विद्यार्थीको रोजाइमा कान्तिपुर कलेज, नयाँ विद्यार्थीलाई स्वागतसँगै अभिमुखिकरण
आइतबार, ०६ साउन, २०८१,
न्यूज विराट
विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थी र अभिभावकको पहिलो रोजाइमा परेको विराटनगर – १० मा अवस्थित कान्तिपुर कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखिकरण गराएको छ ।
कलेजले विराटनगरमा आइतबार एक भव्य कार्यक्रम आयोजना गरी कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत गर्दै अभिमुखिकरण गराएको हो ।
कक्षा ११ को विज्ञान, व्यवस्थापन र होटल म्यानिजमेन्टमा ९ सय २० जना विद्यार्थी भर्ना भएको कलेजका प्रिन्सिपल भुवन नेपालले जानकारी दिए । अहिले भर्ना भएका १० औं ब्याजका विद्यार्थीहरु हुन् । भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै उनीहरुलाई कलेजको नियमको बारेमा जानकारी गराएको थियो । कार्यक्रममा बोल्दै प्रिन्सिपल नेपालले सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती प्रध्यापक, शिक्षक शिक्षिकाहरुले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरेर अगाडी बढने गरेको बताए । गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले अभिभावक र विद्यार्थीको पहिलो रोजाइ कान्तिपुर कलेज पर्ने गरेको छ । यस कलेज पढने विद्यार्थीहरुले प्रत्येक वर्ष मेडिकल र इन्जिनियरिङको क्षेत्रमा पूर्ण छात्रवृत्तीमा नाम निकाल्न सफल हुँदै आएका छन् । त्यसै कारणले पनि विद्यार्थीको रोजाइमा कान्तिपुर पर्ने गरेको हो ।
विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन, र कम्प्युटर विज्ञान पठाइ हुने उक्त कलेजमा २०७२ सादेखि नयाँ व्यवस्थापन आएर कलेज संचालनमा ल्याएपछि सर्वोउत्कृष्ट नतिजा ल्याउन सफल छ । यस कलेजदेखि उत्तिर्ण भएका मध्ये इन्जिनियरिङमा १ सयभन्दा बढी, मेडिकल क्षेत्रमा ७५, सिए, बिबिए र अन्य विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूले नाम निकाल्नुको साथै पूर्ण छात्रवृत्ति पनि पाएको कलेजले जनाएको छ । कलेजमा भर्ना हुने विद्यार्थीहरूको लागि निःशुल्क कोचिङ कक्षाको पनि व्यवस्था गरेको छ । ‘भर्ना हुने जति पनि विद्यार्थीहरूलाई हामीले दक्ष प्राध्यापक र शिक्षकहरूले पठन–पाठनको व्यवस्था गरेका छौं,’ प्रिन्सिपल नेपालले भने, ‘मेडिकल, इन्जिनियरिङ, सिम्याट, क्षेत्रमा नाम निकाल्न सहज होस भनेर हामीले तयारी कक्षाहरु संचालनमा ल्याएका छौं । त्यसको लागि अनुभवी प्राध्यापकहरू रहेका छन् ।’ कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड कोशि प्रदेशका प्रमुख जीवन गडतौलाले बिद्यार्थीको क्षमता अनुसार गुणस्तरीय शिक्षा दिएर विद्यालय अगाडी बढनुपर्ने बताए । उनले बिद्यार्थीको चाहना अनुसार शिक्षा दिनुपर्नेमा जोड दिए । कार्यक्रममा प्याब्सन मोरङका अध्यक्ष प्रेमलालसिंह सुवालले विद्यार्थीहरुलाई जीवन उपयोगी शिक्षा दिनुपर्ने बताए । सोही अवसरमा एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने ३१ जना विद्यार्थीहरुलाई कलेजले सम्मान पनि गरेको छ । कक्षा ११ मा कलेजले लिएकोे प्रवेश परीक्षामा १ हजार ३३७ जना विद्यँर्थीले प्ररीक्षा दिएका थिए । कलेजका अध्यक्ष खुसिराज श्रेष्ठको अध्यक्षमा उक्त कार्यक्रम भएको थियो ।
विराटनगर । कोशी प्रदेशका सिमेन्ट उद्योगहरुले प्रदेश सरकार र स्थानीय सरकारलाई कर तिर्न अटेरी गरेका छन् । प्रदेशमा २७ वटा सिमेन्ट उद्योग दर्ता रहेकोमा सञ्चालनमा रहेका १४ वटा सिमेन्ट उद्योगले दुई वर्षदेखि कर तिर्न इन्कार...
जनकपुर — मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार साँझ विश्वासको मत लिने भएका छन् । एमाले सरकारबाट बाहिरिए पनि विश्वासको मत लिन आलटाल गरिरहेका मुख्यमन्त्री यादवले कानुनी अड्चनबाट बच्न मंगलबार साँझ विश्वासको मत दिन लागेका...
काठमाडौं, ६ जेठकोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बस्ने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको रहेको समितिको बैठक आज बिहान १० बजे बस्न लागेको हो । बैठकमा क्वारेन्टाइनमा...
सत्तारुढ पाँचदलीय गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले सदनमा फिर्ता पठाएकाे नागरिकता सम्बन्धी विधेयक फेरि जस्ताकाे त्यस्तै दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि पठाउने निर्णय गरेकाे छ । यसअघि दुवै सदनबाट पारित भएकाे विधेयक प्रमाणीकरणका लागि पेस गर्दा...
विराटनगर । विराटनगरका उद्योगी अरुण कुमार राठीलाई आफ्नै व्यापारिक साझेदारले बन्धक बनाएर १५ लाख रुपैयाँ फिरौति मागेको घटनाको निष्पक्ष छानविन गरेर दोषीलाई कडा कारावही गर्न पूर्वका तीन वटा व्यवसायिक संस्थाले माग राखेका छन् । उद्योग...
काठमाडौं, २७ जेठ -सत्तारुढ दल नेपाल कम्युनिस्ट (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । मंगलबार अपरान्ह ४ बजे बस्ने भनेको सचिवालयको बैठक पुनः स्थगित गरिएको छ । आज संविधान संशोधनको प्रस्ताव संसदमा पेस हुने...
काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आजदेखि गोला प्रथाबाट पेसी तोक्न सुरु भएको छ । आज दुईवटा एकल इजलाससहित १० वटा इजलास गठन भएका छन् ।गोला प्रथामार्फत ११ इजलासमा दुई सय १७ मुद्दाको पेसी तोकिएको...
काठमाडौं, २६ चैत-कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण नेपालमा फैलन नदिन सरकारले यही चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ । लकडाउनपछि नेपालमा सञ्चालनमा रहेका सबैजसो रेष्टुराँ बन्द रहेका बेला काठमाडौंको डल्ले रेष्टुराँले भने अहिले अत्यावश्यकीय...