विराटनगर । एचआईभीरएड्स सङ्क्रमण रोकथाम र नियन्त्रणको लागि सचेतना सँगै बजेट पनि प्रयाप्त बिनायोजन गरिनुपर्नेमा एक कार्यक्रममा सरोकारवालाहरुले बताएका छन् । स्वास्थ्य निर्देशनालय कोशी प्रदेश धनकुटा र ए।एच।एफ नेपालको आयोजनामा विराटनगरमा बुधबार भएको विकेन्द्रीकृत बजेट विनियोजन तथा एचआईभीरएड्स कार्यक्रम र वस्तुहरूको लागि खरिद संयन्त्र सम्बन्धी कार्यशालामा सहभागिहरुले यस्तो बताएका हुन् ।
उनीहरुले एचआईभीरएड्स न्यून गर्ने नीतिका साथ कार्यक्रम लक्षित गरेर अगाडी बढनुपर्नेमा जोड दिए । एचआइभीरएड्सलाई प्राणघातक रोगबाट दीर्घरोगको रुपमा परिभाषित गरी यसको नियन्त्रण तथा उपचारमा जोड दिनुपर्ने बताए । कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा।राधिका थपलियाले एचआइभी रोकथाम र नियन्त्रणको लागि पाँच वटा विषयलाई किलियर गरेर अगाडी बढनुपर्ने बताइन् । उनले डुमेन्टमा काम गर्नेको क्षमतामा अभिवृद्धी गरिनुपर्ने र मोनिटरलाई प्रभावकारी बनाएर अगाडी बढाउनुपर्ने बताइन् । एचआइभीको कार्यक्रम थुप्रै हुँदा पनि सचेतालाई प्रभावकारी बनाएर अगाडी बढाए यसको रोकथाम र नियन्त्रण हुने उनको भनाई छ । नेशनल एसोसिएसन अफ पिपुल लिभिङ विइथ एचआईभी महासंघ ९ एनएपि प्लस एन० कोशी प्रदेशका सुपरभाइजर रोमन कुमार राइले प्रदेशमा ४ हजार बढी एचआइभि संक्रित रहेको जानकारी दिदै २ हजार ४ सय ७ जनाले नियमित औषधी सेवन गर्दै आएको बताए । जसमध्ये ८७ जना एचआइभी संक्रिमत बालवालिका रहेको उनले बताए । एचआइभी संक्रिमतको शल्यक्रियामा सरकारी अस्पताबाट नहुँदा उपचारबाट बन्चित हुनुपरेको बताए । ‘अहिले पनि एचआइभी संक्रिमतको शल्यक्रिया सरकारी अस्पतालहरुमा हुदैन । यसरी संक्रितहरुको शल्यक्रिया नहुँदा रोग पालेर बस्नुपर्ने अवस्था रहेको छ,’ उनले भने, ‘शल्यक्रिया गरिनुपर्ने संक्रिमतहरु धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठानमा जनुपर्ने अवस्था रहेको छ ।’ कोशी अस्पतालमा संक्रमितको शल्यक्रिया बाहेकको मात्रै स्वास्थ्य उपचार हुने गरेको छ । राज्यले सबै सरकारी अस्पतालहरुमा संक्रमितहरुको शल्यक्रिया हुने व्यवस्था गरिनुपर्ने उनले माग राखे । एनसीएसीका निर्देशक सर्वेस शर्माले एआरटिमामा पठाएको उपकरणहरु गुणस्तरीय भए उपचारमा सहज हुने बताए । उनले एआरटिममा पठाएको उपकरण तेही हुनुपर्ने बताए । ‘अहिले एआरटिमा पठा एको उपकरणहरु हाकिमको कोठामा राखिएको पाइएको छ,’ उनले भने, ‘यो बिकृती हो । यस्तो कार्य कसैले पनि गरिनु हुदैन ।’ एचएफ नेपाल का कन्ट्री प्रोग्राम म्यानेजर दिब्यराज जोशीले आफुहरु नेपाल सरकार सँग मिलेर एचआइभि एड्स रोकथाम र नियन्त्रणको क्षेत्रमा काम गर्दै आएको बताए । उनले आगामी दिनमा एआर्टी सेन्टरलाई अझ प्रभाबकारी बनाउदै अघि बढ्न आफुहरु सदैव तयार रहेको बताए । अहिले कोशी प्रदेशमा ,कोशी अस्पताल र भद्रपुर अस्पतालबाट एचएफ नेपालको सेवा सुरु भएको उनले जानकारी गराए । कार्यक्रममा स्वास्थ्य निर्देशनालयका दिर्नेशक ज्ञानबहादुर बस्नेत, स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा। सुरेश मेहतालगायतले बोलेका थिए ।
काठमाडौं, ४ वैशाख-कोरोना भाइसर (कोभिड–१९ परीक्षण) गर्ने भन्दै झुक्याएर कतारी अधिकारीले सयौँ आप्रवासी श्रमिकलाई आफ्नो नियन्त्रणमा लिएको र त्यसपश्चात कैयौँलाई स्वेच्छाचारी ढङ्गबाट निष्कासन गरेको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ । गत फागुन २९ र ३० मा...
काठमाडौं, पुस २ । नेकपा एमालेले नेताहरुको कार्यविभाजन गरेको छ । १० औं राष्ट्रिय सम्मेलनबाट नयाँ कार्यसमिति चुनिएपछि सवै सदस्यहरुको कार्यविभाजन गरिएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्णयअनुसार अन्तर्पार्टी निर्देशन (अपानि) १ जारी...
विराटनगर । लिम्बू समुदायको साँस्कृति कथा वस्तुमा आधारित रहेको चलचित्र ‘सुगुप’ विराटनगरमा प्रिमियर शो गरिने भएको छ । आगामी फागुन २८ गते विराटनगरमा रहेको सेन्ट्रल मल्टिप्लेक्समा प्रिमियर गर्ने मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो...
विराटनगर । सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण तथा मेहनती शिक्षक शिक्षिकाहरुका कारणले विराटनगर – ४ स्थित डिवाईन चाईल्ड केयर एण्ड ट्रेनिङ सेन्टर विद्यार्थी र अभिभावकको पहिलो रोजाइमा पर्दै आएको छ ।डिवाईन चाईल्ड केयर...
काठमाडौं, २८ कात्तिक-काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार २ सय ७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार संक्रमित पुष्टि हुनेमा ५ सय २६ महिला र ६...
विराटनगर । प्रहरीले मोरङको रंगेलीबाट तीन सय केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । मोरङ प्रहरी र इलका प्रहरी कार्यालय रंगेलीले गाँजासहित दुई जनालाई आइतबार दिउँसो पक्राउ गरेको हो । प्रहरीले रंगेली नगरपालिका –...
विराटनगर, ३१ भदौ । ५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा राउण्ड टेबल नेपालले देशभरि विभिन्न कार्यक्रम गरेको छ । राउण्ड टेबलले विभिन्न खेलकुदका अतिरिक्त, चित्रकला प्रतियोगितासमेत विद्यार्थी माझ सम्पन्न गरेको छ । दिवसकै अवसरमा विद्यार्थीहरुलाई...
एजेन्सी, साउन २६-भारत कोरोना भाइरस (कोभिड–१९) को महामारीले हायलकायल बनेको छ । भारतमा २२ लाख संक्रमित छन् । अहिलेसम्म ४४ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । नेपालमा पनि कोरोना संक्रमणको मामिला बढ्दो छ ।...