महानगरद्वारा टोली गठन गरेरै सामुदायिक विद्यालयहरूको अनुगमन सुरु

 न्यूज विराट
महानगरद्वारा टोली गठन गरेरै सामुदायिक विद्यालयहरूको अनुगमन सुरु

विराटनगर । सामुदायिक विद्यालयकोे गुणस्तर वृद्धिका लागि विराटनगर महानगरपालिकाले टोली नै गठन गरेर अनुगमनलाई तीव्रता दिएको छ ।
मेयर नागेश कोइराला अध्यक्ष रहेको शिक्षा समितिबाठ गठित अनुगमन समितिले विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित विभिन्न सामुदायिक विद्यालयहरूको अनुगमन गरेको हो । टोलीले बुधबारदेखि अनुगमन सुरु गरेको छ । बुधबार र बिहीबार दुई दिनमा टोलीले विराट महेन्द्र रात्रि मावि, जनता नमुना मावि, सत्यनारायण आधारभूत विद्यालय, विराट आधारभूत विद्यालय, दिघी आधारभूत विद्यालय र जनता आधारभूत विद्यालय खोक्साहा गरी ६ वटा विद्यालयको अनुगमन गरेको थियो ।
समितिले टोलीलाई समग्र सामुदायिक विद्यालयको भौतिक अवस्था तथा शैक्षिक गुणस्तरका बारेमा अध्ययन विश्लेषण गर्ने, विद्यालय सुधारका उपाय पहिल्याउने, सिकाई उपलब्धि बढाउनका लागि आवश्यकताका आधारमा विज्ञसमेत परिचालन गर्नेलगायतका कार्यदेश दिइएको छ । अनुगमनका क्रममा टोलीले सञ्चालन भइरहेको प्रथम त्रैमासिक परीक्षाको समेत अनुगमन गरेको थियो ।
यस क्रममा टोलीले भर्ना भएका विद्यार्थी संख्या र परीक्षा दिने विद्यार्थी संख्याको विश्लेषण, पठनसीप क्षमताको परीक्षण पनि गरेको थियो । विद्यालय सञ्चालन व्यवस्थापनमा देखिएका समस्याका विषयमा विद्यालयका प्रधानाध्यापक, शिक्षक, व्यवस्थापन समिति र विद्यार्थीसित छलफलसमेत गरेको अनुगमन समितिका सदस्यसचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो । शिक्षा समितिका सदस्य रमानाथ भट्टराईको संयोजकत्वको टोलीमा शिक्षा समितिका सदस्य त्रिलोक न्यौपाने, सावित्री पराजुली, सन्तोष पोखरेल र सदस्यसचिव कृष्ण भट्टराई रहनुभएको छ । अनुगमनलाई निरन्तर जारी राख्ने टोलीका संयोजक रमानाथ भट्टराईले बताउनुभयो । आफूहरू निर्वाचित भएर आएदेखि नै शिक्षाको गुणस्तर वृद्धिमा विशेष ध्यान दिएर योजनाबद्ध रुपमा कार्य गरिरहेको मेयर नागेश कोइराला बताउनुहुन्छ । शिक्षाको गुणस्तर वृद्धि बिना अन्य क्षेत्रको विकास नहुने उहाँको भनाइ छ । गुणस्तर वृद्धि गर्ने उद्देश्यले महानगरले सबै प्रअहरूसित कार्यसम्पादन करार सम्झौतासमेत गरेको थियो । अनुगमनका क्रममा पठनपाठनमा लापरबाही गरेको भेटिएमा कारबाही गर्नेसम्मको अधिकार अनुगमन टोलीलाई दिएको मेयर कोइरालाले प्रस्ट पार्नुभयो ।

सम्बन्धित समाचार

आज देशभरका धेरै ठाउँको मौसम सफा

काठमाडौं, माघ २९ । आज देशभरका धेरै ठाउँको मौसम सफा रहेको छ ।केही ठाउँमा आंशिक बद्लीको सम्भावना रहेको र आज तराईका केही ठाउँमा मात्रै हुस्सु र कुहिरो लागेको छ । प्रदेश एक र वाग्मती प्रदेशका...

आज ११ अन्तर्राष्ट्रिय उडान : स्वदेश फर्किए १ हजारभन्दा बढी नेपाली

काठमाडौं, २३ असार-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज ११ अन्तर्राष्ट्रिय उडान भएका छन् । विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धारका लागि गरिएका यी उडानमार्फत १ हजार १७७ नेपाली स्वदेश फर्किएका छन् । आज नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)...

लकडाउनमा पत्रकारः अधिकांशले तलब पाएनन्, धेरैलाई जागिरबाट निकालियो

काठमाडौं, २७ जेठ-नेपाल पत्रकार महासंघले गरेको एक अध्ययनले लकडाउन अवधिमा अधिकांश सञ्चारगृहका पत्रकारले विनातलव काम गरिरहेको देखाएको छ । ‘प्रमुख रूपमा नियमित तलब नपाउने समस्या देखिएको छ । केही सञ्चारमाध्यमहरूले लकडाउनभन्दा अघिकै समयदेखिको नियमित तलब...

यो वर्ष पनि लागेन सुनवर्षीमा ‘सिरुवा’ मेला

विराटनगर, २ बैशाख । वर्षेनी नयाँ वर्षको आगमन सँगै तराईमा हर्सोउल्लासका साथ मनाइने ‘सिरुवा पर्व’ यो वर्ष पनि कोराना भाइरस(कोभिड–१९) को संक्रमणको जोखिमका कारण प्रभावित भएको छ । विषेश गरेर नयाँ वर्षको आगमनसँगै तराईका मुख्य...

नगरलाई दलितमैत्री वातावरण बनाई क्षमता अभिवृद्धी गर्न माग गर्दै ज्ञापन

अर्पणा केशी पथरी, असार ९ मोरङको पथरी शनिश्चरे नगरपालिका अन्र्तगत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा दलित समुदायलाई समेट्न माग गदै दलित संरक्षण समितीले नगर प्रमुख दिलीप कुमार राईलाई १७ बुदेँ ज्ञापन पत्र बुझाएको छ...

सिके राउत नेतृत्वको पार्टीका नेता-कार्यकर्ताद्वारा पार्टी परित्याग

सिरहा, २४ असार-डा सीके राउत नेतृत्वको जनमत पार्टी सिरहाका २ जना पूर्वजिल्ला संयोजकसहित १ दर्जनभन्दा बढी नेता कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन् । पार्टी अध्यक्ष डा राउतले पार्टीका नेता कार्यकर्ताको प्रतिष्ठा प्रति कुनै...

दोस्रो मिल्स भेट्रान्स गोल्डकप, घरेलु टिम मिल्स भेट्रान्स सेमिफाइनलमा

विराटनगर । विराटनगरमा जारी दोस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टिम मिल्स भेट्रान्स फुटबल क्लब रानी सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा मंगलबार भएको खेलमा हाम्रो इटहरी भेन्ट्रान्स क्लबलाई टाइब्रेकरमा ५–३ गोलले...

२४ घण्टाको अवधिमा कोरोनाबाट ४ जनाको मृत्यु, मृतकको संख्या ५६ पुग्यो

काठमाडौं, १६ साउन-नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट एकै दिन ४ जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरगञ्ज महानगरका ३ जनाको गण्डक अस्थायी कोरोना अस्पताल र १ जनाको पाटन अस्पताल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्