शिक्षादीप कलेजमा भर्ना भएका विद्यार्थीलाई अभिमुखिकरण

 न्यूज विराट
शिक्षादीप कलेजमा भर्ना भएका विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विज्ञान संकायमा मात्रै होइन व्यवस्थापन र होटल म्यानिजमेन्टको क्षेत्रमा पनि अब्बल सावित भएको विराटनगरस्थित शिक्षादीप कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै अभिमुखिकरण गराएको छ ।

कलेजले बुधबार एक कार्यक्रम आयोजना गरी व्यवस्थापन र होटल म्यानिजमेन्टमा कक्षा ११ मा भर्ना भएका नयाँ तीन सय बढी विद्यार्थीहरुलाई अभिमुखिकरण गराएको हो ।

आउँदो साउन १४ गतेबाट कक्षा संचालन हुने भएपछि कलेजको नियम र पढाइप्रति विद्यार्थीहरुलाई जागरुप बनाउने उद्देश्यले अभिमुखिकरण गराएको कलेजका प्रिन्सिप ज्ञानबहादुर खड्काले जानकारी दिए । कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल खड्काले विद्यार्थीको भबिष्य उज्ज्वल बनाउन हामी कुनै पनि कसुर बाँकी नराख्ने बताए । ‘विद्यार्थीको कडा मेहनतका कारणले सफलता प्राप्त हुने हो । विद्यार्थीलाई सफतामा पुर्याउन कलेज लागि पर्नेछौं,’ प्रिन्सिपल खड्काले भने, ‘त्यसको लागि विद्यार्थीले मेहनत गर्नुपर्ने हुन्छ ।’ अध्यापनको क्रममा विद्यार्थीलाई बढीभन्दा बढी अन्तरक्रियात्मक बनाउने शिक्षण विधि कलेजले अपनाएको उनले बताए । ‘शिक्षादीपमा आएका विद्यार्थी व्यवहारिक रूपमै सक्षम हुन्छन् । त्यो शैक्षिक वातावरण हामीले स्थापित गरेका छौं’, उनले भने ।
कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरु अभि सिवाकोटी, उज्जवल ओझा, निलु साह, बृज कुमार रोयले गुणस्तरीय शिक्षा शिक्षादीप कलेजले दिने भएपछि पहिलो रोजाइमा परेको बताए ।

कार्यक्रममा कलेजका निर्देशक शैलेन्द्र शिवाकोटीले शिक्षादीप भविष्य निर्माण गर्ने कलेज भएको बताए । उनले सपना बोकेर शिक्षादिप कलेज रोजेका विद्यार्थीहरुको उज्ज्वल भबिष्यको शुभकामना दिए ।


कार्यक्रममा कलेजका निर्देशक डा. बिमल श्रीवास्तव, सिए तिर्थ राज यादव, व्यवस्थापन संकायका प्रमुख शंकर भट्टराई, सोल्टी होटलका डाइरेक्टर रुपेश श्रेष्ठलगायतले बोलेका थिए ।
यसअघि कक्षा ११ को विज्ञान संकायमा भर्ना भएका नयाँ ९४५ जना विद्यार्थीलाई शिक्षादीप कलेजले अभिमुखिकरण राइसकेको छ ।

सम्बन्धित समाचार

विराटनगरमा आइतबार राती थप एक संक्रमितको मृत्यु

विराटनगर, ८ भदौ–विराटनगरमा आईतवार राति थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–८ का ६५ वर्षीय पुरुषको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको हो । आईतबार कोरोना पुष्टि भएपछि घरमै...

कान्तिपुर कलेजमा विद्यार्थीको आकर्षण, ८५० कोटामा १३ सय ३७ विद्यार्थीले दिए इन्ट्रान्स

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले छुट्टै पहिचान बनाउन सफल भएको विराटनगर – १० मा अवस्थित कान्तिपुर कलेजमा भर्ना हुन विद्यार्थीको भिड लागेको छ । सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती प्रध्यापक, शिक्षक शिक्षिकाहरुका...

अब जोन्सनको खोप १८ वर्ष माथिकालाई पनि दिइने

काठमाडौं, ६ साउन । काठमाडौंमा बुधबारदेखि १८ वर्षभन्दा माथिका सबै नागरिकले कोभिड–१९ विरुद्धको जोन्सन एण्ड जोन्सन खोप पाउने भएका छन् । यो खोप ५० देखि ५४ वर्षका नागरिक, अपाङ्गता भएका व्यक्ति, शरणार्थी, जोन्सन खोप अनिवार्य...

प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने विशेषाधिकार : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापा 'बादल'ले राजनीतिक स्थायित्वका निम्ति संसदको विघटन गरिएको बताएका छन् । बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहनिकट अखिल नेपाल ट्रेड युनियन महासंघको सातौँ राष्ट्रिय भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले देशमा राजनीतिक...

नारायणगढ-मुग्लिन सडकखण्डको पहिरो ३ दिन लगाएर पन्छाइयो

चितवन, ६ असार-नारायणगढ-सडकखण्डको चारकिलोमा खसेको पहिरो ३ दिन लगाएर पन्छाइएको छ । बुधबार बिहान ४ः१५ बजे खसेको पहिरो पूर्णरूपमा पन्छाएसँगै शुक्रबार साँझदेखि दुईतर्फी सवारी सञ्चालनमा आएका छन् । नारायणगढ-मुग्लिन सडक आयोजनाका सूचना अधिकारी ई. शिव...

अनिवार्य खोपकार्डविरुद्ध सर्वोच्चमा रिट दायर

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै सार्वजनिक स्थानमा कोरोनाविरुद्धको खोप लगाएको खोपकार्ड अनिवार्य गरेको विरोधमा सर्वोच्च अदालतमा मंगलबार रिट दायर भएको छ । अधिवक्ता सल्लु तिवारी र कानुनका विद्यार्थी सबिन पोखरेलले नेपाल सरकार मन्त्रिपरिषद्...

नयाँ घर निर्माणमा १५० र पुरानोलाई २५ क्यूफिट काठ दिने, के – के चाहिन्छ कागजात ?

विराटनगर । नेपाल वन निगम लिमिटेड शाखा कार्यालय विराटनगरले नयाँ घर निमार्ण गर्नेलाइ काठ दिने भएको छ ।नेपाल वन निगम लिमिटेड शाखा कार्यालय विराटनगर अन्तर्गत विक्री डिपो विराटनगरबाट नयाँ घर र पुरानो घर निमार्ण गर्नेलाई...

देशभर थपिए २७ सय कोरोना संक्रमित, निको हुने ६ लाख नाघे

काठमाडौं, १७ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ९८५ नमुनाको पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्