन्दा ठुलो कुरा मेरो बैंकमा भएको ५ लाख आज मेरो लागि ज्यान लिने कारण बनिसक्यो।जुन तिमि त तिम्रो परिवारको लागि हतियार बन्यो।तिमि त्यो पैसा नदेखेको भए र तिमिलाइ मैले नभनेको भए आज यो अवस्था आउदैन थियो । कि तिमि र तिम्रो परिवारलाई त्यो पैसा कसरी लिनु थियो र मलाई घरमा जग्गा लिदा घरमा दिनुपर्ने थियो, जसको लागी तिमि र तिम्रो परिवारले धेरै कोशिस गर्यौ , जबकि तिमिलाई तिम्रो परिवारलाई दिनुथियो र भन्थ्यौ मलाई कि मेरो घर छैन, पैसा दिनु घर बनाउनुहुन्छ ।
र त्यसपछि तपाईसंग बिहे गरेपछि तपाई आउनुहुन्छ भने बस्नलाई घर छैन ,कहाँ बस्नुहुन्छ र तिम्रो आमा बुवाले भन्थियो घरको जेठो ज्वाई भए पछी ससुरालीको गार्जन जस्तो हुन्छ । तपाई त आफ्नो परिवारलाई नभनि बिहे पनि गरिसक्नु भएको छ, मेरो छोरी संग जुन यसको बावजुद मेरो परिवारको बारेमा ख्याल राख्नु तपाईको कर्तव्य हो ।यसरी म तिम्रो र तिम्रो परिवारको कुरामा पैसा दिने कुराबाट इन्कार गरेपछी तिमी र तिम्रो परिवार सबै मिलेर मलाई त्यो विहेको फोटो हेराएर दुनियालाई मलाई ब्यालमेल गर्न थालियो । म साच्ची तिमीलाई विहे गरे तिम्रो मांगमा सिन्दुर मैले हालेको छु । तिम्रो सम्पूर्ण खर्च पनि तिरेको छु तर तिम्रो परिवार र तिमीलाई ठुलो रकम चाहिएको थियो । यहा सम्म कि नदिएपछी तिमिले मलाई परिवारबाट अलग गर्न थालियो र विराटनगरको जग्गा समेत मेरो नाममा पास गर्नको लागी लाखौ कोशिस गरियो । यति सम्म भन्नथाली तिमी र तिम्रो आमा बुवाले कि दाई भाई कहिले आफ्नो हुदैन भन्ने भन्न समेत छोडेन । अहिले सम्पूर्ण सम्पत्ती सबै मेरो आमा, बुवाको नाममा छ । हामी सबै जना संगै छौ । अहिले कोहि अलगेर बस्दैन परिवारबाट ,त्यसमा पनि म आमा बावाको कान्छो छोरा हु । दाई भन्दा बढी माया, प्रेम मलाई गर्नुहुन्छ परिवारमा र पनि यति हुदा पनि म आफ्नै परिवारमा धेरै डराइ डराइ घरमा भने कि विराटनगरको जग्गा मेरो नाममा पास गरिदिनु तिम्रो र तिम्रो आमा बुवाको कुरा सुनेर जबकि मेरो परिवारको सबै जनालाई अचम्म पनि लागो कि कहिले यस्तो कुरा नगर्ने आज यस्तो कुरा गर्नुको कारण के होला भनेर तर तिमिलाई र तिम्रो परिवारलाई के भएको थियो होला की मेरो सम्पत्तीको पछि किन परेको थियो । आखिरमा तिमि पैसाको लागी म संग प्रेममा हुदा हुदै अरु केटासंग पनि प्रेममा बस्न थाल्यौ । जबकि मलाई थाहा भएपछि तिम्रो परिवारलाई समेत म भन्दा पहिलादेखि थाहा थियो । हुन त तिमि र तिम्रो परिवार व्यवसाय गर्दैथियो पैसाको लागि तर म साचो माया गरेको हुनाले म अब भन्दा बढी थाम्न सक्दिन । तिमि र तिम्रो परिवारले दिएको पिडा । सायद मेरोमाया चिन्न सकेनौ, अब प्रमाणको लागी म मरेर साबित गर्नुपर्छ अनि थाहा हुन्छ मैले कति माया गर्छु र गर्थे भनेर । हुन त अहिले सम्म धरै पिडा सहन सके तर तिमिले दिएको धोखा र पिडा सहन सकिराको छुइन ।अब यो पिडाबाट मुक्ति पाउनको लागी मलाई मर्नैपर्ने भयो । आखिर तिमिले चाहेको पनि यहि नै हो ।
सरी आमा, बुवा, दाई, दिदि, बहिनि लगायत सम्पूर्न परिवार तथा आफन्तहरु, म एउटा कर्मठ, इमान्दार र निश्वार्थ व्यक्ति, तपाईहरुले चाहेको अनुसार बने तर यहि कर्मठ, इमान्दार र निश्वार्थ व्यक्ति बनेर सधै भरि बस्न सकिन । तपाईहरु मलाई एउटा डाक्टरको जस्तै नाम दिनुभयो र म एउटा डाक्टर जस्तो नामको उपाधी त पाए तर त्यसको जगेर्ना गर्न सकिन । तपाईहरु सानै देखि धेरै माया, ममताको साथ पाल्नु भयो । पढाउनु भयो । लेखाउनु भयो । सधै सत्यको बाटो हिड्न सिकाउनु भयो । एउटा असल व्यक्तिको रुपमा मलाई समाजमा चिनाईदिनु भयो । यसमा सबै प्रती आभार व्यक्त गर्दछु । तर म आज एउटा केटि, देवानगन्ज गा.पा.१ को ब्रहमदेव मेहताको छोरी सुशिला मेहताको कारण आज यती सव कुराको सम्मानको काविल रहनदिएन । म पनि चाहे तपाईको घरको एउटा पिलर बनुम । एउटा जिम्मेवार व्यक्तीको रुपमा समाज, गाउँ र देशमा उभिन चाहे तर सुशिलाको र यसको परिवारको मायाको जालले मलाई बन्न बाट बारबार रोकिरह्यो । जुन म एउटा मानसिक रुपमा विरामी हुदै गए र आज म यो दुनियालाई छोडेर जाने निर्णय गरे । दुनियालाई छोडे । सरी ।