हिमगिरीले ‘महजोडी ’लाई ब्राण्ड एम्वेष्डर नियुक्त गर्यो

 न्यूज विराट
हिमगिरीले ‘महजोडी ’लाई ब्राण्ड एम्वेष्डर नियुक्त गर्यो

विराटनगर । नेपाली चलचित्रका प्रशिद्ध हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य( महजोडी)लाई हिमगिरी हाइजेनिक उद्योग विराटनगरले आज ब्राण्ड एम्बेष्डर नियुक्त गरेको छ।
उक्त उद्योगद्वारा आज विराटनगरमा आयोजित कार्यक्रममा उद्योगका अध्यक्ष महेश जाजु, प्रवन्ध निर्देशक प्रकाश मुन्दडाले महजोडीसँग एक बर्षको सम्झौता पत्र आदान प्रदान गर्नु भयो ।
सो अवसरमा कलाकारद्वय श्रेष्ठ र आचार्यले युवाहरुलाई स्वदेशमा रोजगर उपलव्ध गराउन नीजि क्षेत्रका उद्योगहरुको भूमिका महत्वपूर्ण रहेको बताउनु भएका छन् ।
उहाँहरुले विदेश जाने युवाहरुलाई वित्तिय सचेतना दिई रेमिट्यान्सलाई उत्पादन क्षेत्रमा लगाउनु पर्ने सुझाव दिनु भयो ।
उद्योगका अध्यक्ष बेनीगोपाल मुन्दडा, अध्यक्ष जाजु र प्रवन्ध निर्देशक मुन्दडाले उत्पादित सामाग्रीहरुमा गुणस्तरलाई विशेष ध्यान दिएको जानकारी दिनु भयो ।
उद्योगले लुगाधुने पाउडर, लुगाधुने, भाँडा माझ्नो र नुहाउने सावुन ,श्याम्फु, नेपकिन,शौचालय सफा गर्ने सामाग्री, मास्क, लगायतका गुणस्तरीय सामानहरु उत्पादन गरिरहेको छ।
उद्योगमा हाल रु ३५ करोड लगानी रहेको छ भने आगामी दिन थप रु एक अर्ब लगानी गरी स्वदेशी युवाहरुलाई रोजगारी उपलव्ध गराउने लक्ष्य रहेको उद्योगका अध्यक्ष जाजुले जानकारी दिनु भयो ।
उद्योगले आफ्ना उत्पादनहरु भारतको विहार,पश्चिम वङ्गाल,उत्तरप्रदेश,झारखण्ड र भूटानमा निर्यात गर्ने लक्ष्य रहेको छ ।

सम्बन्धित समाचार

विराटनगरमा स्त्रीरोग सम्वन्धि दक्षिण एशियाली सम्मेलन हुँदै

विराटनगर, फागुन ८–मोरङको बुढीगंगामा स्त्रीरोग संवन्धि दक्षिण एशियाली सम्मेलन हुने भएको छ । विराट मेडिकल कलेज टिचिङ अस्पताल र नेपालका प्रसुती तथा स्त्री रोग विशेषज्ञहरुको संगठित संस्था (नेसोग) पुर्व क्षेत्रीय शाखाको संयुक्त आयोजनामा युरोगाईनोकोलोजी संवन्धि...

विराटनगर आएर डा. शेखर कोइरालाले भने-ऐन कानुन संशोधन गरेर निर्वाचन सार्नु हुँदैन

विराटनगर, १६ माघ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताएका छन् । आइतबार विराटनगरस्थित कोइराला निवासमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले लोकतन्त्रमा अद्यावधिक निर्वाचन मौलिक हक भएकाले निर्वाचन कुनै बहानामा सार्न...

कोशी प्रदेशमा सभामुख र मेयरसहित ५४ जनाले गरे मृत्युपश्चात अंग दान गर्ने घोषणा

विराटनगर । कोशी प्रदेशका सभामुख बावुराम गौतम र विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालासहित ५४ जनाले मृत्युपश्चात अंग दान गर्ने घोषणा गरेका छन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र इष्टपोल मिडिया प्रालिको आयोजनामा विराटनगरमा...

पाटन अस्पतालमा १ कोरोना संक्रमितकाे मृत्यु

काठमाडौं, २३ साउन-ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ ।मृत्यु हुनेमा पर्साका ४५ वर्षीय पुरुष रहेका अस्पतालका निर्देशक डा. विष्णु शर्माले जानकारी दिए । उनका अनुसार मृतक...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५६० जना डिस्चार्ज, २१८ संक्रमित थपिए

विराटनगर, ४ मंसिर–पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५ सय ६० जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ५ लसय ४०, मेची अस्पतालबाट सात, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट पाँच, कोसी अस्पताल कोभिड१९ उपचार...

आज ७,६६४ संक्रमितले जिते कोरोना

काठमाडौं, जेठ ९- पछिल्लो २४ घण्टामा ७ हजार ६६४ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार आज उक्त संख्यामा संक्रमितले कोरोनालाई परास्त गर्नुभएको हो । सोही अवधिमा ७...

युवा दिवसमा विराटनगरमा रक्तदान

विराटनगर । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर विराटनगरमा आज खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । रक्तदान कार्यक्रममा ५८ प्रिन्ट रगत संकलन भएको छ । विराट मेडिकल कलेजसँग सहकार्य गरी नेपाली युवा उद्यमी मञ्च विराटनगरले...

बीपी प्रतिष्ठानमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

विराटनगर, १६ माघ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उपचारका लागि प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका एक जनाको शनिबार राति र अर्का...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्